शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
28 Sept 2013
Pass resolution on Gorkhaland in GTA: CPRM
GTA gets new chief executive in Binay Tamang
GJM is deviating from main agenda of statehood: GRNM
27 Sept 2013
CPI (M-L) backs demand for Gorkhaland
GJM participation in GTA meeting
Public must stop supporting Morcha if GTA is revived: UGRF
25 Sept 2013
आउँदो रणनीतिको 'इन साइड स्ट्रोरी...'
(विशेष सम्वाददाता)
एक महीना लामो बन्द र राजनैतिक कार्यक्रमको अभ्यासपछि अन्ततः मोर्चा जीटीएतिरै फर्किने भएको छ। तर यसपालि जीटीएलाई एउटा अस्त्रको रुपमा प्रयोग गरी राज्यको प्रहारको कौशलगत सामना गर्न चहान्छ मोर्चा। आगामी 27 सेप्टेम्बरमा जीटीए प्रमुखको चयन गर्न डाकिएको बैठकलाई केन्द्र गरी मोर्चाले ग्रहण गरेको ताजा लाइन यही हो। सोमबार दार्जीलिङमा सम्पन्न मोर्चाको शीर्ष समितिको बैठकमा पार्टी नेतृत्वले व्यापक छलफल गरी यही निस्कर्ष निकालेको विश्वस्त सूत्रले जनाएको छ। दार्जीलिङबाट विश्वस्त सूत्रले दिएको जानकारीअनुसार पार्टीको 27 तारिकको बैठकको बिहान मात्र नयाँ जीटीए चीफको नाम सार्वजनिक गर्ने भएको छ। सोमबार सिंहमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्य र सभासदहरूको बैठकले ‘केही समयको निम्ति’ जीटीएमा फर्किनु पर्ने कुरामा जोड दिएको थियो। सभासद र केन्द्रीय समिति सदस्यहरू गरी कूल 28 जनाको उपस्थिति रहेको यस महत्वपूर्ण बैठकमा मोर्चा अध्यक्ष बिमल गुरुङ अनुपस्थित रहेको सूत्रको भनाइ छ। बैठकमा सभासदहरू लोपसाङ लामा अनि रतन थापाको पनि अनुपस्थिथि थियो। अहिलेको ताजा परिस्थितिमा जीटीएलाई तत्कालै छोड्न नहुने बैठकमा उपस्थित अधिकांश नेतृत्वको मत थियो। जीटीएलाई अहिले नै चटक्क छोड्नको साटो एउटा विशेष समयावधीसम्म सञ्चालन गरी रणनीतिपूर्ण तरिकाले छोड्दा बुद्धिमत्ता हुने कुराबारे बैठकमा निकै विमर्श गरिएको थियो। बैठकको निष्कर्षबारे पछि एउटा टोलीले मोर्चा प्रमुख बिमल गुरुङलाई पातलेबाँसमा भेटेर जानकारी गराएको सूत्रले जनाएको छ। सूत्रको भनाइअनुसार बैठकमा नयाँ जीटीएप्रमुखको नाममा भने मोहर लाग्न सकेन। ‘पार्टीले कसलाई जीटीए प्रमुखको पदभार दिन्छ भन्ने तय भएन। मोर्चा अध्यक्ष आफैले यसको निर्णय लिउन् भन्ने सबैको धारणा थियो’ स्रोतले बैठकमा भाग लिने एकजना नेतालाई उद्धृत गर्दै भनेको छ। सूत्रले मोर्चाद्वारा मनोनित सभासद बिर्खू भुसाललाई जीटीए सभासद बनाउन सकिने कुरालाई पनि खारेज गरेको छ। जीटीएकानूनमा मनोनित सदस्यलाई कार्यपालको पदमा बहाली गर्न सकिने प्रावधान नरहेका कारण तकनीकि दृष्टिले भुसालको नामको अनुमान सही नरहेको सूत्रले भनेको छ। यता, अहिले बन्दी अवस्थामा रहेका सभासदहरूलाई 27को बैठकमा भाग लिन जीटीएसभाले सूचना जारी गरेको छ। राज्य सरकारले बैठक अघि बन्दी सभासदहरूलाई पीआर बोण्डमा छोड्न सक्ने सम्भावना बढेको छ। अर्कोतिर, गोर्खाल्याण्ड जोइण्ट एक्शन कमिटिका घटक दलहरू क्रामाकपा अनि भागोपले मोर्चा जीटीए सञ्चालनको दिशामा अग्रसर भए यस दलको बैमानी र जनताप्रति विश्वासघात हुने प्रतिक्रिया व्यक्त गरेका छन। क्रामाकपा प्रवक्ता गोबिन्द छेत्रीले मोर्चालाई सत्ता र सहुलियतको लोभमा फस्न नहुने सल्लाह दिँदै भने, ‘जीटीएमा बसेर गोर्खाल्याण्ड आन्दोलन हुँदैन। यदि साच्चै मोर्चाले यस्तो निर्णय लिन्छ भने यो जनतासँग विश्वासघात हुनेछ। गोर्खाल्याण्डको निम्ति जनताले गरेको त्याग, समर्पण र संघर्षको हिसाब मोर्चाले दिनुपर्छ अनि उनीहरूले पनि जनताबाट यसको जवाफ पाउनेछन’ मोर्चा जीटीएमा फर्किएको अवस्थामा गोजोएकको स्थिति के हुनेछ भन्ने प्रश्नको उत्तरमा तिनले भने, ‘मोर्चा जीटीएको सत्ता सञ्चालनमा फर्किन्छ भने यो क्रामाकपालाई स्वीकार छैन। यस्तो परिस्थिति निर्माण भए हामी आफ्ना घटक दलहरूसँग बिमर्श गरी एउटा ठोस निर्णयमा पुग्नेछौं’
यता, भारतीय गोर्खा परिसघका राष्ट्रीय अध्यक्ष डा एनोसदास प्रधानले पनि मोर्चा जीटीए सञ्चालनमा जाने निर्णय लिएको घटनाले मुद्दाप्रति उनीहरूको इमानदारी र प्रतिबद्धता कति छ भन्ने कुरा प्रष्ट भएको प्रतिक्रिया जाहेर गरेका छन। तिनले जीटीएलाई अचल राख्ने मोर्चाको प्रतिश्रुतिको आधारमा गोजोएकलाई अस्तित्त्वमा ल्याइएको बताउँदै यसले मोर्चाको बैमानी प्रमाणित हुने टिप्पणी गरेका छन। ‘जीटीए चलाएर गोजोएकमा बसिरहनु हामीलाई स्वीकार छैन। जीटीए नचाहने जनताको चाहना र चापकै कारण यो मञ्च बनिएको हो।यदि उनीहरू फेरि जीटीएतर्फ उन्मुख हुन्छन भने उनीहरूको इमानदारी पनि प्रष्ट हुनेछ’ यद्यपि तिनले यस्तो परिस्थिति सृजना भएको अवस्था पनि गोजोएक विद्यमान रहने अनि यसले अलग राज्यको निम्ति काम गरिरहने दाबी गरेका छन। ‘यदि मोर्चाले जीटीए चलाउने मन बनाएको छ भने उनीहरू स्वतः गोजोएक छोडेर गएको उचित हुनेछ। तर हामी रहल दलहरू यही मञ्चमा बसेर अलग राज्यको निम्ति काम जारी राख्नेछौं’ डा एनोसदास प्रधानले भने।
24 Sept 2013
अस्तित्व संकटमा टाक्स फोर्स, गोजएक भंग भए के हुन्छ?
तेलङ्गना गठनको घोषणापछि निर्माण भएको नयाँ राजनैतिक परिस्थितिबीच गत 16 अगस्तका दिन गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटि अस्तित्वमा आएपछि यही मुद्दालाई अघि बढाउन भारतीय गोर्खा परिसङ्घको तत्परतामा गठित गोर्खाल्याण्ड टास्क फोर्स अप्रत्यासित ढंगले ओझेलमा परेको छ। गोटाफोको माउ संगठन भागोपलगायत सबै समावेशी दलहरू गोजोएकमा सामेल हुन पुगे पनि गोटाफोलाई आधिकारिक रुपले विघटन गरिएको छैन। मोर्चाले छुट्टै राज्यको आन्दोलनलाई शिथिल परेर जीटीए व्यवस्था जान अग्रसर भएपछि गोर्खाल्याण्डपन्थी दलहरूलाई एकबद्ध गरी अघि बढ्न भागोपले गोटाफो सूत्रपात गरेको थियो। भागोपले क्रामाकपा, गोर्खालीग अनि गोरानिमोलाई लिएर अलग राज्यको निम्ति साझा रुपले काम गर्न गोटाफो गठन गरेको थियो। तर जीटीएलाई असफल भन्दै गोर्खाल्याण्डको निम्ति सामुहिक नेतृत्वको अवधारणामा अघि बढ्न मोर्चाले सबै दलहरूलाई आग्रह गरेपछि गोटाफोका पदाधिकारीहरूलगायत यसमा सामेल सबै दलहरू मोर्चासहितको गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटि गठन गर्न सहमत भएका थिए। तर गोजोएकमा सैद्धान्तिक विभेद चर्केपछि पहिले गोर्खालीग त्यसपछि गोरानिमो अनि गोराकंले क्रमिक रुपले यो साझा मञ्चबाट खुट्टा झिके। अहिले गोजोएकमा सक्रिय तवरले मोर्चा, क्रामाकपा अनि भागोपलाई देखिएको छ भने राष्ट्रीय कङ्ग्रेस अनि बीजेपीको पहाडे नेताहरूले पनि हैँसेमा होष्टे मिलाइ रहेका छन। यसबीच गोजोएकको तदर्थ समितिलाई स्थायी समितिको मर्यादा दिँदै यसका पदाधिकारीहरूमा व्यापक फेरबदल गरी अलग राज्यको निम्ति अझ दह्रोसँग काम गर्ने सङ्केत पनि दिएको थियो। तर यो समितिले तय गरेको अघिल्लो चरणको कार्यक्रमको मियाद पूरा नभइ मोर्चा अध्यक्ष बिमल गुरूङले आन्दोलनको नयाँ दशा र दिशाबारे विरोधाभासपूर्ण बयान जारी गरेपछि गोजोएकको अस्तित्व र स्थायीत्वबारे अचानक प्रश्न खडा भएको छ। आफै गोजोएकको अध्यक्ष रहेर पनि मोर्चा प्रमुख बिमल गुरुङले आउँदो दिनमा आन्दोलनको स्वरुप हिंसात्मक हुन सक्ने बयान जारी गरेपछि सामुहिक नेतृत्वको यो आवधारणा र पहल स्वभाविक रुपले अघि बढ्न सक्ला कि भन्ने संशयहरू देखा परेको छ। यस्तो अवस्थामा अहिले निष्क्रिय रुपले विद्यमान रहेको गोटाफोको भूमिका र औचित्यप्रति राजनीतिसचेत मानिसहरूको चासो बढेको छ। गोटाफो आधिकारिक रुपले बिघटन नभएको स्थितिमा गोजोएक छोडी सकेका दलहरू गोर्खालीग अनि गोरानिमोले अब कुन प्रकारले गोर्खाल्याण्डको निम्ति काम गर्ने हुन् भन्ने सरोकारवालाहरूको चासो छ। तर गोटाफोका समावेशी दलका नेताहरूले भने यसबारे फरक मत जाहेर गरेका छन। गोटाफोको एउटा घटक दल गोरानिमो अध्यक्ष दावा पाखरिनले यस साझा मञ्चको ताजा स्थितिबारे आफू अनभिज्ञ रहेको मन्तव्य प्रकट गरेका छन। कारणवश गोजोएक असफल भएको स्थितिमा दलहरू फेरि गोटाफोमा फर्किन सक्ने अवस्था छ भन्ने स्वर्णभूमिको प्रश्नको उत्तरमा गोरानिमो अध्यक्ष दावा पाखरिनले भने, ‘अहिले नै खुलेर भन्न सक्ने परिस्थिति छैन तर गोटाफोमा फर्किने सम्भावना भने कमि देखिन्छ। ज्याकले यो आन्दोलनलाई लामो लैजान सकेन भने अरु विकल्प खोज्नैपर्छ। तर अहिलेको परिस्थितिमा ज्याकलाई मौका दिइ हेरौं भन्ने हाम्रो दलको सोँच छ” तिनले मोर्चा अध्यक्षको ताजा बयानले ज्याकको दिशा र कार्यक्रममा सामुहिकताको अभाव देखा परेको विचार पनि व्यक्त गरेका छन। ‘ज्याकले आफ्नो कार्यक्रमको समीक्षा र आन्दोलनको प्रभावको आङ्कलन गर्ने काम गरेको छैन’ पाखरिनले भने। तिनले भागोप राष्ट्रव्यापी कार्यक्रम गर्नको साटो ज्याककेन्द्रित बनेको टिप्पणी पनि गरेका छन। यता गोर्खालीग महासचिव प्रताप खातीले पनि गोटाफोका समावेशी दलहरू अर्को शिविरमा स्थानान्तर भएपछि यो साझा मञ्चको औचित्य नै विलिन हुन पुगेको मन्तव्य जाहेर गरेका छन। तिनले अब गोटाफोलाई गोजोएकको विकल्पको रुपमा हेर्न सकिने वातावरण समाप्त भएको दावी पनि गरेका छन। “अब गोटाफो नै चै हुँदैन। गोर्खालीग एकमात्र अडान परिवर्तन नगर्ने दल हो। अरु साथीहरू सुविधावादी राजनीति गर्छन्। साथीहरू कुरा फेर्छन्। दोहोरो नीति भएका साथीहरूसित मिलेर फेरि गोटाफोमा फर्किनु सारो छ। बरू हामीले मान्छे चिन्यौ, त्यो पो राम्रो भयो’ खातीले भने। अर्कोतिर, क्रामाकपा नेता जेबी राईले गोटाफो बिघटन नभएको तर निष्क्रिय रहेको बताउँदै अहिलेको परिस्थितिमा गोजोएकलाई नै मजबूत पार्दै अघि बढ्नु पर्ने कुराको पैरवी गरेका छन। राईले भने. ‘हामीबीच त्यस्तो मनोमालिन्य केही भएको छैन। ठूलो भूलबुझाइ पनि होइन। केही साथीहरू आफ्नो जिदमा अडेको कारण आफै ज्याक छोडेर गएका हुन तर छुट्टै राज्यको सवालमा उनीहरू कटिबद्ध नै छन। यसर्थ परिस्थितिवश गोटाफोमा फर्किन परे सारै गाह्रो होला भन्ने लाग्दैन’