Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Nov 2013

मोर्चा तृणमूलमाझ वर्चस्वको लड़ाई जारी

कालेबुङ, 14 नोभेम्बर (प्रदीप)ः मोर्चाको शीर्ष नेतृत्वले राज्यको तृणमूल सरकारसँग सुसम्बन्ध बनाएर काम गर्ने प्रयास गरिरहेको भए पनि संगठनको तल्लो स्तरमा भने वर्चस्वको लडाइँ जारी रहेको छ। सांगठनिक सुदृढिकरणमा लागेको मोर्चा र सांगठनिक विस्तारमा लागेको हिल तृणमूलबीच अहिले आरोप प्रत्यारोपको घटना बढेको छ। पेदोङ क्षेत्रमा मोर्चाका सभासद दावा लेप्चाले केही कार्यकर्ताहरूको साथमा तृणमूलको झण्डा निकालेको अनि पार्टीकर्मीहरूलाई कुटपिट गरेको  हिल टीएमसी नेता छेवाङ भोटियाले आरोप लगाएका छन भने यता मोर्चाका सभासद दावा लेप्चाले आरोपको खण्डन गर्दै उल्टै हिल तृणमूल नेताहरूले पुलिस प्रशासनको आडमा क्षेत्रमा संत्रास फैलाउने काम गरिरहेको आरोप लगाएका छन। हिल तृणमूलको कालेबुङ महकुमाका अध्यक्ष छेवाङ भोटियाले दलको झण्डा निकालेर फ्याक्ने कार्यमा क्षेत्रिय सभासद दावा लेप्चाको संलग्नता रहेको सोझो आरोप लगाउँदै क्षेत्रका एकजना तृणमूल कर्मी सागर गुरूङ अनि तिनका 11 बर्षीय छोरा जेसोन गुरूङलाई समेत कूटपिट गरी घाइते पारेको दाबी गरेका छन। क्षेत्रिय सभासद दावा लेप्चाको नेतृत्वमा पेदोङको 20 माइल क्षेत्रमा लगाइएको दस हजार मुल्य बराबरको पार्टीको झण्डा निकालेर फ्याक्ने काम भएको भोटियाको आरोप छ। बुधबार राती मोर्चा कार्यकर्ताहरू आएर दलको झण्डा निकालेर फ्याँकि दिएको अनि नजिकको दोकान गएका पार्टीकर्मी सागर गुरूङ अनि तिनका छोरालाई कुटेर घाइते पारेको तिनको भनाइ छ। ती दुवैलाई घाइते अवस्थामा कालेबुङ महकुमा अस्पतालमा भर्ना गरिएको तिनले बताएका छन।  यस सम्बन्धमा सभासद दावा लेप्चालगायत मोर्चा नेताहरू फ्रान्सिस देवान, विनोद प्रधान, अनिल खवास, सुपेन्द्र प्रधानसहित कूल 15 जना विरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको जानकारी पनि भोटियाले दिएका छन। मोर्चाले गणताञ्त्रिक परिवेश दुषित पार्न खोजीरहेको आरोप लगाउँदै भोटियाले भने, मोर्चाले अशान्ति गर्ने कोसिस गरिरहेको छ। बिमल गुरूङ जब जब पनि कालेबुङ आउछन, यहाँ अशान्ति र तनाउ हुने गरेको छ। मोर्चाले झण्डा निकाल्ने राजनीति बन्द गर्नुपर्छ। गणतञ्त्रमा सबैले आफ्नो चाहनाअनुरुप राजनीति गर्न पाउनुपर्छ। हिल टीएमसी अरिङ्गलको गोला हो, मोर्चाले यसमा हात हाल्नु हुँदैन, यसले चिल्न सक्छ आज पनि हिल तृणमूलले पेदोङ क्षेत्रमा दलको झण्डा लगाउने काम गरेको तिनले जनाएका छन। क्षेत्रका सर्वसाधारणले स्वेच्छाले दलको झण्डा लगाएको तिनको दाबी छ।
अर्कोतिर, पेदोङ समष्टीका मोर्चा सभासद दावा लेप्चाले हिल तृणमूलको आरोपको खण्डन गरेका छन। तिनले सो राती 20 माइल भएर पेदोङ फर्किरहेको अवस्थामा हिल तृणमूलको कार्यकर्ताहरूको समूहले गाडी रोकेर आफ्ना एक युवा कार्यकर्तासँग हातापाइ गरेको उल्टै आरोप लगाएका छन। क्षेत्रका तृणमूलकर्मीहरूले आफै दलको झण्डा निकाल्ने त च्यात्ने काम गरेर मोर्चालाई बदनाम गर्ने चेष्टा गरिरहेको सभासद लेप्चाको भनाइ छ। पुलिस प्रशासनको आडमा तृणमूल नेताहरूले यहाँको परिवेश बिगार्ने काम गरिरहेका छन। हामीलाई यस्ता निराधार घटनाहरूमा फसाएर पुलिसले पक्राउ गरोस भन्ने उनीहरूको उद्देश्य हो दावा लेप्चालेर भने। तिनले यस सम्बन्धमा मोर्चाले पनि हिल तृणमूल नेताहरू छेवाङ भोटिया, सागर गुरूङ , फिरोज प्रधान आदि विरुद्ध कालेबुङ थानामा काउण्टर एफआइआर दर्ता गरेको बताएका छन।

Related Posts:

  • नेपाल भुकम्प पीडितको लागी सङ्गीत कालेबुङ, 23 जुन। (प्रदीप)ः- 78 बर्षको बुढ्यौली ज्यान लिएर कष्टसँग मञ्चमा चढ्दा धेरैलाई लागेको थियो होला, अब उनका दिनहरू गए। तर हारमनियम समातेर जब उनले ‘सम्हालेर राख’ भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन्, कालेबुङको टाउनहलक… Read More
  • निराश छन् विधायक डा. छेत्री कालेबुङ, 26 फरवरी (प्रदीप लोहागुण)ः-  केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एक… Read More
  • दलमा दक्ष नेताको सङ्कट कालेबुङ,12 फरवरी (प्रदीप लोहागुण)ः-   गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका सर्वमान्य नेता सुवास घिसिङको देहावसान पछि यस दलको अस्तित्व र भविष्यलाई लिएर पार्टी नेतृत्व र कार्यकर्ताहरूमा चिन्ता बढेको छ भने यो दलको उतारचढाउमा … Read More
  • सहीद कर्णेल एमएन राय, कालेबुङको "तपन"कालेबुङ, 29 जनवरी।(छेवाङ योञ्जन) "आफ्नो भूमिका यसरी निर्वहा गरी कि पर्दा झरिस्काद पनि थप्पड़ी बजिरहोस्" 2/9 गोर्खा राइफलका अधिकारी कर्णेल मनिन्द्रनाथ रायले आफू सहीद हुन अघि सम्पूर्ण देशवासीलाई यस प्रकारको सन्देश दिएकाछन्। हाल… Read More
  • सिक्किसँग मिल्ने - गुरूङ कालेबुङ,11फरवरी (प्रदीप लोहागुण)ः-   सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दामा गोजमुमो अध्यक्ष अनि जीटीए प्रमुख बिमल गुरूङ सिक्किम सरकारसँग मिलेर काम गर्न आग्रही देखिएका छन। एउटा धार्मिक अनुष्ठानम… Read More

0 comments: