पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन? गुनणस्तरीय शिक्षाको सोच राख्ने हरेकलाई हालमा यी प्रश्नहरुले सताइरहेको छ। तर, पहाड़को शिक्षा व्यवस्था दिनोदिन झुर बन्दै जानुमा पाठशाला सञ्चालन समिति अनि शिक्षक प्रमुखहरु जिम्मेवार रहेको कुरा खुलासा भएको छ। कालेबुङ महकुमाको भालुखोप ग्राम पञ्चायतमा अवस्थित छ "चम्पामाया निम्न वुनियादी प्रथमिक पाठशाला। सन् 1957 सालमा स्थापित उक्त पाठशालाको वर्तमान बेहाल अवस्थाले जो कोहीलाई पनि स्कूल सञ्चालन समिति अनि स्कूल प्रमुखलाई प्रश्न गर्न बाध्य बनाउँछन्। वर्ष 2013देखि शिक्षक प्रभारी भीम छेत्रीको देखरेकमा रहेको उक्त स्कूलले विद्यार्थीहरुको भविष्यमात्र बिगारेको छैन तर, दार्जीलिङ पहाड़को प्रथमिक पाठशालाहरुको पनि बदनाम गरिरहेको छ। कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीको साथमा आज हिमालय दर्पणलेे उक्त पाठशालाको आकसमिक भ्रमण गरेको थियो। यस पाठशालामा सचिव छेत्रीले पार्थमिक स्तरको पढाई गरेका छन्। तर, स्कूलको वर्तमान अवस्थादेखि उनी खुशी छैनन्। किन कि दुइ वर्षको अन्तरालमा विद्यार्थीहरुको संख्या घटेर 2 सयदेखि 7 मा पुगेको छ। 18 फरवरीदेखि स्कूल शुरु भएता पनि हालसम्म स्कूलमा मध्यान्न भोजन पाकेको छैन। यसै घटनाको निरिक्षण गर्न सङ्गठनका सचिव छेत्री चम्पामाया निम्न वुनियादी प्राथमिक पाठशाला पुगेका थिए। शिक्षक प्रमुख भीम छेत्री रक्सी पिएर झुर थिए। "सर किन स्कूलमा मिड-डे मिल पाक्दैन?' छेत्रीको प्रश्न थियो। प्लास्टीकको चौकिमा हल्ली रहेका शिक्षक प्रमुख भीम छेत्रीले उतर दिए "पकाउनेहरु आउँदैनन्।' यता, मध्यान्न भोजन पकाउने हर्केमाया अनि गंगा छेत्री भन्छन् "सरले कुनै दिन पनि बोलाएनन्।' शिक्षक प्रमुखले भोजन पकाउने निर्देश दिने हुन् कि कर्मचारीहरुले आफू खुशी पकाउनु पर्ने हो यसै विबादले विद्यार्थीहरुले एक महिना अघिदेखि मध्यान्न भोजन खान पाएका छैनन्। हर्कमायाले भन्छिन् "स्कूल 18 फरवरीमा लागेको हो। 4 अप्रेलको दिन मात्र सरले बोलाउनु भयो। तर स्कूलमा पकाउनको निम्ति ग्यास चुलाको व्यवस्थापन छैन।' विगत वर्ष पनि पाठशालामा केवल दाल र भातमात्र पाकेको दुवै कर्मचारीहरुले खुलासा गरे। त्यसो भए विद्यार्थीहरुलाई हप्तमा एकचोटी अण्डा अनि मासु ख्वाउने पैसा कसको खल्तीमा पस्यो त ? एक महिनादेखि मध्यान्न भोजन नपाक्दा चालम, दाल, आलु प्याज कुहुएको अवस्थामा छ। त के अब विद्यार्थीहरुलाई कुहुएकै चामल ख्वाउने़? यो नष्ट भएको खाध्य समाग्रीहरुको भरपाइ कसले गर्ने त? प्रथमिक पाठशालाहरुमा आर्थिक रुपले विपन्नवर्गका विद्यार्थीहरु पढन आउँछन्। विद्यार्थीहरुको संख्या किन घट्यो भन्ने प्रश्न गर्दा शिक्षक छेत्रीको सोझो जवाब छ "छेवैमा नर्सरी स्कूल छ।' तर, उनी बुझ्दैनन् अविभावकहरु किन नर्सरी स्कूल पढाउन बध्य छन्। स्कूलको पाचौ श्रेणीमा केवल एकजना विद्यार्थी छन्। उनी आज स्कूल आएनन् पाचौ श्रेणी बन्द छ। हालमा विद्यार्थीहरुको कुल संख्या 28 छ तर, आज 7 जनामात्र उपस्थित थिए। स्कूलमा कुनै प्रकारको अनुशासन छैन न त सञ्चालन समिति नै सक्रिय छ। महिनौसम्म मध्यान्न भोजन नपाक्दा पनि सञ्चालन समिति मौम छ। गाउँलेहरु भन्छन् "भीम सरले स्कूल खतम पाऱ्यो।' वर्ष 2013 मा पनि मध्यान्न भोजन काण्डले गर्दा स्कूल बैठकमा नै अनिभावकहरुले बबाल मच्चाएका थिए। विद्यार्थीहरुको अण्डा कसले खॉंदैछ भन्ने प्रश्न चुलिएको थियो। तर, करीब दुइ वर्ष पछि आज पनि स्कूलको अवस्थामा सुधार आएको छैन। चम्पामाया आफ्नो घर छेउको स्कुल रहेको तबाउँदै विष्णु छेत्री भन्छन् "यहॉं धेर भोकोपेट नानीहरु आउँछन्।' विद्यार्थीहरुलाई ब्यालेन्स डाइट दिनको निम्ति नै भारत सरकारले मध्यान्न भोजन परियोजना शुरु गरेको होतर यस स्कूलका विद्यार्थीहरुले ब्यालेन्स डाइट होइन दाल भात पनि खान पाएका छैनन्। "सरकारले नियमित रुपमा पैसासाथै सहुलियतहरु दिइरहेको छ' उनले भने "तर आजसम्म यस स्कूलमा भने विद्यार्थीहरुले ड्रेस किन्ने पैसा पाएका छैनन्।' स्कूललाई पिउने पानीको निम्ति 1.5 लाख रुपिया प्राप्त भएको थियो। तर, विद्यार्थीहरु महिनौदेखि सिन्टेक्समा जमेको पानी पिउन वाध्य छन्। पिउने पानीबाट 90 प्रतिश्त रोग लाग्ने हुनाले विष्णु छेत्रीले सिन्टेक्सको पिउने पानी जॉंचको निम्ति लिएका छन्। विजुलीको बील नतिर्दा स्कूल ऋृणमा डुबेको छ। "शिक्षक प्रमुखको अवस्था नै ठीक छैन' उनले भने "भारप्राप्त सभासद रोशन गीरिले भीम सरलाई हटाउनु पर्छ।' यो घटनलाई चुनाउसॅंग जोड्दै उनले चुनाउ प्रचारको अवधि उम्मेद्वारहरुले प्रथमिक पाठशालाहरुको पनि भ्रमण गर्नु पर्ने आह्लान गरे। बाल हित अनि शिक्षा व्यवस्थामाथि काम गरिरहेको गैरसरकारी संस्थाहरुको नजरमा यस्ता प्राथमिक पाठशालाहरु नपर्नु पनि दुर्भाग्य नै हो। पाठशाला भित्रै शिक्षादेखि बञ्चित बनेका विद्यार्थीहरुको हितमा कुन संस्थाले काम गर्ने? मध्यान्न भोजनको अभावमा अनाहारको शिकार बनिरहेका नानीहरुको पक्षमा कुन एनजीओ अघि आउने? यस्ता गम्भीर प्रश्नहरुले घेरिएको छ दार्जीलिङ पहाड़को प्रथमिक शिक्षा व्यवस्थालाई। शिक्षा अनि खाध्य प्रत्येक विद्यार्थीहरुको जन्मसिद्ध अधिकार रहेको बताउँदै छेत्रीले दोषी सञ्चालन समिति अनि शिक्षक-शिक्षिकाहरु विरुद्ध विभागले कार्वाही गर्नु पर्ने माग गरेका छन्। उनले भने "भीम सर हटाउ स्कूल बचाउ, अब आन्दोलन गर्नेछौ।'
शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
7 Apr 2016
शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन? गुनणस्तरीय शिक्षाको सोच राख्ने हरेकलाई हालमा यी प्रश्नहरुले सताइरहेको छ। तर, पहाड़को शिक्षा व्यवस्था दिनोदिन झुर बन्दै जानुमा पाठशाला सञ्चालन समिति अनि शिक्षक प्रमुखहरु जिम्मेवार रहेको कुरा खुलासा भएको छ। कालेबुङ महकुमाको भालुखोप ग्राम पञ्चायतमा अवस्थित छ "चम्पामाया निम्न वुनियादी प्रथमिक पाठशाला। सन् 1957 सालमा स्थापित उक्त पाठशालाको वर्तमान बेहाल अवस्थाले जो कोहीलाई पनि स्कूल सञ्चालन समिति अनि स्कूल प्रमुखलाई प्रश्न गर्न बाध्य बनाउँछन्। वर्ष 2013देखि शिक्षक प्रभारी भीम छेत्रीको देखरेकमा रहेको उक्त स्कूलले विद्यार्थीहरुको भविष्यमात्र बिगारेको छैन तर, दार्जीलिङ पहाड़को प्रथमिक पाठशालाहरुको पनि बदनाम गरिरहेको छ। कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीको साथमा आज हिमालय दर्पणलेे उक्त पाठशालाको आकसमिक भ्रमण गरेको थियो। यस पाठशालामा सचिव छेत्रीले पार्थमिक स्तरको पढाई गरेका छन्। तर, स्कूलको वर्तमान अवस्थादेखि उनी खुशी छैनन्। किन कि दुइ वर्षको अन्तरालमा विद्यार्थीहरुको संख्या घटेर 2 सयदेखि 7 मा पुगेको छ। 18 फरवरीदेखि स्कूल शुरु भएता पनि हालसम्म स्कूलमा मध्यान्न भोजन पाकेको छैन। यसै घटनाको निरिक्षण गर्न सङ्गठनका सचिव छेत्री चम्पामाया निम्न वुनियादी प्राथमिक पाठशाला पुगेका थिए। शिक्षक प्रमुख भीम छेत्री रक्सी पिएर झुर थिए। "सर किन स्कूलमा मिड-डे मिल पाक्दैन?' छेत्रीको प्रश्न थियो। प्लास्टीकको चौकिमा हल्ली रहेका शिक्षक प्रमुख भीम छेत्रीले उतर दिए "पकाउनेहरु आउँदैनन्।' यता, मध्यान्न भोजन पकाउने हर्केमाया अनि गंगा छेत्री भन्छन् "सरले कुनै दिन पनि बोलाएनन्।' शिक्षक प्रमुखले भोजन पकाउने निर्देश दिने हुन् कि कर्मचारीहरुले आफू खुशी पकाउनु पर्ने हो यसै विबादले विद्यार्थीहरुले एक महिना अघिदेखि मध्यान्न भोजन खान पाएका छैनन्। हर्कमायाले भन्छिन् "स्कूल 18 फरवरीमा लागेको हो। 4 अप्रेलको दिन मात्र सरले बोलाउनु भयो। तर स्कूलमा पकाउनको निम्ति ग्यास चुलाको व्यवस्थापन छैन।' विगत वर्ष पनि पाठशालामा केवल दाल र भातमात्र पाकेको दुवै कर्मचारीहरुले खुलासा गरे। त्यसो भए विद्यार्थीहरुलाई हप्तमा एकचोटी अण्डा अनि मासु ख्वाउने पैसा कसको खल्तीमा पस्यो त ? एक महिनादेखि मध्यान्न भोजन नपाक्दा चालम, दाल, आलु प्याज कुहुएको अवस्थामा छ। त के अब विद्यार्थीहरुलाई कुहुएकै चामल ख्वाउने़? यो नष्ट भएको खाध्य समाग्रीहरुको भरपाइ कसले गर्ने त? प्रथमिक पाठशालाहरुमा आर्थिक रुपले विपन्नवर्गका विद्यार्थीहरु पढन आउँछन्। विद्यार्थीहरुको संख्या किन घट्यो भन्ने प्रश्न गर्दा शिक्षक छेत्रीको सोझो जवाब छ "छेवैमा नर्सरी स्कूल छ।' तर, उनी बुझ्दैनन् अविभावकहरु किन नर्सरी स्कूल पढाउन बध्य छन्। स्कूलको पाचौ श्रेणीमा केवल एकजना विद्यार्थी छन्। उनी आज स्कूल आएनन् पाचौ श्रेणी बन्द छ। हालमा विद्यार्थीहरुको कुल संख्या 28 छ तर, आज 7 जनामात्र उपस्थित थिए। स्कूलमा कुनै प्रकारको अनुशासन छैन न त सञ्चालन समिति नै सक्रिय छ। महिनौसम्म मध्यान्न भोजन नपाक्दा पनि सञ्चालन समिति मौम छ। गाउँलेहरु भन्छन् "भीम सरले स्कूल खतम पाऱ्यो।' वर्ष 2013 मा पनि मध्यान्न भोजन काण्डले गर्दा स्कूल बैठकमा नै अनिभावकहरुले बबाल मच्चाएका थिए। विद्यार्थीहरुको अण्डा कसले खॉंदैछ भन्ने प्रश्न चुलिएको थियो। तर, करीब दुइ वर्ष पछि आज पनि स्कूलको अवस्थामा सुधार आएको छैन। चम्पामाया आफ्नो घर छेउको स्कुल रहेको तबाउँदै विष्णु छेत्री भन्छन् "यहॉं धेर भोकोपेट नानीहरु आउँछन्।' विद्यार्थीहरुलाई ब्यालेन्स डाइट दिनको निम्ति नै भारत सरकारले मध्यान्न भोजन परियोजना शुरु गरेको होतर यस स्कूलका विद्यार्थीहरुले ब्यालेन्स डाइट होइन दाल भात पनि खान पाएका छैनन्। "सरकारले नियमित रुपमा पैसासाथै सहुलियतहरु दिइरहेको छ' उनले भने "तर आजसम्म यस स्कूलमा भने विद्यार्थीहरुले ड्रेस किन्ने पैसा पाएका छैनन्।' स्कूललाई पिउने पानीको निम्ति 1.5 लाख रुपिया प्राप्त भएको थियो। तर, विद्यार्थीहरु महिनौदेखि सिन्टेक्समा जमेको पानी पिउन वाध्य छन्। पिउने पानीबाट 90 प्रतिश्त रोग लाग्ने हुनाले विष्णु छेत्रीले सिन्टेक्सको पिउने पानी जॉंचको निम्ति लिएका छन्। विजुलीको बील नतिर्दा स्कूल ऋृणमा डुबेको छ। "शिक्षक प्रमुखको अवस्था नै ठीक छैन' उनले भने "भारप्राप्त सभासद रोशन गीरिले भीम सरलाई हटाउनु पर्छ।' यो घटनलाई चुनाउसॅंग जोड्दै उनले चुनाउ प्रचारको अवधि उम्मेद्वारहरुले प्रथमिक पाठशालाहरुको पनि भ्रमण गर्नु पर्ने आह्लान गरे। बाल हित अनि शिक्षा व्यवस्थामाथि काम गरिरहेको गैरसरकारी संस्थाहरुको नजरमा यस्ता प्राथमिक पाठशालाहरु नपर्नु पनि दुर्भाग्य नै हो। पाठशाला भित्रै शिक्षादेखि बञ्चित बनेका विद्यार्थीहरुको हितमा कुन संस्थाले काम गर्ने? मध्यान्न भोजनको अभावमा अनाहारको शिकार बनिरहेका नानीहरुको पक्षमा कुन एनजीओ अघि आउने? यस्ता गम्भीर प्रश्नहरुले घेरिएको छ दार्जीलिङ पहाड़को प्रथमिक शिक्षा व्यवस्थालाई। शिक्षा अनि खाध्य प्रत्येक विद्यार्थीहरुको जन्मसिद्ध अधिकार रहेको बताउँदै छेत्रीले दोषी सञ्चालन समिति अनि शिक्षक-शिक्षिकाहरु विरुद्ध विभागले कार्वाही गर्नु पर्ने माग गरेका छन्। उनले भने "भीम सर हटाउ स्कूल बचाउ, अब आन्दोलन गर्नेछौ।'
17 Feb 2016
“पिरती आफै हुँदोर’छ” प्रेमको मूल्य स्थापित गर्ने हूक्यर्सको प्रयास"
31 Jan 2016
कालेबुङको भू-भाग 2007 सालको सन्धिले स्पष्ट पारेको छ, राष्ट्र विरोधीको विवाद आफ्नै जातीलाई दोषी बनाउनु मात्र हो - जेबी राई
25 Aug 2015
BHARATIYA GORKHA PARISANGH WRITES TO HOME MINISTRY TO STOP EVICTION OF GORKHAS BY ILP ACTIVISTS IN MANIPUR
25 Jun 2015
नेपाल भुकम्प पीडितको लागी सङ्गीत
78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलको दर्शकदीर्घमा केहीबेर थप्पडीको आवाज गुञ्जयमान भएको थियो। यो उमेरमा पनि आफ्ना प्रशंसकहरूलाई निराश नपार्ने उर्जावान गायिका अरू कोही नभएर सुश्री शान्ति ठटाल थिइन्। कालेबुङका कलाकर्मीहरूको समूह फ्रेण्ड्स् फर सोसियल कन्सर्नले नेपालको भुइँचालो पिडीतहरूको निम्ति अर्थसहयोग जुटाउन आयोजना गरेको सांगीतिक कार्यक्रम ‘मेलोडी फर रिमेडी’-मा गीत प्रस्तुत गर्न शनिबार साँझ नै दार्जीलिङबाट आइपुगेकी थिइन्। उनी दशकौंपछि कालेबुङमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी बनेकी थिइन्। आफ्ना जमानाकी एक लोकप्रिय गायिकालाई यतिका बर्षपछि सुन्न र हेर्न टाउनहलमा धेरै संख्यामा पाका मानिसहरूको उपस्थिति थियो तर उनका कालजयी गीतहरूले युवा पुस्ताका दर्शक-श्रोताहरू पनि मञ्त्रमुग्ध नभइ रहन सकेनन्। सुश्री ठटालले यस दिन सम्हालेर राख, आँधीहुरीले, मायाले सम्झ्यो कि कसोलगायतका गीतहरू गाएर आफ्ना प्रशंसकहरूलाई मुग्ध पारेकी थिइन्। उनलाई आयोजन समितिले प्रशस्तिपत्र प्रदान गरी अभिनन्दन पनि जनाएको थियो। नेपालका भुइँचालोपिडीतहरूको निम्ति कालेबुङका कलाकर्मीहरूको तर्फबाट पनि सहयोग गर्न यो कार्यक्रमको आयोजना गरिएको थियो। साहित्य, संगीत, पत्रकारिता, नाटक र सिनेमा क्षेत्रसँग जोडिएका मानिसहरूको तत्परतामा आयोजित कार्यक्रमको मूल उद्देश्य नेपालका भुइँचालो पिडीतहरूलाई सहयोग गर्ने रहेको भए पनि यसले अरू उद्देश्यहरूको पनि परिपूर्ति गरेको थियो। कार्यक्रममा सुश्री शान्ति ठटाललगायत डूवर्सको बाणी व्याण्ड अनि गायक पुष्पण प्रधान, काठमाण्डौबाट गायिका झुमा लिम्बु पनि कलाकर्मीहरूको यो सदिच्छालाई सहयोग पुर्याउन सहभागी थिए। दुवै गायिकाहरूलाई दार्जीलिङका संगीतकार जीवनप्रकाश प्रधानको टोलीले साथ दिएका थिए। आयोजक कलाकर्मीहरूको उद्देश्य भुइँचालोपिडीतहरूको सहयोगसितै दुइपुस्ताका गायक-गायिका अनि गीतसंगीतकारहरूबीच सहकार्य, भारत-नेपालबीच संगीतिक विनियमलगायत बाणी व्याण्डका प्रतिभाशाली गायक पुष्पण प्रधान विशिष्ट गीतसंगीतको रस कालेबुङे संगीतप्रेमीहरूलाई आस्वादन गराउनु पनि थियो। संगीतकार अम्बर गुरूङको छत्रछायाँमा रहेर नेपाली संगीतजगतमा ख्याति कमाइरहेकी झुमा लिम्बुले पनि अर्थपोर्ण गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई आनन्दित तुल्याएकी थिइन। पहिलोपल्ट भारतेली नेपाली संगीतश्रोताहरूलाई आफ्नो गीत सुनाइरहेकी झुमालाई पनि आयोजकहरूले कदरपत्र प्रदान गरि सम्मान जनाएका थिए। यस अवसरमा डूवर्सको बाणी व्याण्ड अनि यसका गायक पुष्पण प्रधानको प्रस्तुति बेजोड थियो। आफ्ना अनि अरूका गरी उनले झण्डै एक दर्जन गीत गाएका थिए। फत्तेमान राजभण्डारीको मर्न बरू गारो हुन्नबाट शुरु गरेर मनोज बोगटीको शब्द र आफ्नै संगीत रहेको ‘ए बूढा बा! यो त मेरो समय हो’ भन्ने अन्तिम गीत गाएर लगभग दुइ घण्टासम्म श्रोताहरूलाई बाँधेर राख्न उनी सफल भएका थिए। दर्शकश्रोताहरूसँग सम्वाद गर्दै गीत प्रस्तुत गर्ने शैलीले पनि उनलाई यस दिन धेरै रूचाइएको थियो। नेपालीसंगीतमा सुफीसंगीतको स्वाद दिने उनको गीत र गायिकीप्रति विशेष गरी युवापुस्ताका श्रोताहरू मोहित भएका थिए। पुष्पणको बेजोड प्रस्तुतिले मुध भएका संगीतकार जीवनप्रकाश प्रधानले कार्यक्रमबीच नै आफ्नो रेकर्डिङ स्टुडियो रिदमको तर्फबाट बाणी व्याण्डको एउटा एल्बम निकाल्ने घोषणा पनि गरेका थिए। यो कार्यक्रमको अर्को विशेष आकर्षण थियो नाटक भानु र पाला। यही नाटकको भाग एक र दुइले चर्चा र लोकप्रियता कमाएका कलाकार ललित गोलेले आफ्नै निर्देशनाअ तयार पारेको भानु र पाला नाटकले दर्शकहरूलाई प्रहसन मात्र प्रदान गरेको थियो तर हालमा सामाजिक अनि राजनैतिक विसंगतिहरूप्रति कलात्मक प्रहार पनि गरेको थियो। उनले यस दिन अगावै प्रदर्शन भइसकेको भानु र पालाको भाग एक अनि दुइसहित तयारीमा रहेको भाग तीनका केही अंशहरूको सम्मिश्रण प्रस्तुत गरेका थिए। गोलेलाई यो नाटकमा महेन्द्र बागदास, मदन भुजेल, बिक्रम पराजुली आदि कलाकारहरूले साथ दिएका थिए। यो कार्यक्रममा कालेबुङका युवाव्यवसायी सोनाम याक्खा प्रमुख अतिथि थिए भने युवाकवि गगण राई बिशेष अतिह्ति थिए। दुवै अतिथिहरूको बाहुलीबाट कलाकारहरू शान्ति ठटाल, झुमा लिम्बु अनि पुष्पण प्रदानलाई अंगवस्त्र ओडाएर अभिनन्दन गर्ने कार्य गरिएको थियो। दुवैले भुइँचालो पिडीतहरूको सहयोगको निम्ति व्यक्तिगत तर्फबाट राम्रो रकम पनि प्रदान गरेका थिए।
27 Feb 2015
निराश छन् विधायक डा. छेत्री
केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, “उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका छन्, भइहाल्यो। उनले कोइबेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि” पार्टीप्रमुखले यो प्रतिक्रिया दिएको यतिका दिनपछि पनि न डा हर्कबहादुर छेत्रीले मन दुखाउन छोडेका छन् न पार्टी नेतृत्वले उनीसँग बसेर चित्त माझामाझ गरेको छ। बरू उल्टै पार्टी र डा छेत्रीको सम्बन्ध 36को आकडामा परिणत हुने क्रममा छ। भोलि शुक्रबार बिधानसभाको बजट अधिवेशनमा भाग लिन कलकता हुइँकिने चटारोमा रहेका डा हर्कबहादुर छेत्रीसँग दस मिनटको छोटो कुराकानीमा पनि यति कुरा बुझ्न गारो भएन। उनीसहित पहाडका तीनजना विधायकहरू भोलि हुने बजेट अधिवेशनको सत्रमा भाग लिन जादैछन्। तर पहाडको हक-हित र सरोकारका कुन कुन मुद्दा र समस्याहरू उठान गर्ने भन्नेबारे उनीहरूलाई न पार्टीले निर्देश दिएको छ न जीटीएले फिडब्याक नै दिएको छ। डा हर्कबहादुर छेत्रीले त झन मोर्चाको दार्जीलिङकेन्द्रित नेतृत्वसँग बसेर पार्टी र मुद्दाहरूबारे छलफल नगरेको नै धेरै भइसकेको छ। बरू उनलाई पार्टीसम्म आफ्नो कुरा पुर्याउन मिडीया सहज माध्यम बनेको छ। पार्टी नेतृत्वलाई सोझै भन्न नसकेका कुराहरूले उनले मिडियाबाट छिराएर भन्ने गरेको कुरा पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाई पनि थाहा भइसकेको छ। पहाडका तीनैजना विधायकहरू जीटीएका एक्स अफिसियो मेम्बरहरू हुन्। तर जीटीएको बैठक कहिले हुन्छ र केके कुराहरू पारित हुन्छन भन्ने कुरा आधिकारिक रूपले डा हर्कबहादुर छेत्रीलाई थाहा हुँदैन। “बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन। “त्यही दार्जीलिङमा बस्ने त्रिलोक देवानलाई जीटीएको बैठकमा कहिले बोलाइँदैन, मेरो के कुरा” डा छेत्रीले भने। जहिले भेट्दा पनि कलकता हिडँन हतारिरहेका डा छेत्रीलाई अहिले बरू दार्जीलिङभन्दा कलकता नै नजिक लाग्न थालेको जस्तो भान हुन्छ। आज पनि उनी कालेबुङमा सम्पन्न एउटा साहित्यिक कार्यक्रममा दुइघण्टाको निम्ति सहभागी हुन आइपुगेका थिए। बुधबार सम्पन्न विधानसभा सत्रमा राज्यपालको भाषण सुनेर अनि आफ्नो कुरा राखेर बेलुकीको ट्रेन चढेर उनी कालेबुङ आइपुगेका थिए। आज अपरान्ह कार्यक्रम सक्दा नसक्दा उनी कलकताका निम्ति प्रस्थान पनि भइसकेका थिए। पार्टीले उनीसँग किन दूरत्व बनाउन थालेको छ? के उनको कलकतामोह पार्टीलाई मन नपरेको हो कि पार्टीभित्र उनको उपयोगिता समाप्त भएकै हो? मोर्चा नेतृत्व र डा हर्कबहदुर छेत्री, दुवै शिविरबाट समय समयमा आउने विरोधाभाषपूर्ण बयानले यतिबेला प्रश्नहरू सतहमा उठेर आउनु स्वभाविक देखिन्छ। शुरुका दिनमा डा हर्कबहादुर छेत्रीको उपयोगिता पार्टीभित्र कतिसम्म थियो भने बिमल गुरूङसमेत उनको कुशाग्र बौद्धिक क्षमता, वाकपटुता र तार्किकतासँग प्रभावित थिए। पार्टीको हरेक साना ठूला गल्ती र कमजोरीहरूलाई पनि उनी आफ्नो बेजोड तर्कशक्ति र वाटपटुताको भरमा ढाकछोप गर्थे। मोर्चा अध्यक्षले उनको यो गुणको सराहना गर्दै कालेबुङको एउटा कर्यक्रममा सार्वजनिक रूपमै भनेका पनि थिए, “डा हर्कबहादुर छेत्री पार्टीका लागि ढकनी हुन्” तर विधानसभा चुनाउ जितेर कलकता पुगेपछि उनको यो ढकनीको अवतार उघ्रेको देखिन्छ। आफ्नो बौद्धिकता र ज्ञानगुणका कारण उनी एकातिर कलकताको राजनैतिक समाजसँग नजिकिँदै गएका छन् भने अर्कोतिर आफ्नै दलबाट काटिँदै पनि गइरहेका छन। मुख्यमञ्त्री ममता व्यानर्जीसँगसमेत उनको सम्बन्ध यति नजिकिन पुग्यो कि कालेबुङको भ्रमणमा आउँदा मुख्यमञ्त्रीले डा छेत्रीको हिलटपस्थित आवासको चोठाकोठा नै चहारेर फर्किन। यो घटनाले उनलाई लिएर पार्टीभित्र राम्रो सन्देश जान सकेन। विधायक भएको केही महिना पछि उनलाई राज्य सरकारले सेरिकल्चर निदेशालयको महत्वपूर्ण पदमा राख्ने प्रस्ताव पनि दिएको थियो तर पार्टीको नेतृत्व पंक्तिले प्रस्ताव खारेज गरेपछि उनले यति प्रतिष्ठित पद गुमाउनु परेको थियो। उनी र पार्टीबीच अहिले देखा परेको दूरत्वको आरम्भिक चरणको बिन्दुको सूत्रपात यहीबाट भएको थियो। त्यसपछि पछिल्ला चरणमा त्रिपक्षीय अनि द्विपक्षीय वार्ताहरूमा उनलाई सामेल गरिएको देखिँदैन।
14 Feb 2015
दलमा दक्ष नेताको सङ्कट
12 Feb 2015
सिक्किसँग मिल्ने - गुरूङ
31 Jan 2015
सहीद कर्णेल एमएन राय, कालेबुङको "तपन"
29 Jan 2015
पेदोङ अग्निकाण्ड, अग्निशमन विभागको माग
25 Jan 2015
दार्जीलिङमा, सेन्तेरेम फिभर
24 Jan 2015
शेर्पा समुदायलाई खुसी पार्दै मुख्यमन्त्री
22 Jan 2015
अधुरो सड़क पुर गर्ने गाँऊलेहरू
नर्सहरूकै भरमा प्राथमिक स्वास्थ्य केन्द्र
15 Jan 2015
माघे संक्रान्ति, घट्दो तरूलको बजार
14 Jan 2015
जीटीए सञ्चालन गर्न मोर्चा असफल भएको दावी
10 Oct 2014
शारदा काण्डका मुख्य आरोपी कालेबुङ न्यायालयमा
पर्यटन उत्सव 2014 शुरू
8 May 2014
सीके प्रधान हत्यकाण्ड - परिवार निराश
सीके प्रधान हत्याकाण्ड मामिलामा प्रधानका परिवारपक्षले न्याय पाउने आशा मारिसकेका छन्। किनभने प्रधानको हत्या भएको 12 वर्ष बितिसक्दा समेत मुद्दा छिनाफाना हुने कुनै छाँटकाँट छैन।