Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

24 Jan 2015

शेर्पा समुदायलाई खुसी पार्दै मुख्यमन्त्री

कालेबुङ, 24 जनवरीः- (प्रदीप लोहागुण)ः- प्रत्येकपल्ट दार्जीलिङ पहाडको भ्रमणमा आउँदा यहाँको कुनै न कुनै एक जातगोष्ठीलाई खुशी पार्ने पश्चिम बंगालकी मुख्यमञ्त्री ममता व्यानर्जीले यसपालिक भ्रमणमा यहाँका शेर्पा समुदायलाई खुसी पारेकी छन।
नेताजी सुवासचन्द्र बोसको 119औं जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमको मञ्चबाट मुख्यमञ्त्री ममताले लेप्चा र तामाङलाई जस्तै शेर्पा समुदायको निम्ति पनि विकास बोर्डको घोषणा गरेर एउटा जातिलाई मात्र खुसी पारेकी छैनन तर भविष्यमा उठ्न सक्ने गोर्खाल्याण्डको आवाजलाई पनि खण्डित पार्न सफल भएकी छन। दार्जीलिङको चौरस्तामा आयोजित नेताजीको जन्म दिवसको कार्यक्रममा राज्यले चाढै नै शेर्पा कल्चरल बोर्डको गठन गर्ने औपचारिक घोषणा गरिन। उनले नयाँ बोर्डको गठनको घोषणासँगै यसको निम्ति राज्यले पहिलो चरणमा पाँच करोड रूपियाँ विकासकोषको रूपमा अनुदान दिने वचन पनि दिइन। यस अवसरमा जीटीएका उपप्रमुख कर्णेल रमेश आले, सभासद् रोशन गिरीलगायत गोजमुमोका बिधायकहरू डा हर्कबहादुर छेत्री, डा रोहित शर्मा अनि त्रिलोक कुमार देवानले पनि मञ्च साझा गरेका थिए। मुख्यमञ्त्रीले शेर्पा समुदायका 10 वटा विपन्न परिवारका निम्ति एक लाख गरेर सहयोग प्रदान गर्ने घोषणा पनि गरेकी छन। बर्ष 2012 देखि अलग बिकास बोर्डको माग गर्दै आइरहेका पहाडका शेर्पा समुदायका मानिसहरू मुख्यमञ्त्रीको ताजा घोषणाले हर्षित बनेका छन।

22 Jan 2015

अधुरो सड़क पुर गर्ने गाँऊलेहरू

कालेबुङ, 21 जनवरी।(छेवाङ योञ्जन) प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत अधुरो रहेको सड़कलाई पुरा गर्न कास्योङवासी निर्माण कार्यमा उत्रेका छन्। प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत कास्योङ सिन्कोना बगानको कास्योङदेखि 12 धुरेसम्म पुग्ने सड़क निर्माण कार्य विगत 2012मा शुरू भएको थियो। तर, सड़क निर्माण अवधि पैह्रो गएको कारण त्यस समय सड़क निर्माण कार्य ठप्प बनेको थियो।
पैह्रोको कारण बन्द भएको सड़क निर्माण कार्य आजसम्म पनि पुरा नहुँदा आज कास्योङवासी आफैहरू सड़कमा उत्रेर अधुरो सड़कलाई पुर्ण गर्न कम्मर कसेका छन्। कास्योङका लगभग सय जना युवाहरू औजारको साथमा अधुरो सड़कमा उत्रेका छन्। आज बिहान ठिक 9 बेजीदेखि सड़क निर्माण कार्य शुरू गर्दै गाँऊलेहरूले प्रधानमन्त्री ग्राम सडक योजनालाई खरो जवाब दिइएको छ। सड़क निर्माण कार्यमा उत्रका क्षेत्रका युवक धिरज राईले कास्योङवासीको निम्ति उक्त सड़क अतिनै महत्तवपूर्ण रहेको बताउँदै गाँऊलेहरूको सुविधाको निम्ति सड़क पुनर्मिर्माण अवश्यक रहेको बताए। सड़क निर्माण कार्य अधुरो रहेको विषय लिएर धेरैचोटी आफूहरूले सम्बन्धित विभागलाई पत्रचार गरेता पनि हालसम्म पनि सड़क निर्माण कार्य शुरू नहुँदा अन्तमा आफूहरू नै सड़क निर्माण कार्यमा संलग्न हुनपरेको तिनको भनाइ छ। तिनले भने - "आफ्नै बलबुतामा सानो गाड़ी भए पनि छिराउने योजनाले हामीले निर्माण कार्य शुरू गरेका हौ।" यता, क्षेत्रवासी सन्त राईले पनि अधुरो सड़क निर्माण कार्य प्रति गुनासो गर्दै सड़क अधुरो रहेको कारण गाँऊको आर्थनीतिमा असर पुगीरहेको बताए। तिनी अनुसार आफूहरूलाई पेदोङ पुग्नु हाल घुमौरो बाटो जानु पर्नेहुन्छ जसमा दोब्बर गाडीभाडा तिर्नु परिरहेको छ। तिनले भने - "सड़क अधुरो रहेको कारण कुनै पनि सामाग्रीहरू गाँऊसम्म ल्याउनुलाई डबल गाड़ीभाड़ तिर्नुपरिरहेको छ" गाँऊको दुखेसोहरू बताउँदै तिनले भने "आज गाँऊलेहरूले त सड़क निर्माण गर्न सकिरहेका छन् भने सम्बन्धित विभागले किन सक्दैन?"

नर्सहरूकै भरमा प्राथमिक स्वास्थ्य केन्द्र

कालेबुङ, 21 जनवरी।(छेवाङ योञ्जन) जीर्णा अवस्थामा रहेको मनसोङ सिन्कोना बगानको प्राथमिक स्वास्थ्य केन्द्रलाई आज क्षेत्रका फुटबल क्लबले राहत सामग्री प्रदान गरेको छ। डाक्टरसमेत नरहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर क्षेत्रका सचेत युवाहरूले 10 वटा म्याट्रेस प्रदान गरेका छन्। मनसोङ प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था दिनप्रतिदिन सोचनीय बन्दै गइरहेको छ। जसको कारण केन्द्रमा बिमारीहरूलाई सुत्नका निम्ति खाटसमेतको उचित व्यवस्था छैन। केन्द्रको यसै समस्यालाई ध्यानमा राख्दै आज मनसोङ फूलबल क्लबले म्याट्रेस प्रदान गर्दै केन्द्रमा उपचारका निम्ति आउने बिमारीहरूलाई सह्योग पुऱ्याउने प्रयास गरेका छन्।
केन्द्रलाई म्याट्रेस प्रदान गर्न फुटबल क्लबका सहल्लाकार गञ्जु लामा, सिन्कोना बगानका सह-व्यवस्थापक डीडी मोक्तान, हू-क्यर्सका संयोजक एरोन योञ्जनलगायत क्लबका प्रतिनिधिहरू अनि सदस्यहरू राहत सामाग्रीकोसाथमा उक्त केन्द्रमा पुगेका थिए। उपस्थित प्रतिनिधिहरूले केन्द्रका नर्स लक्खीडोमा शेर्पाको हातमा राहत सामग्री प्रदान गरेका छन्। केन्द्रलाई राहत सामग्री बितरण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै क्लबका सहल्लाकार गञ्जु लामाले उक्त केन्द्रमा क्षेत्रका पाँचवाट कमानहरूबाट उपचारका निम्ति मानिसहरू आउने बताउँदै बिगत छ महिना अघिदेखि केन्द्रमा डाकटर नहुनुमा चिन्ता प्रकट गरेका छन्। तिनले भने - "केन्द्रको चिन्ताजनक अवस्था देखेर नै आज मनसोङ फुटबल क्लबले यसरी तोसकहरू बितरण गरेको हो।" मनसोङको उक्त केन्द्र हाल केवल नर्सहरूको भरमा मात्र सञ्चालन भइरहेको थाहा लागेको छ। केन्द्रमा आवश्यक ओषधिहरूको पनि उत्तिकै खाचो रहेको बताउँदै लामाले सिन्कोना बगानका युनियनले यस विषयमा पहल चाल्न सक्ने विचार व्यक्त गरेका छन्। यता, केन्द्रका नर्स लक्खीडोमा शेर्पाले क्लबले केन्द्र प्रति पुऱ्याएको सह्योगको स्वागत जनाउँदै अबउसो बिमारीहरूले घरैबाट ओछ्यान ल्याउनु पर्ने समस्याको हल भएको बताइन्। मनसोङ स्वास्थ्य केन्द्रमा बिमारीहरूले ओढने गरेको पात्लो बल्याङकेट देखेर नै क्षेत्रका वेरोजगार युवाहरूले केन्द्रलाई सही सह्योग पुऱ्याएकोमा नर्स शेर्पाले युवाहरू प्रति आभार प्रकट गरिन्। स्वस्थ्य केन्द्रको प्रमुख समस्याबारे बोल्दै नर्स लक्खीडोमा शेर्पाले केन्द्रमा आएका बिमारीहरूलाई आफूहरूको रिक्समा नै औषधि प्रदान गरिरहेकी बताइन्। तिनले भनिन् - "अस्पतालमा प्रथम त डाक्टरको उपस्थिति हुनुपर्ने हो तर, यो केन्द्रमा केवल हामी नर्शहरू मात्र छौ। बिमारीको बिजोग देखि-देखि डाक्टरको प्रतिक्षा गर्न सक्दैनौ त्यसैले हामी आफ्नो रिक्समा नै बिमारीहरूलाई दवाई दिनुपर्छ।" बिगत ढेड वर्ष अघिदेखि उक्त अस्पतालमा डाक्टर नभएको खुलासा पनि नर्स शेर्पाबाट पत्तो लागेको छ। मिडियाले मनसोङ केन्द्रको नाङ्गो तस्वीर देखाउनु पर्ने बताउँदै तिनी भन्छन् - "डाक्टर मात्रै होइन केन्द्रमा दवाइहरूको पनि सर्टेज छ। कमानमा मजदूरी गर्नेहरूले दवाइ पनि किन्न सक्दैनन्। यस्तो अवस्थामा हामी कर्मचारीहरूबाट नै आर्थ सङ्ग्रह गरी औषधिको चाजो मिलाउने गरेका छौ।" मनसोङको उक्त केन्द्र व्यवस्थित साथै उचित ढंगमा सञ्चालित भए यसले क्षेत्रका कुल पाँचवटा कमानहरूका मानिसहरूलाई फाइदा पुग्ने हुन्छ। तर, स्वास्थ्य केन्द्रको अवस्था सोचनिय रहेको कारण मनसोङ संलग्न क्षेत्रका मानिसहरूलाई उपचारका निम्ति कालेबुङ महकुमा अस्पतालमा नै आउनु पर्ने वाध्यता छ। उक्त केन्द्रमा बिमारीहरू राख्ने क्षमता हुँदा-हुँदै पनि उचित सुविधा नहुँदा हाल नर्सहरू केन्दरमा बिमारी राख्न असमर्थ बनेका छन्। गम्भीर अवस्थामा बिमारीहरूलाई कालेबुङ ल्याउनका निम्ति केन्द्रमा एम्बुलेन्स समेतको सुविधा छैन। नर्सहरू अनि कर्मचारीको अभावमा पनि क्षेत्रमा स्वस्थ्य सेवा पुऱ्याइरहेको उक्त केन्द्रको जीर्णोद्वार हुनुपर्ने कुरा मनसोङवासीले पनि बोध गर्न थालेका छन्। सम्बन्धित विभागबाट धेरैचोटी केन्द्रको निरिक्षण गरिएता पनि मनसोङको उक्त केन्द्रले भने आजसम्म पनि काजुली फेरेको छैन। यसैले चाहे केन्द्रका नर्स होस, उपचाराधीन बिमारी होस, वा मनसोङवासी सबैले नै यतिखेर विभागको मुख हेरिरहेका छन्।