Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Nov 2013

मोर्चा नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनेछन् - बिनय तामाङ

कालेबुङ, 12 नोभेम्बर (छेवाङ)
आन्दोलन अवधि पक्रा परेका जीटीएका तीन जना सभासदहरुले आज एउटा मुद्दामा अन्तरिम जमानत पाएका छन्। हाल बन्दी जीवन बिताइ रहेका मोर्चा सभासदहरु बिनय तामाङ, कल्याण देवान अनि निमा तामाङलाई आज गोरूबथानमा तृणमूल नेता केएन सुब्बाको घर जलाइएको मुद्दालिएर कालेबुङ कोर्टमा प्रस्तुत गरियो। यस मामिलामा तीनैजना सभासदहरुलाई पाँच हजार रुपियाँको जरिमाना तिर्न लगाएर न्यायलयले अन्तरिम जमानतमा छोड़ेको छ।
यद्यपि अन्य मुद्दाहरुको कारण तीनैजना सभासदहरु जेलमुक्त हुन भने सकेनन्। उक्त मामिलाबाट सभासद चन्द्र योञ्जन, मोर्चा नेतृ कल्पना हुरुङ अनि मनोज तामाङलो अघिबाटै जमानत पाइसकेका छन्। आज कालेबुङ कोर्टमा प्रस्तुत गरिएको बन्दी सभासदहरु विनय तामाङ, कल्याण देवाङ अनि निमा तामाङ विरुद्ध मुद्दा नम्बर
136/13को धारा 143/447/436/427/120बी 34 आइपीसी अन्तर्गत मुद्दा दर्ता गरेको छ। तीनजनै मोर्चा सभासदहरुलाई कालेबुङ कोर्टमा प्रस्तुत गरिएपछि पुन जलपाइगढी संशोधनगृह  पठाइएको छ। रिहाइको मांग गर्दै 10 दिनसम्म आमरण अनशनमा बसेका सभासद बिनय तामाङले पत्रकारहरूसित कुराकानी गर्दै चाँडै आफूहरूको रिहाइ प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरे। मुख्यमन्त्री ममता व्यानर्जीले विधायक डा. हर्कबहादुर छेत्रीलाई दिएको आश्‍वासनको आधारमा मोर्चाका बन्दी नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनसक्ने तिनको भनाइ छ। मुख्यमन्त्रीको आश्‍वासनको आधारमा नै आफूले अनशन फिर्ता लिएको तिनले बताए। यद्यपि, यो न्याययिक मामिला रहेकोले आफूले यसलाई सम्मान जनाउने मत प्रकट गरेका छन्। यसै अवधि पत्रकारहरुसंगको कुराकानीमा विनय तामाङले मोर्चाको धरातल भत्किन नसक्ने प्रतिवद्धता जाहेर गरे। पाहाडमा मौकावादीहरू धेर रहे पनि मोर्चा मजबुद स्थितिमा रहेको उनले दावी गरेका छन्। अर्कोतिर, सभासद् निमा तामाङ्ले पाहाडमा शान्ति श्रृंखाला कायम राख्नु पर्ने अपिल गरेका छन्।

Related Posts:

  • Cong petition on Paul stay - Mayor Gangotri moves high court challenging orderSiliguri, June 27: Darjeeling district Congress leaders today filed a writ petition in Calcutta High Court against the stay order issued by B.P. Gopalika on Nantu Paul’s disqualification as Siliguri Municipal Corporation coun… Read More
  • चेग्रामा स्वस्थ्य जाँच शिविर तकलिङ 27 जुन : पश्चिम बंगाल भोलेन्टरस हेत्थ एशोसिएसन अधिन्सथ रहेको गैर-सरकारी संस्था नेपाली गर्लस सोसियल सर्भिस सेन्टरले मंगलबार चेग्रामा एउटा स्वस्थ्य जाँच शिविरको आयोजना गरेको थियो। तकदाह खण्ड विकास अन्तगर्त पर्ने तकलिङ ग्र… Read More
  • जीटीएको करोडौंको परिकल्पना र विकास पर्खिरहेको कालेबुङकालेबुङ, 27 जून। कालेबुङको सुन्दरीकरण र ढॉंचागत विकासमा जीटीएले करोडौं रुपिँयाको योजना बनाइसकेको छ। गत वर्षको नोभेम्बर महिनामा कालेबुङ भ्रमणमा आएका जीटीए प्रमुख विमल गुरुङले यस्ता आशय प्रकट गर्दै केही वर्षभित्रमा नै कालेबुङको… Read More
  • Small tea growers threaten strikeSiliguri, June 27: Small tea growers of north Bengal today threatened to launch an indefinite strike and stop supplying leaves to bought-leaf factories, alleging rate disparity. The bought-leaf factory owners had yesterday a… Read More
  • LandslidesGangtok, June 27: More than 200 tourists on a return trip from Chhangu Lake, Baba Mandir and Nathu-la were stranded at 15th Mile on JN Marg yesterday after multiple landslides blocked the road. The tourists reached Gangtok t… Read More

0 comments: