24 Jan 2015
शेर्पा समुदायलाई खुसी पार्दै मुख्यमन्त्री
कालेबुङ, 24 जनवरीः- (प्रदीप लोहागुण)ः- प्रत्येकपल्ट दार्जीलिङ पहाडको भ्रमणमा आउँदा यहाँको कुनै न कुनै एक जातगोष्ठीलाई खुशी पार्ने पश्चिम बंगालकी मुख्यमञ्त्री ममता व्यानर्जीले यसपालिक भ्रमणमा यहाँका शेर्पा समुदायलाई खुसी पारेकी छन। नेताजी सुवासचन्द्र बोसको 119औं जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमको मञ्चबाट मुख्यमञ्त्री ममताले लेप्चा र तामाङलाई जस्तै शेर्पा समुदायको निम्ति पनि विकास बोर्डको घोषणा गरेर एउटा जातिलाई मात्र खुसी पारेकी छैनन तर भविष्यमा उठ्न सक्ने गोर्खाल्याण्डको आवाजलाई पनि खण्डित पार्न सफल भएकी छन। दार्जीलिङको चौरस्तामा आयोजित नेताजीको जन्म दिवसको कार्यक्रममा राज्यले चाढै नै शेर्पा कल्चरल बोर्डको गठन गर्ने औपचारिक घोषणा गरिन। उनले नयाँ बोर्डको गठनको घोषणासँगै यसको निम्ति राज्यले पहिलो चरणमा पाँच करोड रूपियाँ विकासकोषको रूपमा अनुदान दिने वचन पनि दिइन। यस अवसरमा जीटीएका उपप्रमुख कर्णेल रमेश आले, सभासद् रोशन गिरीलगायत गोजमुमोका बिधायकहरू डा हर्कबहादुर छेत्री, डा रोहित शर्मा अनि त्रिलोक कुमार देवानले पनि मञ्च साझा गरेका थिए। मुख्यमञ्त्रीले शेर्पा समुदायका 10 वटा विपन्न परिवारका निम्ति एक लाख गरेर सहयोग प्रदान गर्ने घोषणा पनि गरेकी छन। बर्ष 2012 देखि अलग बिकास बोर्डको माग गर्दै आइरहेका पहाडका शेर्पा समुदायका मानिसहरू मुख्यमञ्त्रीको ताजा घोषणाले हर्षित बनेका छन।
Related Posts:
Gurung elected GTA chief executiveDarjeeling, Aug. 3: Gorkha Janmukti Morcha president Bimal Gurung was today made the chief executive of the GTA, the highest post in the body, and party vice-president Bhupendra Pradhan was chosen the chairman of the GTA Sabh… Read More
sikkim youth in indefinite agitation against black moneyRANGPO-6TH AUGUST 12Second lot of 10 Sikkim youth has left for Delhi today to participate in the indefinite agitation against black money and corruption organised by bharat swabhiman trust at ramlila maidan .between the speci… Read More
Nathu-la permit stopped againNIRMAL MANGARGangtok, Aug. 3: The permits to visit popular tourists destinations like Changu Lake, Baba Mandir and Nathu-la have been halted for another two weeks after the Sikkim tourism department and the Border Roads Organ… Read More
Doc blamed for boy deathDarjeeling, Aug. 6: An orphanage in Darjeeling has filed a case of alleged negligence against a doctor of Darjeeling District Hospital, blaming him for the death of one of its boarders, a 15-year-old boy.Anuja Ghalay, the in-… Read More
Sikkim molest & rape arrestsGangtok, Aug. 5: Sikkim police yesterday arrested two men, one for allegedly raping a hearing-impaired woman, and the other for alleged molestation of a lady with the same disability.The first complaint came from Melli where … Read More
0 comments:
Post a Comment