
15 Feb 2013
मदन तामाङ हत्याकाण्डका भुमिगत आरोपीहरु पक्राउ
कालेबुङ, १५ फरवरी
मदन तामङ्ग हत्याकाण्डमा अभियाग लागेर लामो समयदेखि भूमिगत रहेका पॉंचजनालाई सीबीआईले आज दार्जीलिङबाट पक्राउ गरेको छ| मोर्चाको विभिन्न भातृ सङ्गठनहरूसँग सम्बद्ध रहेका कार्यकर्ताहरू पूरण थामी, किस्मत छेत्री, दिनेश गुरुङ, आलोककान्तमणि थुलुङ अनि केशवराज पोख्रेललाई सीबीआईले आज बिहान पक्राउ गरेको हो|
यी आरोपीहरुलाई आज दार्जीलिङ अदालतमा पेश गरिएपछि १४ दिनको न्यायिक हिरासतमा राख्ने कोर्टले निर्देश दिएको छ| सीबीआइले आरोपीहरूसँग सोधपुछ गर्न सातदिनको रिमाण्डमा दिन कोर्टलाई निवेदन गरेको थियो| सीजीएम कोर्टले सीबीआईको यस निवेदनलाई खारेज गरी आरोपहरूलाई न्यायिक हिरासतमा राख्ने निर्देश दिएको हो| मदन तामाङ्ग हत्याकाण्ड मामिला राज्यको सीआईडी विभागबाट हस्तान्तारण गरिएपछि सीबीआई टोलीले आरोपीहरूको खोजकार्य जारी राखेको थियो| आज विहान लगभग पॉंच बजीतिर दार्जीलिङ रेलवेस्टेशन परिसरबाट सीबीआईले पॉंचैजनालाई आफ्नो नियन्त्रणमा लिएको थियो| आरोपीहरू शहर छोडेर सिलगडीतिर जान लागिरहेको अवस्थामा पक्रा परेका थिए| अखिल भारतीय गोर्खालीग अध्यक्ष मदन तामङ्गको २१ मई २०१०मा हत्या भएपछि आज पक्रा पर्ने पॉंजना आरोपीहरू लगायत अन्य केही मोर्चा कार्यकर्ताहरू त्यसै समयदेखि भूमिगत भएका थिए| यस मामिलामा मोर्चाका युवा नेता दिपेन मालेलाई अगावै पक्राउ गरिसकेको थियो भने लामो समयको अन्तरालपछि एकासाथ पॉंचजना आरोपीहरू पक्राउ परेको घटनाले अब यस मामिलाले गति पक्रिन सक्ने अनुमान गरिएको छ| यस मामिलामा मोर्चा कार्यकर्ताहरूलाई पक्राउ गरिएको सम्बन्धमा दलका नेताहरूले कुनै प्रतिक्रिया र वयान जारी गरेका छैनन्| यता आज आरोपीहरूको पक्राउपछि अभियोजन पक्षका सरकारी वकिल पङ्कज प्रसादले घटनाक्रबारे यस आशयको जानकारी दिएका छन्|

Related Posts:
GJM to intensify statehood agitation after Oct 20 Darjeeling 17 Sep 2013 Chief minister Mamata Banerjee may have managed to stall the statehood movement using administrative and political machinery, but Gorkha Janmukti Morcha chief Bimal Gurung has refused to … Read More
GJAC members can adopt own programmes: JB Rai PRADIP LOHAGUN KALIMPONG 18 Sep 2013 Gorkhaland Joint Action Committee vice president JB Rai today said the committee’s constituents can adopt their own policies and programmes since the GJAC does not ha… Read More
Public making voluntary contributions to statehood ‘fighting fund’ Darjeeling 18 Sep 2013 With the general public voluntarily stepping forward with donations to the Gorkha Janmukti Morcha as an indication to continue pursuing the statehood movement, the ruling party in the hil… Read More
GJM leader Uden Lepcha arrested PRADIP LOHAGUN KALIMPONG 18 Sep 2013 The state government has been going ahead with the arrest of GJM leaders on charges framed since 2007 and in keeping with this, arrested Uden Lepcha of Kamjor Busty to… Read More
BMC meets families of arrested GJM leaders, assures assistance for their release PRADIP LOHAGUN KALIMPONG 18 Sep 2013 The Bandi Mukti Committee, which is working to provide justice to statehood supporters under arrest, has firmed up to create social pressure on the state government. A re… Read More
0 comments:
Post a Comment