
15 Feb 2013
बहसमा सयुक्त समिति गठन गर्ने आमसहमती , समितिले कम्पनीको कार्यप्रणालीमाथि छानबिन गर्ने
कालेबुङ, १५ फरवरी
पहाडमा सञ्चालन भइरहेको चिटङ्गण्ड कम्पनी अनि मल्टिलेवल मार्केटिङ कम्पनीहरूको स्थायित्व, वैद्यता, जवाफदेहीता र कार्यप्रणालीलाई लिएर आज कालेबुङमा गत्तिलो वहस छेडियो|
हिमालय पिपस्स च्यानल(एचपीसी) को आयोजनामा समसामयिक विषयवस्तुमाथि आधारित कार्यक्रम बहसमा आज प्रशासनिक अधिकारीक रुपमा डेपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु, अतिरिक्त पुलिस अधिक्षक सोङ्मित लेप्चा, नागरिक समाजका प्रतिनिधि एवं कानुन विशेषज्ञ प्रभाकर देवान, चार्टर एकाण्टटेण्ट सुमित जिण्दल लगायत रोजभेल्ली, बासिल , प्रयाग, एक्सिस मल्टिडेभलोपसका प्रतिनिधिहरू प्यानलमा थिए| यसबाहेक लगभग २७ वटा मल्टिमार्केटिङ कम्पनीका प्रतिनिधि एवं कार्यकर्ताहरू बहसमा उपस्थित बनेका थिए| कार्यक्रमको मध्यस्थता पत्रकारद्वय प्रदीप लोहागुण अनि अनिल तेलैजाले गरेका थिए| पहाडबाट चिटफण्ड कम्पनीहरूले अहिलेसम्म करोडौं रुपिँया लिटेसकेको, लगानीकर्ताहरू एफआईआरसम्म गर्न असमर्थ भएको, त्यसमाथि प्रशासनिक कार्वाही नभएको, करौडौ लुटिसकेपछि पनि मानिसहरूमा सचेतनाको अभाव रहेको र अब पहाडबाट सञ्चालन भइरहेको कम्पनीहरूको कार्यप्रणालीमाथि के-कस्तो उपाय अप्नाउनुपर्ने कुरामथि आज बहस छेडिएको थियो| आजको वहसमा खुलासा भएअनुसार, पहाडमा सञ्चालन भइरहेको अधिकतम कम्पनीहरू सम्बन्धी प्रशासनलाई कुनै जानकारी छैन| यहॉंबाट सञ्चालन हुने जम्मै कम्पनीहरूबारे क्षेत्रीय प्रशासनलाई जाकनरी हुनपर्छ भन्ने प्रशासनिक अधिकारीहरूले बताए| आज सर्वसम्मतिद्वारा सहमत भएअनुसार, अब चिटफण्ड कम्पनीहरूलाई लगाम लगाइन जरुरी छ| यसैले क्षेत्रीय प्रशासनलाई व्यवसाय शुरु गर्नअघि कुनैपनि कम्पनीले पूरवसूचित गर्न जरुरी छ| यसैले अब नागरिक समाज, बार एसोसिएसन, क्षेत्रीय प्रसासन, पुलिस विभाग, चार्टर एकाउन्टेन्ट आदिको संयुक्त समिति गठन गरीनुपर्ने अनि उक्त समितिले कम्पनीको कार्यप्रणालीमाथि छानबिन गरिने कुरामा आज सहमति बन्यो| डेपुटी म्याजिस्ट्रेट लिम्बुले चॉंड़ै महकुमा अधिकारीसित कुरा गरेर कार्यरूपमा ल्याउने वचनबद्धता उनले जाहेर गरेका छन्| कार्यक्रममा अधिवक्ता प्रभाकर देवान अनि चार्टर एकाण्टटेण्ट सुमित जिण्दलले यी जम्मै कम्पनीहरूकोे वैधतालाई लिएर प्रशासनिक स्तरबाट जॉंच हुनुपर्ने बताए| चार्टर एकाण्टटेण्ट सुमित जिण्दलले कुनै पनि कम्पनीले अधिकतम १५ प्रतिशतभन्दा अधिक व्याज दर दिए त्यो कम्पनीमाथि लगानीकर्ताहरूले छानबीन गर्न जरुरी रहेको बताए| उनले व्यक्तिविशेषलाई होइन कम्पनीको विश्वनीयतालाई जॉंच्नपर्ने विचार पनि पोखे| अर्कोतिर अतिरिक्त पुलिस अधिक्षक सोङ्मित लेप्चाले जनाएअनुसार, कम्पनीले कुन समयदेखि पहाडमा कार्य गर्दैछ यसको विवरण प्रशासनसित हुँदैन| यसैले लगानीकर्ताहरूले कम्पनी डेबुपछि थानामा घेराउ गरेपनि एफआईआर भने गर्दैनन् अनि प्रशासन कार्वाही गर्न असमर्थ हुन्छ| आयोजक पक्षबाट सन्दीप कुलुङले पहाड़मा प्रतिदिन चिटङ्गण्ड कम्पनीमा पैसा लगाइ सर्वस्व गुमाउने घटनाहरू सामान्य बनिरहेकोले जनतालाई सचेत गराउनु नै कार्यक्रमक उद्देश्य रहेको जनाए| पत्रकार भुवन पी. खनालले सञ्चालन गरेको कार्यक्रममा एचपीसीका निर्देशक सन्दीप कुलुङले स्वागत भाषण राखेका थिए भने नागरिक समाज, राजनैतिक दल, सङ्घ-संस्था लगायत कम्पनीका सदस्यहरूको अपाड भीड कार्यक्रमस्थमा जमेको थियो|

Related Posts:
I am not contesting the election to become a leader,but only to become a people representative - Mahendra P Lama 'I am not contesting the election to become a leader,but only to become a people representative from this constituency for a period of five years to work for the aspiration of the masses ' told Dr Mahendra P Lama during a int… Read More
Lava to tap its tourism potentialSiliguri, 11 July: The people of Lava ~ a tourist destination 10 km from Kalimpong ~ constituted a development committee to cater to the developmental needs of the inhabitants of the socially or economically backward, yet nat… Read More
तेलंगाना पर कांग्रेस की अहम बैठक आज, राहुल ले सकते हैं हिस्सानई दिल्ली: कांग्रेस के वरिष्ठ नेता दिग्विजय सिंह ने कहा कि पार्टी कोर समूह की एक अहम बैठक में आज तेलंगाना मुद्दे पर ‘यथास्थिति बनाए रखने या अलग राज्य के गठन’ के दोनों विकल्पों को खुला रखते हुए चर्चा होगी क्योंकि इस पर फैसला क… Read More
Gorkhaland agitation back to street: GJMMDarjeeling, July 11: To reciprocate the Telangana issue, GJMM held a meeting in Darjeeling with its subsidiaries organizations at Gorkha Rangamanch today. A resolution was adopted in today’s meeting that the Gorkhaland moveme… Read More
भानु जयन्ति : मुख्यमन्त्रीको घोषणा र राजनीतिडी के वाइबा, कालेबुङ 13 जुलाई। “आदिकवि भानुभक्त प्रति मेरो हृदयबाट प्रणाम छ। आगमी वर्षदेखि तिनको 200 औँ जन्मदिवस कवि रविन्द्र नाथ ठाकुरको झै एकवर्ष राज्य व्यापी रुपमा पालन गरिनेछ। तिनको 199 औँ जन्मदिवस देखि यो कार्यक्रम सुरु… Read More
0 comments:
Post a Comment