शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
16 Nov 2013
GNLF cadres condemn Kalikotey’s arrest
15 Nov 2013
गोरामुमो नेता मौरिस कालीकोटे पक्राउ
मोर्चा तृणमूलमाझ वर्चस्वको लड़ाई जारी
बाल दिवसमा संस्थाहरु सड़कमा
तकलिङ प्राथमिक उच्च पाठशालामा बाल दिवस पालन
जुब्ली पाठशालाको चौथो वार्षीक खेलकूद सम्पन्न
14 Nov 2013
GTA talks in Calcutta next week Morcha readies demands
13 Nov 2013
मोर्चा नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनेछन् - बिनय तामाङ
आन्दोलन अवधि पक्रा परेका जीटीएका तीन जना सभासदहरुले आज एउटा मुद्दामा अन्तरिम जमानत पाएका छन्। हाल बन्दी जीवन बिताइ रहेका मोर्चा सभासदहरु बिनय तामाङ, कल्याण देवान अनि निमा तामाङलाई आज गोरूबथानमा तृणमूल नेता केएन सुब्बाको घर जलाइएको मुद्दालिएर कालेबुङ कोर्टमा प्रस्तुत गरियो। यस मामिलामा तीनैजना सभासदहरुलाई पाँच हजार रुपियाँको जरिमाना तिर्न लगाएर न्यायलयले अन्तरिम जमानतमा छोड़ेको छ। यद्यपि अन्य मुद्दाहरुको कारण तीनैजना सभासदहरु जेलमुक्त हुन भने सकेनन्। उक्त मामिलाबाट सभासद चन्द्र योञ्जन, मोर्चा नेतृ कल्पना हुरुङ अनि मनोज तामाङलो अघिबाटै जमानत पाइसकेका छन्। आज कालेबुङ कोर्टमा प्रस्तुत गरिएको बन्दी सभासदहरु विनय तामाङ, कल्याण देवाङ अनि निमा तामाङ विरुद्ध मुद्दा नम्बर 136/13को धारा 143/447/436/427/120बी 34 आइपीसी अन्तर्गत मुद्दा दर्ता गरेको छ। तीनजनै मोर्चा सभासदहरुलाई कालेबुङ कोर्टमा प्रस्तुत गरिएपछि पुन जलपाइगढी संशोधनगृह पठाइएको छ। रिहाइको मांग गर्दै 10 दिनसम्म आमरण अनशनमा बसेका सभासद बिनय तामाङले पत्रकारहरूसित कुराकानी गर्दै चाँडै आफूहरूको रिहाइ प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरे। मुख्यमन्त्री ममता व्यानर्जीले विधायक डा. हर्कबहादुर छेत्रीलाई दिएको आश्वासनको आधारमा मोर्चाका बन्दी नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनसक्ने तिनको भनाइ छ। मुख्यमन्त्रीको आश्वासनको आधारमा नै आफूले अनशन फिर्ता लिएको तिनले बताए। यद्यपि, यो न्याययिक मामिला रहेकोले आफूले यसलाई सम्मान जनाउने मत प्रकट गरेका छन्। यसै अवधि पत्रकारहरुसंगको कुराकानीमा विनय तामाङले मोर्चाको धरातल भत्किन नसक्ने प्रतिवद्धता जाहेर गरे। पाहाडमा मौकावादीहरू धेर रहे पनि मोर्चा मजबुद स्थितिमा रहेको उनले दावी गरेका छन्। अर्कोतिर, सभासद् निमा तामाङ्ले पाहाडमा शान्ति श्रृंखाला कायम राख्नु पर्ने अपिल गरेका छन्।