Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

29 Mar 2014

धमिलो सम्बन्धमा मोर्चा

कालेबुङ 28 मार्च। (प्रदीप)ः गत लोकसभा चुनाउको तितो अनुभवहरू पचाएर मोर्चाले यसपालि फेरि भाजपालाई समर्थन गर्ने जोखिम त उठाएको छ तर कथङ्काल केन्द्रमा भाजपा सरकार आउन सकेन भने राज्यको तृणमूल सरकारले धूलो काट्छ भन्ने चिन्ताले यतिबेला मोर्चा नेतृत्वलाई गाँजेको छ। केही दिनदेखि मीडियासँग टाँडिएर बसेका मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले आज यहाँका पत्रकारहरूलाई यस आशयको बयान दिएर दलभित्र मच्चिरहेको हुण्डरीको छनक दिएका छन। यसपालि केन्द्रमा भाजपाको सरकार...

घोटलाकाण्डका आरोपी कालिकोटेमाथि उपभोक्ता प्रेसर

कालेबुङ , 28 मार्च। इनरट्रिप रेयुकाई घोटालाकाण्डका अभियुक्त गौतम कालिकोटे आज न्यायालको पेशीअवधि पनि सञ्जोले बस्न पाएनन्। जब उनी आज कालेबुङ न्यायालय पुगे तब निवेशकहरूको एउटा ठूलै झुण्ड कोर्ट परिसरमा बसेका थिए। यसअवधि अभियुक्तलाई निवेशकहरूले चाँडै पैसा फिर्ता गर्नुपर्ने माग गर्दा निक्कैबेर कोर्ट परिसरमा तर्का-तर्की भएको थियो। गौतम कालिकोटेले इनरट्रिप रेयुकाईको नाममा मोठ 52 वटा स्वनिर्भर दल गठन गरेका थिए। प्रत्येल दलबाट 7 हजार पाँच सय रूपियाँ उनले संग्रह गरेका थिए। स्वनिर्भर दलहरूबाट संग्रहित राशी मोठ 11 लाख रुपिँया लिएर उनी चम्पट कसेको आरोप छ। यसपछि...

मोर्चाको बैठक

कालेबुङ, 28 मार्च। लोकसभा चुनाउलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा महकुमा समिति कार्यालयमा दलीय कर्मी सभा सम्पन्न भयो। मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा मोर्चा प्रवक्ता एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री, सभासद् डा. आरबी भुजेल, सुनिल प्रधान, दावा लेप्चा लगायत केन्द्रीय समितिका सदस्य तारा लोहार लेप्चा, नगरपालिका अध्यक्ष गङ्गामाया गुरुङ, उपाध्यक्ष जायन लेप्चा, महकुमा समितिका सचिव कुमार चामलिङ, नगरपार्षदगण एवं अन्य पदाधिकारीहरू उपस्थित थिए। सभामा आगामी लोकसभा चुनाउलाई ध्यानमा राख्दै विभिन्न रणनीतिहरू...

28 Mar 2014

दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशनको महकुमा स्तरीय चुनाउ समिति गठन

कालेबुङ 27 मार्च। (प्रदीप)ः दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशन अनि यसका सहयोगी दलहरू मिलेर आज महकुमा स्तरीय चुनाउ समिति गठन गरिएको छ। यहाँको ठाकुरवाडीस्थित श्यामादेवी भवनमा सम्पन्न बैठकपछि चुनाउ समितिको गठन गरिएको हो। बैठकमा मूल रूपले डीडीयुडीएफ,क्रामाकपा अनि भागोपका नेताहरू उपस्थित थिए। यद्यपि आज गठन गरिएको चुनाउ समितिमा यी तीन दलसहित गोर्खालीग र गोरानिमोका प्रतिनिधिहरूलाई पनि सामेल गरिएको छ। डीडीयुडीएफ र क्रामाकपाको संयुक्त आन्तरिक...

गोरामुमोको सभा

कालेबुङ 27 मार्च। (प्रदीप)ः कालेबुङ नगरपालिकाको एघार नम्बर वार्डमा गोरामुमोले आज टाउन कमिटिको शाखा विस्तार गरेको छ। 11 नम्बर वार्डको गोसखान क्षेत्रमा आज सम्पन्न दलको बैठकपछि टाउन कमिटि शाखाको पुनर्गठन गरिएको छ। दलको कालेबुङ महकुमा समितिका अध्यक्ष मौरिस कालीकोटेको उपस्थितिमा सम्पन्न बैठकमा सहसचिव अनील लोप्चनलगायतका नेताहरू सहभागी थिए। टाउन कमिटिको 11 नम्वर वार्ड शाखामा राकेश मुखिया अध्यक्ष, शरण थापा उपाध्यक्ष, गम्भीरे तामाङ सचिव, प्रभात राई सहसचिवसहित...

छत्र सुब्बाले खोले भाजपा पार्टी कार्यालय

कालेबुङ, 27 मार्च। चुनाव अभियानलाई तिब्र पार्न कालेबुङका भारतीय जनता पार्टीका कार्यकर्ताहरूले पार्टी कार्यालय उद्घाटन गरेका छन्। भाजपा कार्यकर्ताहरूले यहाँको आरसी मिन्त्री रोडमा अवस्थित होटल एञ्जलिको तल्लो तलामा दलको चुनावी पार्टी कार्यालय स्थापित गरेका छन्। हालैमा उक्त दलमा सामेल भएका छत्र सुब्बाले आज भाजपाको टाउन कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा नारी मोर्चा नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। नारी मोर्चा नेतृत्वहरू तारा लोहार...

कालेबुङमा कंग्रेसको चुनाव प्रचार

कालेबुङ, 27 मार्च। 16 औँ लोकसभा चुनाउका निम्ति दार्जीलिङ समष्टिमा कङ्ग्रेसले पनि चुनावी कसरत शुरु गरेको छ। कङ्ग्रेसले सिलगढीका सुजय घटकलाई दार्जीलिङको आसनमा टिकट दिएपछि उनले आज कालेबुङमा पनि दलीय कर्मीहरूसित सभा गरे। उनी अनुसार कङ्ग्रेसले पहाड विकासलाई नै यसचोटीको चुनाउमा प्रमुख मुद्दा बनाएको छ। पहाड अनि समतलमाझ देखिएको विकास अनि सोच सम्बन्धीका विभिन्नतालाई तोड्नु नै आफ्नो पहिलो मुद्दा रहेको उनले बताए। 'यहाँ कोही मुख्यमन्त्रीकहाँ गइरहेका छन् भने...