कालेबुङ 21अगस्त(प्रदीप)
मोर्चा नेतृत्व र कार्यकर्ताहरूलाई पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रम जारी रहेको छ। आज कालेबुङबाट नगरपालिका पार्षद बरुण भुजेल पनि पक्रा परेका छन। कालेबुङ नगरपालिकाको वार्ड नम्बर 16का नगरपार्षद भुजेललाई आज बिहान सखारै कालेबुङ पुलिसले इष्टमेन रोडस्थित निवासबाट आफ्नो नियञ्त्रणमा लिएको थियो। तिनले हिल तृणमूलको कालेबुङ महकुमाका अध्यक्ष छेवाङ भोटियामा गत मार्चमा भएको आक्रमण काण्डमा आरोपी बनाइएको छ। आज तिनलाई यहाँको एसीजेएम कोर्टमा पेश गरी न्यायिक हिरासतमा पठाइएको छ। तिनीविरुद्ध भारतीय दण्ड संहिताको धारा 147\148\149\447\325\326 \307अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अर्कोतिर, गत तीन दिनदेखि बन्द जारी रहे पनि आज सडकमा कुनै राजनैतिक कार्यक्रम पालन गरिएन। दार्जीलिङमा प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको कारण हिजो अनि आज मोर्चाले जुलुश र पथसभाका कार्यक्रम स्थगित गरेको छ।यद्यपि, गोर्खाल्याण्डको माग गर्दै सरकारमाथि दबाउ बनाउन नवगठित गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटिको आह्वानमा बन्द पालन भइरहेको छ, फलस्वरुप पहाडको जनजीवन निकै दिनदेखि अस्तव्यस्त रहेको छ।भोलि मोर्चाले आफ्नै ब्यानरमा कार्यकर्ता र समर्थकहरू सड्कमा थुपारेर आन्दोलनको गति फेरि जोरदार बनाउन तय गरेको छ।

0 comments:
Post a Comment