Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

15 Oct 2011

मुख्यमन्त्रीले हावा मिठाई बाँडदैछन् - तारा सुन्दाश

कालेबुंग/डी० के० वाइबा :  " दार्जीलिंगमा विकाशका अनेकौ प्याकेज  घोषणा गर्ने बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुंगका लागी खोई विकाशका योजना घोषणा गरेको ? कालेबुंगका जनताको समस्या के समस्या होइनन् ? विकाश हुनपर्छ तर सबैतिर समान रुपले हुन्पर्छ | दार्जीलिंगमा विकाशका अनेकौ परिकल्पनाहरु उद्घाटन गर्दा कालेबुंगलाई किन अवहेलना गरियो ? कालेबुंगका समस्या बोध गर्नुपर्छ ममता ब्यनार्जीले " - उक्त कुरा माकपा नेता तारा सुन्दाशले आज पत्रकार सम्मेलन डाकेर भनेका हुन् | दार्जीलिंगमा अनेकौ परियोजनाहरु मुख्यमन्त्री ममता ब्यनार्जीले हाई टेक प्रणाली...

खेती एवम व्यवस्थापन मन्त्री अरुप रोयको कालेबुंगमा पत्रकारहरुसंग कुराकानी

कालेबुंग/डी० के० वाइबा - खेती एवम व्यवस्थापन मन्त्री अरुप रोयले आज कालेबुंगमा पत्रकारहरुलाई सम्बोधन गर्दै कालेबुंगमा खेती एवम बजार व्यवस्थापन बारे आफ्नो पक्षबाट यथाशक्य पहल गर्ने बताए | कालेबुंगमा विविध प्रकारका फूल,फल आदिको उत्पादन हुने भएतापनि यसको बजार व्यवस्थापन भने सही प्रकारको नभएकोमा चिन्ता व्यक्त गर्दै यहाँको उत्पादनहरुलाई राष्ट्रिय एवम अन्तराष्ट्रिय बजारमा पुर्याउने पहल गर्ने बताए | यहाँको उत्पादनहरुलाई राख्ने कोल्ड स्टोर निर्माण गर्ने, फूल नर्सरीहरुलाई व्यवस्थित गर्ने तथा बोटानिकल गार्डन निर्माण गर्ने दिशामा पनि आफ्नो पक्षबाट पहल...

13 Oct 2011

कालेबुङ शहरमा पेयजलको समस्या यथावत

13 अक्टोबर/कालेबुङबाट प्रदीप  लोहागुणको रिपोर्ट:- बिगत दुइ सप्ताहदेखि कालेबुङ शहरवासीहरुले भोग्नु परिरहेको पेयजलको समस्या आजसम्म पनि यथावत रहेको छ। गत 18 सेप्टेम्बरको भुइँचालोले नेउरा खोलास्थित स्रोतबाट ल्याइएका पानीको पाइपलाइनहरु ठाँउ ठाँउमा नष्ट पारेपछि शहरमा पेयजलको समस्या उत्पन्न भएको हो। कालेबुङमा गम्भीर जलसंकट उत्पन्न भएको कारण आम मानिसहरुले त समस्या भोग्नु परेको छ नै तर यसले यहाँको पर्यटन व्यवसायमा पनि प्रतिकूल असर पार्न थालेको छ।मूल स्रोतबाट नै पानीको आपूर्ति ठप्प हुदाँ पीएचई विभाग पनि लाचार देखिएको छ। यता, पिउने पानीको गम्भीर...

मुख्यमन्त्री ममता बेनर्जीले करोडौं रुपियाँको योजनाहरुको घोषणा गरेर फेरि एकपल्ट पहाडवासीहरुको मन जित्ने प्रयास गरेकी छन्

कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट:- पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जीलिङ पहाडको निम्ति करोडौं रुपियाँको योजनाहरुको घोषणा गरेर फेरि एकपल्ट पहाडवासीहरुको मन जित्ने प्रयास गरेकी छन्। राज्यको मुख्यमंत्रीको बागडोर सम्हाले पछि पहिलोपल्ट पहाड आएकी मुख्यमंत्री ममता बेनर्जीले मंगलबार दार्जीलिङबाट पहाडको विकासको निम्ति विभिन्न योजनाहरुको घोषणा गरेकी छन्। मंगलबार दार्जीलिङको चौरस्तामा सम्पन्न एउटा औपचारिक कार्यक्रममा मुख्यमंत्रीले कतिपय महत्वपूर्ण योजनाहरुको शिलान्यास पनि गरिन्। सोमबार मिरिक हुदैँ दार्जीलिङ चढेकी मुख्यमंत्री ममता बेनर्जीको...

सरकारी अनि राजनैतिकरुपमा नै छुट्याइँदैछ कालेबुङलाई?

कालेबुङ, 13 अक्टोबर। जुनै पनि आन्दोलनमा कालेबुङको भूमिका महत्वपूर्ण मानिन्छ। कुनै पनि दलको साङ्गठानिक बलियोपन पनि कालेबुङसित नै जोडिएको इतिहास छ। त्यसै कारण गोर्खा जनमुक्ति मोर्चाले सबैभन्दा पहिले गोरामुमोको गढ कालेबुङलाई नै दलीय विस्तारको केन्द्र बनाएको थियो। एकपल्ट कालेबुङ भत्कियो भने त्यहीँबाट निर्माण शुरू हुन्छ। गोर्खा जनमुक्ति मोर्चाको निर्माणमा कालेबुङ नै जादूको छडी बनेको थियो। अहिले कालेबुङलाई सरकारीरुपले मात्र होइन राजनैतिकरूपले पनि बाहिर राख्ने कुटनीति भइरहेको धेरैले अनुमान गरेका छन्‌। जब 11 वर्ष जेलयापन गरेर छत्र सुब्बा कालेबुङ फर्किए...

12 Oct 2011

मोर्चाको सांस्कृतिक कार्यक्रम शुरू

कालेबुङ, 12 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चाले स्थापनाकालदेखि नै गर्ने गरेको सांस्कृतिक महोत्सव आजदेखि कालेबुङको मेलाटारमा शुरू भयो। 20 अक्टोबरसम्म चल्ने उक्त सांस्कृतिक महोत्सवको आज प्रथम दिन धार्मिक अनुष्ठानबाट कार्यक्रम शुरू भयो। मोर्चाको महकुमा अध्यक्षा सरिता राईले पार्टीको झण्डोत्तलन गरी आरम्भ भएको महोत्सवमा महकुमा समिति लगायत मोर्चा केन्द्रिय समितिका नेताहरू उपस्थित थिए। यसपल्टको सांस्कृतिक महोत्सव शुरू हुनअघि भुइँचालोमा धेरैले ज्यान गुमाएकोले उनीहरूको निम्ति साई धर्मावलम्बीको भजन अनि पूजा प्रार्थनाबाट कार्यक्रमको थालनी गरियो। श्री सत्य साई...

नगरपालिकाद्वारा पानी वितरण

कालेबुङ, 12 अक्टोबर। थुकचुकदेखि नेउरा हुँदै कालेबुङ नगरमा वितरण गरिने पानीको पाइपहरू पैह्रोले भत्काएर नगरमा पानीको हाहाकार मच्चिएपछि आजदेखि नगरपालिकाले निःशुल्क पानी वितरण गर्नथाल्यो। आज प्रथम दिन विभागले 37 वटा गाड़ीमा प्रति गाडीले तीनचोटि गरी 92 वटा ठाउँमा पिउने पानी वितरण गर्‍यो। विभागीय पक्षबाट सञ्जय प्रधानले जानकारी दिए अनुसार पिउने पानीको व्यवस्था सुचारू नभएसम्म विभागले नगरमा यसरी नै पानी वितरण गर्नेछ...