शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
16 Feb 2013
Morcha takes GTA grouse to governor - Team discusses state ‘interference’
Sikkim dharna
15 Feb 2013
बहसमा सयुक्त समिति गठन गर्ने आमसहमती , समितिले कम्पनीको कार्यप्रणालीमाथि छानबिन गर्ने
हिमालय पिपस्स च्यानल(एचपीसी) को आयोजनामा समसामयिक विषयवस्तुमाथि आधारित कार्यक्रम बहसमा आज प्रशासनिक अधिकारीक रुपमा डेपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु, अतिरिक्त पुलिस अधिक्षक सोङ्मित लेप्चा, नागरिक समाजका प्रतिनिधि एवं कानुन विशेषज्ञ प्रभाकर देवान, चार्टर एकाण्टटेण्ट सुमित जिण्दल लगायत रोजभेल्ली, बासिल , प्रयाग, एक्सिस मल्टिडेभलोपसका प्रतिनिधिहरू प्यानलमा थिए| यसबाहेक लगभग २७ वटा मल्टिमार्केटिङ कम्पनीका प्रतिनिधि एवं कार्यकर्ताहरू बहसमा उपस्थित बनेका थिए| कार्यक्रमको मध्यस्थता पत्रकारद्वय प्रदीप लोहागुण अनि अनिल तेलैजाले गरेका थिए| पहाडबाट चिटफण्ड कम्पनीहरूले अहिलेसम्म करोडौं रुपिँया लिटेसकेको, लगानीकर्ताहरू एफआईआरसम्म गर्न असमर्थ भएको, त्यसमाथि प्रशासनिक कार्वाही नभएको, करौडौ लुटिसकेपछि पनि मानिसहरूमा सचेतनाको अभाव रहेको र अब पहाडबाट सञ्चालन भइरहेको कम्पनीहरूको कार्यप्रणालीमाथि के-कस्तो उपाय अप्नाउनुपर्ने कुरामथि आज बहस छेडिएको थियो| आजको वहसमा खुलासा भएअनुसार, पहाडमा सञ्चालन भइरहेको अधिकतम कम्पनीहरू सम्बन्धी प्रशासनलाई कुनै जानकारी छैन| यहॉंबाट सञ्चालन हुने जम्मै कम्पनीहरूबारे क्षेत्रीय प्रशासनलाई जाकनरी हुनपर्छ भन्ने प्रशासनिक अधिकारीहरूले बताए| आज सर्वसम्मतिद्वारा सहमत भएअनुसार, अब चिटफण्ड कम्पनीहरूलाई लगाम लगाइन जरुरी छ| यसैले क्षेत्रीय प्रशासनलाई व्यवसाय शुरु गर्नअघि कुनैपनि कम्पनीले पूरवसूचित गर्न जरुरी छ| यसैले अब नागरिक समाज, बार एसोसिएसन, क्षेत्रीय प्रसासन, पुलिस विभाग, चार्टर एकाउन्टेन्ट आदिको संयुक्त समिति गठन गरीनुपर्ने अनि उक्त समितिले कम्पनीको कार्यप्रणालीमाथि छानबिन गरिने कुरामा आज सहमति बन्यो| डेपुटी म्याजिस्ट्रेट लिम्बुले चॉंड़ै महकुमा अधिकारीसित कुरा गरेर कार्यरूपमा ल्याउने वचनबद्धता उनले जाहेर गरेका छन्| कार्यक्रममा अधिवक्ता प्रभाकर देवान अनि चार्टर एकाण्टटेण्ट सुमित जिण्दलले यी जम्मै कम्पनीहरूकोे वैधतालाई लिएर प्रशासनिक स्तरबाट जॉंच हुनुपर्ने बताए| चार्टर एकाण्टटेण्ट सुमित जिण्दलले कुनै पनि कम्पनीले अधिकतम १५ प्रतिशतभन्दा अधिक व्याज दर दिए त्यो कम्पनीमाथि लगानीकर्ताहरूले छानबीन गर्न जरुरी रहेको बताए| उनले व्यक्तिविशेषलाई होइन कम्पनीको विश्वनीयतालाई जॉंच्नपर्ने विचार पनि पोखे| अर्कोतिर अतिरिक्त पुलिस अधिक्षक सोङ्मित लेप्चाले जनाएअनुसार, कम्पनीले कुन समयदेखि पहाडमा कार्य गर्दैछ यसको विवरण प्रशासनसित हुँदैन| यसैले लगानीकर्ताहरूले कम्पनी डेबुपछि थानामा घेराउ गरेपनि एफआईआर भने गर्दैनन् अनि प्रशासन कार्वाही गर्न असमर्थ हुन्छ| आयोजक पक्षबाट सन्दीप कुलुङले पहाड़मा प्रतिदिन चिटङ्गण्ड कम्पनीमा पैसा लगाइ सर्वस्व गुमाउने घटनाहरू सामान्य बनिरहेकोले जनतालाई सचेत गराउनु नै कार्यक्रमक उद्देश्य रहेको जनाए| पत्रकार भुवन पी. खनालले सञ्चालन गरेको कार्यक्रममा एचपीसीका निर्देशक सन्दीप कुलुङले स्वागत भाषण राखेका थिए भने नागरिक समाज, राजनैतिक दल, सङ्घ-संस्था लगायत कम्पनीका सदस्यहरूको अपाड भीड कार्यक्रमस्थमा जमेको थियो| मदन तामाङ हत्याकाण्डका भुमिगत आरोपीहरु पक्राउ
यी आरोपीहरुलाई आज दार्जीलिङ अदालतमा पेश गरिएपछि १४ दिनको न्यायिक हिरासतमा राख्ने कोर्टले निर्देश दिएको छ| सीबीआइले आरोपीहरूसँग सोधपुछ गर्न सातदिनको रिमाण्डमा दिन कोर्टलाई निवेदन गरेको थियो| सीजीएम कोर्टले सीबीआईको यस निवेदनलाई खारेज गरी आरोपहरूलाई न्यायिक हिरासतमा राख्ने निर्देश दिएको हो| मदन तामाङ्ग हत्याकाण्ड मामिला राज्यको सीआईडी विभागबाट हस्तान्तारण गरिएपछि सीबीआई टोलीले आरोपीहरूको खोजकार्य जारी राखेको थियो| आज विहान लगभग पॉंच बजीतिर दार्जीलिङ रेलवेस्टेशन परिसरबाट सीबीआईले पॉंचैजनालाई आफ्नो नियन्त्रणमा लिएको थियो| आरोपीहरू शहर छोडेर सिलगडीतिर जान लागिरहेको अवस्थामा पक्रा परेका थिए| अखिल भारतीय गोर्खालीग अध्यक्ष मदन तामङ्गको २१ मई २०१०मा हत्या भएपछि आज पक्रा पर्ने पॉंजना आरोपीहरू लगायत अन्य केही मोर्चा कार्यकर्ताहरू त्यसै समयदेखि भूमिगत भएका थिए| यस मामिलामा मोर्चाका युवा नेता दिपेन मालेलाई अगावै पक्राउ गरिसकेको थियो भने लामो समयको अन्तरालपछि एकासाथ पॉंचजना आरोपीहरू पक्राउ परेको घटनाले अब यस मामिलाले गति पक्रिन सक्ने अनुमान गरिएको छ| यस मामिलामा मोर्चा कार्यकर्ताहरूलाई पक्राउ गरिएको सम्बन्धमा दलका नेताहरूले कुनै प्रतिक्रिया र वयान जारी गरेका छैनन्| यता आज आरोपीहरूको पक्राउपछि अभियोजन पक्षका सरकारी वकिल पङ्कज प्रसादले घटनाक्रबारे यस आशयको जानकारी दिएका छन्|13 Feb 2013
Appeal for calm, firmness on visits - Deb says ministers would go to hills despite protests
“Some people have showed me black flags in Kalimpong and Chitray and have also shouted slogans while surrounding my car. Though they were not holding flags of any party, we know that Morcha is the only party that dominates the hills,” he said.
However, he said: “I do not consider it to be a major incident and would like to reaffirm that even if we have to confront protests and showing of black flags in hills, we would not stay back in the plains. We have been visiting the hills on a regular basis and will keep on doing so, as and when required. I would like to appeal to all those who had resorted to such demonstrations to act sensibly, stay calm, maintain peace and work for development of the hills. The state government is keen on expediting the development process and we want the GTA Sabha representatives, who have been elected by people, to act responsibly and meet aspirations of the masses.”
Deb had gone to the hills last Saturday, when the Morcha had called a 12-hour general strike to protest the formation of the Lepcha development board under the state government. The minister had sent feelers through the media to the Morcha for talks, but nothing had come of it.
Today, he said: “The GTA is a much higher body than the Lepcha development board and the two cannot be compared.”
The minister, while speaking in Sukna, trained his guns at the Congress and held the party responsible for “inciting people in the hills”.
Deb’s ire may be directed at Darjeeling district Congress chief Shankar Malakar, who met Bimal Gurung yesterday and assured him of all support from the Centre if the Morcha had trouble in running the GTA.
“We feel the action of the Congress is inciting people in hills. The party, which is at the Centre, has endorsed the GTA agreement and act while on the other hand, it had sent representatives to an all-party meeting (called by the Morcha over the issue of Gorkhaland) in the hills,” Deb said. (TT)













