Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

8 Jul 2013

Hospital eye on branded medicine

Siliguri, July 7: The chief medical officer of health in Darjeeling has asked the superintendent of Siliguri district hospital to conduct checks to see if doctors were mentioning brand names of medicines in prescriptions instead of generic names. Subir Bhowmik, the chief medical officer of health (CMOH), has instructed hospital superintendent Sanjib Majumdar to submit reports to him at regular intervals. Darjeeling district hospital has also been told to conduct identical checks when patients are give prescriptions. Last year, the state government set up fair-price medicine shops at the district hospitals in Siliguri and Darjeeling and in North Bengal Medical College and Hospital. According to a state government directive, doctors in state hospitals are expected to prescribe medicines according to their generic names, as lower priced unbranded generic drugs are available in the fair-price shops. For example, a doctor may prescribe paracetamol to a patient as this is a generic name, but he must not prescribe a medicine brand of paracetamol. In cases when the doctor would need to prescribe a combination of compounds, he may name a branded drug in the prescription. Hospital sources said the CMOH had received complaints that some doctors were still prescribing brand names of medicines in prescriptions. “There are some doctors who are still prescribing medicines by brand names. If the trend persists, fair-price shops will be unsuccessful. I have asked the superintendent to conduct prescription audits and submit reports to me at regular intervals. The hospital will have to conduct impromptu inspections of wards and out patient departments to check prescriptions,” Bhowmik said. “I have passed the same instruction to authorities of the district hospital in Darjeeling,” he added. Sources said staff members at fair-price shops are inconvenienced as they often receive brand names. “Doctors are supposed to write generic names like paracetamol or cetirizine as only generic drugs are available in the fair-price shops. But patients often come with brand names. In these cases, they either ask the doctors to rewrite the prescription or buy medicines from outside,” a Siliguri hospital source said.

KLO denies links with arrested six

July 7: The Kamtapur Liberation Organisation has said six men who were arrested in the past two weeks are not its members and police were linking them to the organisation to defame it. The militant outfit issued the denial in a press release sent to media houses via email. The statement, signed by KLO publicity secretary Rajiv Kathai on July 5, was sent to the media outlets today. The Malda police had arrested the six men from different parts of the district in the past two weeks and some of them were linked to the murder of BJP leader Nripen Mondal on June 16 and the bomb blast that killed one person and injured 10 at Bidrohi More in Gajole on June 25. The KLO has contradicted the police claim. “It has been known to us… that the West Bengal Police arrested some people with fake notes. According to the version of police, they are all leaders of KLO. Actually, the police of West Bengal intentionally made them leaders (of KLO) for defaming the party. That is a dirty policy and plan of the Indian colonial regime to create a bad image in the eyes of Kamtapuri peoples,” the letter said. “The arrested people mentioned above are not related to our party and the statement of West Bengal police was totally false,” the press release read. The statement was sent from the email account of Kathai. The police said the arrested were Kamtapur People’s Party leader Ajoy Sarkar, KLO militants Somnath Mardi, Shibu Tudu and Mondal Soren and linkmen Rajib Murmu and Sukumar Roy. Sarkar and Roy are Rajbangshis but the other four are tribals. Intelligence agencies said this was the first time anyone other than a Rajbangshi was arrested for alleged links with the KLO. The police also said the organising secretary of the KLO, Malkhan Singh, was behind the BJP leader’s murder and the bomb blast, and he and his associates were planning subversive activities in the district. A 30-member special police team was also formed to capture Malkhan and his aides. The police today iterated that all the arrested six were members of the KLO or the KPP. “We have information that Malkhan Singh is hiding in Malda. The police are trying to arrest him. The arrested include frontline cadres of KLO like Somnath Mardi and Sukumar Roy. Both of them are close to Malkhan. During interrogation, they have spilled beans on the activities and plans of KLO,” said Sashikant Pujari, the inspector-general of police, north Bengal. Police and intelligence officials, who had served in the KLO hotbeds of north Bengal in the early years of the last decade, were not surprised by the denial statement issued by the outfit. “It’s a common tactic adopted by the militant outfit to deny its connection with arrested cadres and linkmen in order to create pressure on police and confuse the investigators. KLO had only Rajbangshi youths earlier and now it has members from other communities also as was evident from the arrest of four tribal men,’ said an intelligence official.

7 Jul 2013

लोकसभा चुनाउको निम्ती तयार प्रो. लामा

कालेबुङ 6 जुलाई। नयाँ राजनैतिक दलको गठन गरेर सक्रिय राजनीतिमा आउने हल्ला र अडकलबाजीलाई विराम लगाउँदै डा महेन्द्र पी लामाले निर्दल उम्मेद्वारका रुपमा लोकसभा चुनाउ लडेर आजसम्म सम्बोधन हुन नसकेका जनाकांक्षाहरूलाई संसदमा उठान गर्ने सोँच बनाएका छन। आज कालेबुङका पत्रकारहरूसँग भएको एउटा अनौपचारिक भेटमा डा लामाले स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ लड्ने आफ्नो सोच र जमर्कोबारे खुलेर चर्चा गरेका छन। कालेबुङका समानविचार भएका व्यक्ति र समूहहरूसँग वैचारिक विनिमय गर्न आइपुगेको मौका छोपेर यहाँका पत्रकारहरूले तिनीसँग निकै लामो कुराकानी गरेका थिए।
डा लामाले एकातिर आफ्नो क्षेत्रको सामाजिक रुपान्तरको निम्ति केही गर्ने आफ्नो अठोट अनि नागरिक समाजबाट पनि आग्रह भएपछि आउँदो लोकसभा चुनाउमा खडा हुने निष्कर्षमा पुगेको बताएका छन। ‘जनता, समाज र दलहरूले चाहेको खण्डमा सबै त्यागेर नै आउने अठोट गरेको छु’ डा लामाले भने। तिनले स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ जितेर पनि धेरै काम गर्न सकिने दाबी गर्दै कुनै पनि राष्ट्रीय अनि क्षेत्रिय दलको टिकट पाउन आफू आग्रही नरहेको स्पष्ट पारेका छन। कुनै दलको व्यानरमा चुनाउ लड्नको साटो पहाडका सबै राजनैतिक दल र संगठनहरूलाई विश्वासमा लिएर साझा उम्मेद्वारका रुपमा लोकसभा चुनाउ लड्ने दिशामा आफू ईच्छुक रहेको तिनको भनाइ छ। तिनले यस अघिका चुनाउमा पनि धेरैवटा राष्ट्रीय अनि क्षेत्रिय दलहरूले लोकसभा चुनाउमा टिकटको प्रस्ताव दिएको खुलाउँदै आफूलाई राजनैतिक दलमा संलग्न भएर काम गर्ने रूचि नभएको कारण त्यस्ता प्रस्तावहरू खारेज गर्दै आएको बताएका छन। “राजनीतिबाट टाडा बसेर पनि धेरै काम गर्न सकिन्छ भन्ने सोच लिएर हिँडेकोले कुनै विशेष दलको टिकट लिएर चुनाउ लड्ने मन बनाएको छैन। बरु सबै दल र सर्वसाधारणको समर्थनमा सर्वसम्मतिको उम्मेद्वारका रुपमा चुनाउ जाने किसिमले काम गर्दैछौं” डा लामाले भने। तिनले निस्वार्थ भावकासाथ दार्जीलिङ पहाडका जनताको निम्ति केही गर्ने सोच लिएर आफू अघि आएको बताउँदै सर्वसम्मति हासिल गर्न सबै राजनैतिक अनि संघसंस्थाहरूसित यसबारे बिमर्श गर्ने बताए। साझा उम्मेद्वारका रुपमा दलहरूबीच सर्वसम्मति हुनेनहुने कुरा समयले बताउने भन्दै डा लामाले भने, ‘हामी कुनै नेता र दलको विरोधमा खडा भएका छैनौं। हामी जनचाहनालाई सम्मान गर्दै अघि आएका छौं। हामीलाई कसैलाई सत्ताच्युत पार्नू, कसैको निन्दा गर्नू छैन। हामी सफा मनले यस क्षेत्रको निम्ति के गर्न सकिन्छ भन्ने हिसाबले मात्र अघि आएका हौं” तिनले एकजना शिक्षकका रुपमा आफूले धेरै पेशागत दायित्व निर्वाह गरेको अनि अहिले सामाजिक दायित्वबोधका कारण यो क्षेत्रका जनाकांक्षालाई सही ठाउँसम्म पुर्या्उने अभिप्रायले चुनाउ लड्ने नोधो गरेको बताए। तिनले आजसम्म दार्जीलिङ पहाडका मूलभूत समस्याहरूलगायत अलग राज्यको आवाजसमेत सही प्रकारले संसदसम्म पुर्या्उन नसकिएको दाबी गर्दै निर्दल प्रार्थीका रुपमा चुनाउ जितेर पनि यस दिशामा प्रभावी ढंगमा काम गर्न सकिने बताएका छन। “हाम्रो मागको पृष्ठभूमि र औचित्यबारे अझै पनि सही प्रकारले बुझाउन सकिएको छैन। संसदमा कसले ठीकसँग बहस गर्छ, ज्ञानबुद्धिको कुरा गरेर संसदलाई प्रभावित पार्न सक्छ भन्ने कुराले फरक पार्छ। राजनैतिक दलकै टिकटमा जितेर पनि संसदमा मौन बसिदियो भने के फरक पर्छ? अहिलेसम्म त्यही भयो” तिनले भने। केही महीना अघि डा महेन्द्र पी लामाले नयाँ राजनैतिक दल गठन गरेर सक्रिय राजनीतिमा आउने हल्ला र अडकलबाजी निकै जोरले चलेको थियो। आज यसबारे पत्रकारहरूले प्रश्न गर्दा तिनले स्पष्टसँगले यसलाई खारेज नगरे पनि राजनैतिक दल नै गठन गर्ने स्थितिमा आफू नपुगेको स्पष्टिकरण दिएका छन। तिनले सत्तासुख भोग्ने उद्देश्यले नयाँ दल गठन गर्नु सहज भए पनि निर्दिष्ट लक्ष्य हासिल गर्ने दिशामा सोच निर्माण गरेर नयाँ दलको गठन गर्ने कार्य भने निकै गाह्रो हुने विचार प्रकट गरेका छन। “गोर्खाल्याण्डकै लागि नयाँ दल गठन गर्नु हो भने त्यसको रुपरेखा र ढाँचा नै बेग्लै हुनुपर्यो । राजनैतिक दल बनाउने स्थितिमा हामी अहिले पुगेकै छैनौं” डा लामाले भने।

गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमा

डी के वाइबा, कालेबुङ 6 जुलाई। “मैले बाहिर बसेर धेरै कार्य गरे। देशका धेरै ठूला नेताहरु देखि लिएर मन्त्रीहरु साथै आन्तरिक सुरक्षा समितिका सदस्य समेत बनेर कार्य गरे। अब आफ्नो जाति र समाजको निम्ति काम गर्ने बिचार जागेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति काम गर्ने चाह बडेको छ। यदि जनताको निम्ति काम गर्न सांसदको निम्ति चुनाव लड्न भनेर आम जनता लगायत सबै राजनैतिक पार्टीहरुले भन्छन भने त्यसको निम्ति म तयार छु” – उक्त कुरा प्रो महेन्द्र पी लामाले भनेका हुन।
राजनीति र राजनैतिक पार्टीहरुदेखि टाडा बसेर घरी घरी छुट्टै राज्य गोर्खाल्याण्डको वकालती गर्ने प्रो महेन्द्र पी लामाले आखिरमा छुट्टै राज्यको मुद्दालाई टुङ्गो लगाउँन मैदानमा ओर्लिने निश्चय गरेका छन। तिनले आगमी 2014 मा हुने लोकसभा चुनावलाई मध्यनजर राखेर यदि छुट्टै राज्य गोर्खाल्याण्ड चाहने आम जनताले आगमी लोकसभा चुनावमा सांसदका रुपमा आफुलाई खडा हुने आह्वान गरे आफु तयार रहेको स्पष्ट पारेका छन। यद्यपी तिनले सांसदको निम्ति आफुलाई सम्पूर्ण जनता, राजनैतिक पार्टी, सामाजिक संघ संस्थाहरुको सहयोग हुनपर्ने अनि यसमा आम सहमति हुनपर्ने बताएका छन। तिनले गोर्खाल्याण्डको मुद्दालाई निष्कर्षमा पुर्‍याउँन यसपल्ट गोर्खाल्याड चाहने सबै राजनैतिक दल, सामाजिक संस्था लगायत आम जनताले जात, धर्म र रंग हेर्न नहुने बताउँदै जनताले चाहेको खण्डमा आफु राजनैतिक पार्टीको टिकटमा नभएर निर्दल प्रार्थीको रुपमा खडा हुने घोषणा नै गरेका छन। दार्जीलिङ पहाडको राजनीतिमा एका एक आगमी लोकसभा चुनावमा जनताले चाहेको खण्डमा खडा हुने बिचार प्रकट गरेपछि अहिले प्रो महेन्द्र पी लामा चर्चाको बिषय बनेका छन। पहाडको राजनीतिमा अचानक खैलाबैला मच्चाउँने प्रो लामा आज कालेबुङ आईपुगेका थिए। यस अवधी तिनले पत्रकारहरुसंग कुराकानी गर्दै जनाताले चाहे निर्दल प्रार्थीको रुपमा खडा हुने आफ्नो अडान स्पष्ट पारेका छन। आज कालेबुङ आईपुगेका लामाले आफ्ना साथीहरुलाई भेटघाट गर्न आएको बताउँदै आगमी लोकसभा चुनावलाई लिएर प्राराम्भिक कसरत गर्न आएको होईन भने। “हामीले के गर्न सक्छौँ भन्ने कुरामा ध्यान दिईरहेका छौ। बिगतका दिनहरुमा जे भयो भयो तसलाई भुलेर अघि बड्न आवश्यक छ। हाम्रो समय धेर छैन। भविष्यमा आफ्नो जाति, क्षेत्र र राष्ट्रको निम्ति के गर्न सक्छौ भनेर अब लागी परेका छौँ” प्रो लामाले भने। छुट्टै राज्य गोर्खाल्याण्डको सपना साँचेर आफु पनि यसै क्षेत्रमा हुर्किएको बताउँदै अहिले धेरै मानिसहरुले आगमी लोकसभा चुनावमा उठेर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा अघि बडाउँने आह्वान गरिरहेको तिनले अझ बताएका छन। यस सन्दर्भमा यदि जनताले नै आफुलाई चाहंछन भने “नाई” भन्न सक्दिन भने। छुट्टै राज्यको मुद्दालाई लिएर दार्जीलिङ पहाडबाट चुनावमा जितेर राष्ट्रिय स्तरका नेताहरु गए पनि उनीहरुले संसदमा अहिलेसम्म मौनता अप्नाएर बसेको तिनले एक प्रश्नको उत्तर दिदै भने। “छुट्टै राज्य गठनको निम्ति सरकारलाई बुझाउँने कार्य गर्न सक्छु। मैले सरकारसंग धेरि कार्य गरेको कारण यस मुद्दालाई ठिक ठाउँन पुर्‍याउँन सक्छु भन्ने म आफैलाई विश्वास छ। अहिलेसम्म हाम्रो मुद्द ठिक ठाउँमा ठिक तरिकाले ठिक समयमा पुर्‍याउँन हामी असमर्थ बनेका छौँ। यदि सांसद भए अझ मुद्दालाई अघि बडाउँन टेवा पुग्नेछ अनि हामेले छुट्टै राज्यको दिर्घकालीन समाधान निकाल्न सक्नेछौँ” प्रो लामाले भने। पत्रकारहरुसंग कुराकानी गर्दै तिनले छुट्टै राज्यको निम्ति अब आफुले सामाजिक उत्तरदायित्व पूरा गर्ने समय आएको पनि बताएका छन। यस अवधी आगमी लोकसभा चुनावमा निर्दलीय प्रार्थीका रुपमा खडा हुने मनाशय बनाएको समयमा यदि कुनै पनि राष्ट्रिय स्तरका राजनैतिक पार्टीहरुले सांसदको टिकट दिए के गर्नुहुन्छ भनि तिनलाई प्रश्न गर्दा तिनले भने – “म शुरु देखिनै कुनै राजनैतिक पार्टीमा सम्बद्ध छुईन। यसभन्दा अघि पनि मलाई सांसदको निम्ति राष्ट्रिय स्तरका पार्टी लगायत क्षेत्रिय स्तरका पार्टीहरुले सोधेकै हो। यद्यपी आफु राजनैतिक पार्टीबाट टाडा भएको कारण अनि निर्दलीय भएर पनि काम गर्न सकिन्छ भन्ने विश्वास भएकै कारण कुनै पनि राजनैतिक पार्टीको टिकटमा नउठेर निर्दलीय लड्ने नै निर्णय गरेको हो”। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन निर्दलीय प्रार्थीको रुपमा जनताले चाहे चुनाव लड्ने घोषणा गरे पनि एउटा राजनैतिक पार्टी गठन गर्ने सोंच भने नरहेको स्पष्ट पारेका छन। एउटा निर्दिष्ट लक्ष्य लिएर अघि बड्दा कसले कसैलाई गाली गर्ने र नराम्रो व्यवहार गर्न नहुने बताउँदै सबै राजनैतिक पार्टी लगायत संघ संस्था एक हुन अति आवश्यक रहेको तिनले दोहोर्‍याएका छन। यस अवसरमा तिनले आगमी दिनहरुमा पहाडको सत्तसिन पार्टी गोजमुमो लगायत अन्य राजनैतिक दल, गैरराजनैतिक संगठन, धार्मिक संगठन सबैसंग पत्रचार गरेर भेटघाट गर्ने जानकारी दिएका छन।