80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए। भारतीय गोर्खाहरूका निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड हुनुपर्ने तिनको बिचार थियो। यसै मुद्दालाई लिएर हालसम्म पनि दार्जीलिङ पहाड़मा राजनीतिक चहल-पहल भइरहन्छ। सन् 1963 मा "निलो झण्डा" नामक राजनीतिक पार्टी खोल्ने घिसिङले 22 अप्रेल 1979 सालमा प्रथम चोटी गोर्खाल्याण्डको आन्दोलन उठाएका थिए। पछिबाट सन् 1980 मा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा गठन गरेर घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई जनमानसमा पुऱ्याएका थिए। तिनको उक्त आन्दोलनले राष्ट्रीयसाथै अन्तराष्ट्रीय रूप समेत लिएको थियो। आन्दोलन अवधि घटेको 27 जुलाई सन् 1986 सालको घटना अझै पनि कालेबुङवासीको आँखा अघि आलो छ। त्यसपछि 22 अगस्त 1988 सालमा दार्जीलिङ गोर्खा पार्वत्य परिषदमा समझौता गरी घिसिङले आफ्नो आन्दोलनलाई विराम दिएका थिए। दागोपाप प्रमुखको पदमा रहेर तिनले दार्जीलिङमा लगभग दुइ दशकसम्म एकपाखे राजनीति गरेका थिए। यसैले पनि दार्जीलिङको इतिहासमा सुवास घिसिङलाई एक साहसिक आन्दोलनकारी, दार्शनिक राजनीतिज्ञ, कुटनीतिक नेता अनि प्रशासकको रूपमा मात्र चिनिन्छ। आम मानिससम्ममा राजनीतिक नेताको छवि रहेका सुवास घिसिङको दोस्रो रूप भने रोचक अनि सम्वेदनशील छ। लामो समयसम्म दार्जीलिङको राजनीतिमा बलियो गरी उभिएका सुवास घिसिङ एक साहित्यकार पनि हुन्। राजनीतिकसँग-सँगै घिसिङले दार्जीलिङको साहित्यमा पनि काम गरेका छन्। घिसिङले नेपाली साहित्यलाई विश्वास, नीलो चोली, मने, खोक्रो मान्छे, फूलमाया, शुभकामना, कच्चा बाटो, परिस्थिति, कालो माकुरा, आखिरी रात, आलो चिहान जस्ता उपन्यासहरू दिएका छन्। राजनीतिक जीवनमा "आप्पा"को उपाधि पाएका घिसिङलाई नेपाली साहित्यमा "निलो चोली"को लेखकले चिनिन्छ। फ्राइडवादमा अधारित घिसिङको निलो चोलीले एक समय दार्जीलिङको साहित्यिक बजार निक्कै गर्माएको थियो। यौन सम्वेदनामा आधारित घिसिङको निलो चोली उपन्यासले तिनको मानवीय सम्वेधनाशीलतालाई पनि दर्शाएको छ। माजिएको साहित्यकारकोरूपमा सुवास घिसिङ स्थापित नभएता पनि तिनले नेपाली साहित्यलाई एकाध कविता, कथा अनि लछेप्रै उपन्यासहरू दिएका छन्। घिसिङले आफ्नो प्राथमिक स्तरको शिक्षा दार्जीलिङको सन्त रोबर्टस् हाइ स्कूलबाट लिएका हुन्। तर, उक्त विद्यालयमा उनी कक्षा नौ मा अध्ययनरत रहँदा तिनको बाबुको निधन भएको थियो। बाबुको निधन पछि अध्ययन छोड़ेर तिनी सन् 1954 सालमा सेनामा भर्ती भएका थिए। गोर्खा राइफलको सिपाहीको रूपमा लामो समयसम्म देशासेवामा रहेका घिसिङले दार्जीलिङ्गे साहित्यलाई "लुङ्खुम क्याम्प" जस्ता युद्ध उपन्यास पनि दिएका छन्। तिनको उक्त उपन्यास पश्चिम बङ्गाल शिक्षा परिषद्को पाठ्यक्रममा पनि छ। उक्त उपन्यासभित्र जापानी सेनाहरूसँग युद्ध गर्ने घिसिङले राजनीतिमा भने गोर्खाहरूका हितमा देशको क्रूर शासनबिरूद्ध लड़ाई गरेका थिए। तिनको आन्दोलनले पूर्णरूपमा सफला प्राप्त गर्न नसकेता पनि देशका गोर्खाहरूलाई एक झुट भने अवश्यै बनाएको थियो। सैनिक जीवन बिताएका उनै घिसिङ एक सफल शिक्षक पनि थिए। तिनधारे बङ्गला प्राथिक पाठशालाका शिक्षकसम्म बनेका घिसिङले "मने" जस्ता आञ्चलिक उपन्यास लेखेर दार्जीलिङको सामाजिक चरित्रलाई साहित्यअघि राखेका छन्। आफ्नो जीवनमा घिसिङले दुइदर्जन भन्दा अघिक कृतिरू लेखेका छन्। "अपुताली रात" कविताका कवि घिसिङले साहित्य मार्फत पनि दार्जीलिङ्गे समाजलाई सुधार्ने प्रयास गरेका थिए। राज नेताको रूपमा चिनिने घिसिङको साहित्यिक पाटो भने दार्जीलिङ पहाड़मा अझै पनि ओझेलमा नै छन्। सुवास घिसिङका केही कृतीहरूको अध्ययन गरेका युवा कवि टीका भाइले घिसिङको सृजनात्मकतामाथि काम गरिनु पर्ने बताएका छन्। तिनले भने- घिसिङले नेपाली साहित्यलाई धेरैवटा उपन्यासहरू दिएका छन्। तिनको प्राया उपन्यासहरू बाजारू छन्। तर, बाजारू हुँदा हुँदै पनि तिनको कृतिहरूले सामाजिक चेतना पनि उत्तिकै बोकेका छन्। तर, तिनको कृतिहरूमाथि धोत्लिने काम भएको छैन। यसैले तिनको साहित्यिक सृजनात्मकतामाथि काम गरिनुपर्छ। सिलगढीका युवा कवि राजा पुनियानीले सुवास घिसिङलाई कवि अगमसिंह गिरी धारका सर्जक ठानेका छन्। उनी अनुसार घिसिङ साहित्यमा अस्तित्ववाद, आत्मानिर्णयको चिन्तनजस्ता प्रवृतिहरू पाइन्छ। कवि पुनियानीले घिसिङको प्रारम्भिक चरणको कृतिहरूलाई पप साहित्यको संज्ञा दिँदै उपन्यासकार प्रकाश कोवितको लहरमा राखेका छन्। पहाड़मा राजनीतिक चिन्तनको बिजारोपन गर्नमा घिसिङको ठूलो योगदान रहेको कवि पुनियानी पनि ठान्छन्। आफूस्वयम लेखक हुनाले घिसिङले सर्जकहरू प्रति पनि सम्मानको भवना राख्थे भन्ने कुरा भगीरथ रावत अनि विधायक ड़ा. हर्क बहादुरको भनाइले स्पष्ट पारेका छन्। "बाँस सल्किरहेछ" जस्ता नामी उपन्यासका सर्जक भागीरथ रावत घिसिङको निक्कै नजीकको लेखक थिए। आफूले बिताएका सुवास घिसिङसँगको क्षणहरूको सम्झना गर्दै तिनले भने - घिसिङको कतिपय किताबहरूको डिजायन मैले नै गर्थे। तिनले लेखकहरूलाई साह्रै रूचाउँथे। तिनी प्रान्त परिषद्को एउटा बैठकको निम्ति कालेबुङ आउँदा मलाई उपाशक बुक स्टोरबाट एउटा किताब उपहार दिएका थिए। सुवास घिसिङ दागोपापका प्रमुख रहँदा त्यसताक तिनको कार्यनीतिको खरो आलोचना गर्ने डा. हर्कबहादुर छेत्रीले पनि घिसिङले लेखकहरू प्रति उदार भवना राख्ने बताएका छन्। घिसिङको निधन प्रति शोक प्रकट गर्दै विधायक छेत्रीले आफू अनि सुवास घिसिङ माझको सम्बन्ध खुलाएका छन्। विधायक डा. छेत्रीले भने - घिसिङ दागोपाप प्रमुख रहँदा मैले तिनको कार्यप्रणालीको खरो आलोचना गरेको छु। त्यो समयको राजनीतिक परिवेश ठीक थिएन। विपक्षमा उभिएर बोल्नु भनेको जोखिमपूर्ण काम थियो। तर, पनि सुवास घिसिङले मलाई कुनै समय थ्रेट गरेनन्। मेरो कलममाथि तिनले कुनै प्रकारको हस्तक्षेप गरेनन्। यस हिसाबले उनी खेलकहरूप्रति सम्मानको भावना राख्ने व्यक्ति हुन्। यसरी दार्जीलिङको इतिहासमा राजनीति अनि साहित्यमा सम्मान रूपले काम गर्ने सुवास घिसिङको निधन 29 जनवरी साझ 5.30 बजी दिल्लीको गंगाराम अस्पतालमा भएको थियो।
शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
2 Feb 2015