24 Aug 2013
अनिश्चितकालिन बन्दलाई नैतिक समर्थन - गोजोएक
कालेबुङ 23 अगष्ट:
गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधानले आज एउटा पत्रकारसम्मेलनको आयोजना गरि मोर्चाले डाकेको अनिश्चितकालिन समितिले समर्थन जनाउने बताएका छन्। मोर्चाका नेताहरुलगायत कार्यकर्ताहरु गरि कुल 721 जनालाई पुलिसले पक्राउ गरेको अवस्थामा मोर्चा अध्यक्ष विमल गुरुङले अनिश्चितकालिन पहाड़ बन्द गर्ने घोषणा गर्नु स्वाभाविक रहेको बताउँदै तिनले यस निर्णयलाई नैतिक समर्थन गर्ने जनाएका छन्। अनिश्चितकालिन बन्दको प्रभाव अनि समितिको भावी कार्यक्रम बारे छलफल गर्न आगमी 26 अगष्ट भित्रमा एउटा बैठकको आयोजना गर्ने पनि तिनले जानकारी दिएका छन्। मोर्चाले छुट्टै कार्यक्रम गर्दै समितिलाई कुनै प्रकारको समस्या नहुने बताउँदै तिनले गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति विश्वासको आधारमा गठित भएको बताए। ‘भुल बुझा-बुझहरुलाई फन्साएर हामी केवल मिल्ने मिल्ने बुदाहरुमा मात्र अघि बढ़ने छौ’ तिनले भने ‘विश्वासलाई कायम राख्ने प्रयास गर्ने छौ’। समितिका अध्यक्ष प्रधानले हाल पुलिस प्रशासनलाई मोर्चा नेता अनि कार्यकर्ताहरुलाई पक्राउ गर्न लगाएर राज्य सरकारले जीटीए समझौता अनि मानव अधिकारको उलङ्घन गरिरहेको आरोप लगाएका छन्।








0 comments:
Post a Comment