Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

24 Aug 2013

राज्यपालले राजनीतिक टिप्पणी गर्न पाउँदैन - ड़ा. छेत्री, समय आए रेफरेण्डमको कुरा गर्छु - आर. मोक्तान

कालेबुङ 23 अगष्ट: गोर्खा जनमुक्ति नारी मोर्चाको अगुवाइमा आज कालेबुङमा जनसभा अनि जुलूश सम्पन्न भयो। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा नारी मोर्चा कालेबुङ महकुमा समितिले आयोजन गरेको आजको जुलूश अनि जनसभामा कालेबुङका विभिन्न क्षेत्रहरुबाट हजारौ मोर्चा समर्थकहरु सामेल भएका थिए। जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा अनि राज्य सरकारको वर्तमाण तामाशाही नीतिको विरोधमा जुलूशमा उपस्थित बनेका मोर्चा समर्थकहरुले व्यापक नारा-बाजी गरेका थिए। ‘हामीलाई गोर्खाल्याण्ड चाहिन्छ; ‘सीआरपीएफ गो ब्याग; अनि ‘बंलाग सरकार होसियार;को...

अनिश्चितकालिन बन्दलाई नैतिक समर्थन - गोजोएक

कालेबुङ 23 अगष्ट: गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधानले आज एउटा पत्रकारसम्मेलनको आयोजना गरि मोर्चाले डाकेको अनिश्चितकालिन समितिले समर्थन जनाउने बताएका छन्। मोर्चाका नेताहरुलगायत कार्यकर्ताहरु गरि कुल 721 जनालाई पुलिसले पक्राउ गरेको अवस्थामा मोर्चा अध्यक्ष विमल गुरुङले अनिश्चितकालिन पहाड़ बन्द गर्ने घोषणा गर्नु स्वाभाविक रहेको बताउँदै तिनले यस निर्णयलाई नैतिक समर्थन गर्ने जनाएका छन्। अनिश्चितकालिन बन्दको प्रभाव अनि समितिको भावी कार्यक्रम बारे छलफल गर्न आगमी 26 अगष्ट भित्रमा एउटा बैठकको आयोजना गर्ने पनि तिनले जानकारी दिएका...

23 Aug 2013

मोर्चा सहसचिव विनय तामाङ पक्राउ, कालेबुङबाट दुइ जना सभासद गरी कूल 14 जनालाई पक्राउ गरेको रिपोर्ट

कालेबुङ 22 अगस्त(प्रदीप)। मोर्चाका शीर्ष नेतृत्व अनि कार्यकर्ताहरूलाई पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रममा आज दलका सहसचिव अनि सभासद बिनय तामाङ  अनि सभासद् सतीश पोखरेललगायत चारजना कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। कालेबुङ पुलिसले यी दुइ सभासद्लगायत अन्य चारजना कार्यकर्ताहरूलाई सिक्किमको रुम्तेकबाट पक्राउ गरेको छ। यिनीहरूलाई आज बिहान सखारै  कालेबुङ ल्याइएको थियो। पक्रा परेका अन्य चारजना मध्ये तीनजना रिवाज सुब्बा, ललित छेत्री अनि सुधीर मंग्राती कालेबुङका हुन् भने पासाङ उर्फ मणि तामाङ सभासद सतीश पोखरेलका चालक हुन्। केही दिनदेखि...

गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको कालेबुङमा प्रथम जनसभा, आन्दोलनकोलागी एतिहासिक मञ्च तयार भएको छ - एनोश दाश प्रधान

कालेबुङ 22 अगष्ट : कालेबुङ शहरमा सम्पन्न भएको आजको जुलूश अनि जनसभालाई गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका प्रतिनिधिहरुले नेतृत्व गरेका थिए। पहाड़मा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दवाउन राज्य सरकारले पुलिस बलको प्रयोग गरिरहेको भए पनि राज्य चहाने जनसाधरण भने सक्रियरुपमा सड़कमा उत्रीरहेका छन्। मोर्चाका अग्रिम पंक्तिका नेता एवं दलका सह-सचिव विनय तामाङलाई पुलिसले पक्राउ गरेको खबरले कालेबुङ शहर तनाउपूर्ण रहेता पनि आज सम्पन्न भएको जुलूश अनि जनसभा कार्यक्रममा भने समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। आजको जुलूशलाई गोर्खाल्याण्ड...

सरकारको नीतिको विरोधमा क्रामाकपाको जुलूश, मोर्चा नेताहरुलाई विनाशर्त रिहा गरिनु पर्ने दलको मांग

कालेबुङ 22 अगष्ट : क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी कालिझोडा शाखाले आज क्षेत्रमा एउटा जुलूश निकालेर राज्य सरकारको दमन नीतिको विरोध जनाएको छ। क्रामाकपा कालिझोडा शाखाका सचिव दिलु लोहारले जारी गरेको एउटा प्रेस विज्ञाप्ती अनुसार गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिले घोषणा गरेको घर-बाहिर जनता कार्यक्रम पालन गर्दै आज राज्य सरकारको नीतिको विरोधमा क्षेत्रमा जुलूश निकालेको हो। तर, उक्त जुलूशमा क्षेत्रका मोर्चा प्रतिनिधि अनि कार्यकर्ताहरुले भने साथ नदिएको विज्ञ्याप्तीमा उल्लेख गरेको छ। शहर परिक्रमा पछि क्रामाकपा समर्थकहरुको जुलूश बस स्ट्याण्डमा...

22 Aug 2013

ममता ब्यानर्जीले पहाड हाँसेको छैन भन्ने बुझ्नुपर्छ – जे बी राई

डी के वाइबा, कालेबुङ 21 अगष्ट। “मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङ आगमनमा स्वागत अथवा बिरोध केही हुनेछैन। तर तानशाही प्रबृत्ति अप्नाएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन खोज्ने ममता ब्यानर्जीले यसपल्ट दार्जीलिङवासी हाँसेका छैन्न भन्ने बुझ्नपर्छ” उक्त कुरा गोर्खाल्याण्ड जोईन एक्सन कमिटिका उपाध्यक्ष जे बी राईले पत्रकारहरुसंग कुराकानी गर्दै भनेका हुन। तिनी दार्जीलिङ आउँदा यहाँको वास्तविकता बुझ्न आवश्यक रहेको बताउँदै बिगत दिनहरुमा “दार्जीलिङ हासीरहेको छ” भन्ने ममता ब्यानर्जीले आफ्नो संवैधानिक अधिकारको लडाईमा लडीरहेका दार्जीलिङवासी...

नगरपार्षद बरुण भुजेल पक्राऊ

कालेबुङ 21अगस्त(प्रदीप)  मोर्चा नेतृत्व र कार्यकर्ताहरूलाई पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रम जारी रहेको छ। आज कालेबुङबाट नगरपालिका पार्षद बरुण भुजेल पनि पक्रा परेका छन। कालेबुङ नगरपालिकाको वार्ड नम्बर 16का नगरपार्षद भुजेललाई आज बिहान सखारै कालेबुङ पुलिसले इष्टमेन रोडस्थित निवासबाट आफ्नो नियञ्त्रणमा लिएको थियो। तिनले हिल तृणमूलको कालेबुङ महकुमाका अध्यक्ष छेवाङ भोटियामा गत मार्चमा भएको आक्रमण काण्डमा आरोपी बनाइएको छ। आज तिनलाई यहाँको एसीजेएम कोर्टमा पेश गरी न्यायिक हिरासतमा पठाइएको छ। तिनीविरुद्ध भारतीय दण्ड संहिताको धारा 147\148\149\447\325\326...

मन्त्रीहरुको पहाड़ भ्रमण व्यर्थ, एलडीसीले जातिमाझ फाटो ल्याउँछ - ड़ा छेत्री

कालेबुङ 21 अगष्ट: मुख्यमन्त्रीले पहाड़ भ्रमण गर्ने कुरालाई केन्द्र गर्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रेले विभिन्न प्रकारका टिप्पणीहरु दिएका छन्। डा. छेत्रीले आज कालेबुङका पत्रकारहरुसंग कुराकानी गर्दै यसचोटीको मुख्यमन्त्रीको पहाड़ भ्रमण अर्थहीन बन्ने बताए। गत केहीदिन अघिको उत्तरबंगाल विकास मन्त्री गौतम देवको कालेबुङ भ्रमणलाई पनि बेअर्थको रहेको बताउँदै तिनले भने ‘मुख्यमन्त्री पहाड़ आउन्छन् अनि बसेर जान्छन्, यसको कुनै महत्व हुँदैन’। ‘बंगालबाट कुनै पनि मन्त्री पहाड़ भ्रमणमा आउँछन् भने यहाँका जनतासंग भेटघाट गर्नु पर्छ। यहाँको समस्याहरुबारे...

जुलूश धकणा स्थगित, बन्द यथावत

कालेबुङ 21 अगष्ट: मोर्चा महा-सचिव रोशन गीरिले आन्दोलनलाई दुइदिनको लागी स्थगित गर्ने घोषणा गरेपछि आज कालेबुङमा प्रतिदिन हुने जुलूश अनि पदसभा कार्यक्रम हुन सकेन। यध्यपि जुलूशमा भाग लिन मोर्चा समर्थकहरु भने यहाँको डम्बरचोकमा उपस्थित बनेका थिए। डम्बरचोकमा उपस्थित बनेको मोर्चा समर्थकहरुलाई सम्बोधन गर्दै प्रवक्ता डा. हर्कबहादुर छेत्रीले दलको घोषणा अनुरुप दुइदिनको निम्ति जुलूश अनि धरणा कार्यक्रम स्थगित गरेको बताए। पार्टी महा-सचिव रोशन गीरिले दार्जीलिङमा एउटा पत्रकारसम्मेलनको आयोजना गरि दुइदिन पहाड़मा कुनै प्रकारको जुलूश अनि पदसभाहरु नहुने जानकारी...

20 Aug 2013

‘घर भित्रै जनता’ पहाड़ अचल

कालेबुङ 19 अगष्ट: गोर्खाल्याण्ड जोइन्ट एक्शन कमिटिले आह्वान गरेको ‘घर भित्रै जनता’ कार्यक्रमले सम्पूर्ण पहाड़ नै ठप्प बन्यो। यस अघि मोर्चाले डाकेको पहाड़ बन्द अनि जनता कर्फ्युलाई हाई कोर्टले असंवैधानिक रहेको पुष्टी गरे पछि हाई कोर्टको व्यानलाई ध्यानमा राख्दै गोजोएक-ले ‘घर भित्रै जनता’ नामक रणनीति तय गरेको हो। अनिश्चितकालीन पहाड़ बन्द, जनता कर्फ्यु वा घर भित्रै जनता जुनै पनि प्रकारको कार्यक्रम होस छुट्टै राज्य चहाने पहाड़का जनताले यसलाई पूर्णरुपले समर्थन जनाइरहेका छन्। अघिबाटै दुइदिने जनता कर्फ्युको सामना गरिरकेका पहाड़का जनताले आज छुट्टै...

कालेबुङमा दुइवटा परिक्षाहरु शुरु

Normal 0 false false false EN-IN X-NONE HI ...

चोरीको आरोपमा चार युवाहरु पक्राउ

Normal 0 false false false EN-IN X-NONE HI ...