22 Jan 2015
अधुरो सड़क पुर गर्ने गाँऊलेहरू
कालेबुङ, 21 जनवरी।(छेवाङ योञ्जन)
प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत अधुरो रहेको सड़कलाई पुरा गर्न कास्योङवासी निर्माण कार्यमा उत्रेका छन्। प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत कास्योङ सिन्कोना बगानको कास्योङदेखि 12 धुरेसम्म पुग्ने सड़क निर्माण कार्य विगत 2012मा शुरू भएको थियो। तर, सड़क निर्माण अवधि पैह्रो गएको कारण त्यस समय सड़क निर्माण कार्य ठप्प बनेको थियो। पैह्रोको कारण बन्द भएको सड़क निर्माण कार्य आजसम्म पनि पुरा नहुँदा आज कास्योङवासी आफैहरू सड़कमा उत्रेर अधुरो सड़कलाई पुर्ण गर्न कम्मर कसेका छन्। कास्योङका लगभग सय जना युवाहरू औजारको साथमा अधुरो सड़कमा उत्रेका छन्। आज बिहान ठिक 9 बेजीदेखि सड़क निर्माण कार्य शुरू गर्दै गाँऊलेहरूले प्रधानमन्त्री ग्राम सडक योजनालाई खरो जवाब दिइएको छ। सड़क निर्माण कार्यमा उत्रका क्षेत्रका युवक धिरज राईले कास्योङवासीको निम्ति उक्त सड़क अतिनै महत्तवपूर्ण रहेको बताउँदै गाँऊलेहरूको सुविधाको निम्ति सड़क पुनर्मिर्माण अवश्यक रहेको बताए। सड़क निर्माण कार्य अधुरो रहेको विषय लिएर धेरैचोटी आफूहरूले सम्बन्धित विभागलाई पत्रचार गरेता पनि हालसम्म पनि सड़क निर्माण कार्य शुरू नहुँदा अन्तमा आफूहरू नै सड़क निर्माण कार्यमा संलग्न हुनपरेको तिनको भनाइ छ। तिनले भने - "आफ्नै बलबुतामा सानो गाड़ी भए पनि छिराउने योजनाले हामीले निर्माण कार्य शुरू गरेका हौ।" यता, क्षेत्रवासी सन्त राईले पनि अधुरो सड़क निर्माण कार्य प्रति गुनासो गर्दै सड़क अधुरो रहेको कारण गाँऊको आर्थनीतिमा असर पुगीरहेको बताए। तिनी अनुसार आफूहरूलाई पेदोङ पुग्नु हाल घुमौरो बाटो जानु पर्नेहुन्छ जसमा दोब्बर गाडीभाडा तिर्नु परिरहेको छ। तिनले भने - "सड़क अधुरो रहेको कारण कुनै पनि सामाग्रीहरू गाँऊसम्म ल्याउनुलाई डबल गाड़ीभाड़ तिर्नुपरिरहेको छ" गाँऊको दुखेसोहरू बताउँदै तिनले भने "आज गाँऊलेहरूले त सड़क निर्माण गर्न सकिरहेका छन् भने सम्बन्धित विभागले किन सक्दैन?"
Related Posts:
SRK keeps promise to Gangtok boy - Deepraj gets car gift from superstar Gangtok, March 11: Shah Rukh Khan has kept his promise to 12-year-old Deepraj Rai. The superstar had said he would to gift the first runner-up of India’s Got Talent a car when the boy said he wanted to buy one for his fathe… Read More
CM plays on progress theme Differences aside for development: MamataMongpong (Darjeeling), March 12: Chief minister Mamata Banerjee today said “differences” ought to be put aside for the sake of development that she promised to bring to north Bengal, especially the hills that had been “neglec… Read More
गोर्खाल्याण्डको निम्ति नाराबाजी कालेबुङ, १२ मार्च| जनमुक्ति कर्मचारी सङ्गठनको लञ्च ब्रेकअवधीको सरकारी कार्यालयअघि गरिने एकघण्टे धर्ना हिजोदेखि नै जारी छ| केन्द्र अनि राज्य सरकार अधीनस्थ रहेका कर्मचारीहरूले हिजोदेखि दिउँदो १२ बजीदेखि १ बजीसम्म कार्यालय बाहिर… Read More
बिग्रदो कानुन व्यवस्थालाई ध्यानमा राखेर पहाडमा सुरक्षा बल तैनाथप्रज्ज्वल छेत्री कालेबुङ, 9 मार्च। दार्जीलिङ पहाडमा अन्ततः सीआरपीएफ आउने नै भयो। तृणमूल नेतृत्वहरूमाथि भएको आक्रमणपछि पहाडमा कानून व्यवस्था ब्रिग्रिएर गएकोले सरकारले दुइ कम्पनी सीआरपीएफ पठाउने भएको कुरा आज जिल्ला प्रशासनलाई स… Read More
कालेबुङ अनि खरसाङलाई अलग जिल्ला बनाउनुपर्ने गोरानिमोको मागकालेबुङ 12 मार्च कालेबुङ अनि खरसाङलाई अलग जिल्ला बनाउनुपर्ने मागमा आज पोस्टर टास्ने अनि पर्चा वितरण गर्ने कार्य गरेको छ| गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले तराई-डुवर्सका क्षेत्रहरू अन्तर्भुक्त गरेर कालेबुङलाई अलग जिल्ला घोष… Read More
0 comments:
Post a Comment