Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Oct 2011

खेती एवम व्यवस्थापन मन्त्री अरुप रोयको कालेबुंगमा पत्रकारहरुसंग कुराकानी


कालेबुंग/डी० के० वाइबा - खेती एवम व्यवस्थापन मन्त्री अरुप रोयले आज कालेबुंगमा पत्रकारहरुलाई सम्बोधन गर्दै कालेबुंगमा खेती एवम बजार व्यवस्थापन बारे आफ्नो पक्षबाट यथाशक्य पहल गर्ने बताए | कालेबुंगमा विविध प्रकारका फूल,फल आदिको उत्पादन हुने भएतापनि यसको बजार व्यवस्थापन भने सही प्रकारको नभएकोमा चिन्ता व्यक्त गर्दै यहाँको उत्पादनहरुलाई राष्ट्रिय एवम अन्तराष्ट्रिय बजारमा पुर्याउने पहल गर्ने बताए | यहाँको उत्पादनहरुलाई राख्ने कोल्ड स्टोर निर्माण गर्ने, फूल नर्सरीहरुलाई व्यवस्थित गर्ने तथा बोटानिकल गार्डन निर्माण गर्ने दिशामा पनि आफ्नो पक्षबाट पहल गरेर राज्यका मुख्य मन्त्रीलाई अव्गात गराउने पनि तिनले बताए | सोही अवधि तिनले विगत माकपा पार्टीको सरकार हुँदा सम्पूर्ण विभागहरु नै भताभुंग भएको आरोप लगाउँदै हाल आफुहरुलाई सच्चाउन कठिन भइरहेको पनि बताए | अर्कोतिर यहाँको उत्पादन फल - फूल औषधीय पौदाहरुको अन्तराष्ट्रिय बजार ब्यवस्थापन गर्ने दिशामा पनि कोलकाता अनि दिल्लीमा प्रदर्शनीमा लैजाने तिनले बताए | यहाँका साथै यहाँ उत्पादन हुने सुन्तला प्रदर्शनी गरेर पनि यसको बजारलाई विस्तृत पार्ने कार्यमा आफ्नो पहल गर्ने थप रोयले बताए | अर्कोतिर किशानहरुलाई सरकारबाट प्राप्त हुने विभिन्न सहुलियतहरु प्रदान गर्ने पनि आफुले कार्य गर्ने बताए | तिनले हाल सिन्कोना बगानका कृषकवर्गले सरकारबाट प्राप्त हुने कतिपय खेति सम्बन्धि सब्सिडीहरु नपाएको सन्दर्भमा पनि सम्बन्धित पक्षमा कुरा गरेर आफ्नो पक्षबाट पहल गर्ने मन्त्री रोयले बताएका छन् | तिनले सिन्कोना आदि औषधीय पौदाहरुको पनि राष्ट्रिय स्तरमा प्रदर्शनी गरेर बजार व्यवस्थापन राम्रो गर्ने कार्य पनि गर्ने जनाए |

 स्मरण रहोस गत १२ अक्टोबरको दिन कालेबुंगमा मन्त्रीले आज पत्रकारहरुसंग भेटेर औपचारिक कुराकानी गरे | यस अवधि विधायक डा० हर्क बहादुर छेत्री पनि उनको साथमा रहेका थिए | कालेबुंगका खेती एवम फूल संग सम्बन्धित रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि टोलीले पनि मन्त्रीसंग भेट गरेर खेती सम्बन्धि आ - आफ्नो पक्षबाट स्मारक पत्र चडाए | यस अवधि मन्त्री संग उनीहरुले आ- आफ्नो पक्षबाट समस्याहरु बारे पनि अव्गात गराए | मन्त्री रोयले प्रतिनिधि टोलीले राखेका सुझाउहरुलाई गहन तरिकाले सुनेर सकारात्मक पहल गरिदिने आश्वासन दिएका छन् |

0 comments: