28 Mar 2014
दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशनको महकुमा स्तरीय चुनाउ समिति गठन
कालेबुङ 27 मार्च। (प्रदीप)ः दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशन अनि यसका सहयोगी दलहरू मिलेर आज महकुमा स्तरीय चुनाउ समिति गठन गरिएको छ। यहाँको ठाकुरवाडीस्थित श्यामादेवी भवनमा सम्पन्न बैठकपछि चुनाउ समितिको गठन गरिएको हो। बैठकमा मूल रूपले डीडीयुडीएफ,क्रामाकपा अनि भागोपका नेताहरू उपस्थित थिए। यद्यपि आज गठन गरिएको चुनाउ समितिमा यी तीन दलसहित गोर्खालीग र गोरानिमोका प्रतिनिधिहरूलाई पनि सामेल गरिएको छ। डीडीयुडीएफ र क्रामाकपाको संयुक्त आन्तरिक बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै फाउण्डेशनको शीर्ष समितिका चेयरमेन डा एनोसदास प्रधानले जनाएअनुसार आज गठन गरिएको महकुमा स्तरको चुनाउ समितिमा डीडीयुडीएफबाट सोनाम छिरिङ भोटियालाई संयोजक मनोनित गरिएको छ भने क्रामाकपाबाट मोहन पौड्याल, भागोपबाट पीके प्रधान, गोर्खालीगबाट प्रताप खाती अनि गोरानिमोबाट दावा पाखरिनसहित 8 जना सदस्यहरूलाई समितिमा सामेल गरिएको छ। निर्दल उम्मेद्वार डा महेन्द्र पी लामाको पक्षमा तृणमूल स्तरसम्म चुनाउप्रचार गर्न अब नगरपालिका र ब्लक स्तरमा पनि चुनाउ समितिहरूको गठन गरिने डा प्रधानले बताएका छन। कालेबुङ महकुमा क्षेत्रमा डा लामाको पक्षमा चुनाउ अभियान चलाउन यो समितिले कार्यक्रमहरू तय गर्ने उनले जनाएका छन। यो समितिले आउँदो 31 मार्चका दिन यहाँको टाउन हलमा एउटा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्ने आजको बैठकले प्रस्ताव ग्रहण गरेको छ। निर्दल उम्मेद्वार डा महेन्द्र पी लामाको उपस्थिति रहने यस दिनको कार्यक्रममा विभिन्न जातीय अनि धार्मिक संगठन, शैक्षिण संस्थानका प्रतिनिधि, नागरिक समाज र विद्यार्थीवर्गलाई निम्ताएर डीडीयुडीएफको लक्ष्य र लामाको उम्मेद्वारिताबारे अन्तरक्रिया गरिने शीर्ष समितिका चेयरमेन डा एनोसदास प्रधानले बताएका छन। यसरी नै चुनाउ समितिले 12 अप्रेलमा यहाँको मेलाग्राउण्डमा एउटा चुनावी जनसभाको आयोजना गर्ने निधो गरेको छ। यसै गरी महकुमाको अन्य क्षेत्रहरूमा पनि जनसभा र पथसभाहरूको आयोजना गरी डा लामाको पक्षमा प्रचार गरिने उनको भनाइ छ। डा प्रधानले गोरामुमोलाई डा महेन्द्र पी लामाको पक्षमा आफ्नो समर्थन जाहेर गरिदिन अपिल पनि गरेका छन। उनले छैंटौं अनुसूचीमार्फत गोर्खाल्याण्डसम्म पुग्ने गोरामुमो प्रमुख सुवास घिसिङको सपनालाई साकार पार्न डा लामा प्रतिबद्ध रहेको दाबी गर्दै भने, “हामीलाई छुट्टै राज्यको सपना देखाउने सुवास घिसिङ नै हुन्। छैटौं अनुसूचीबाटै भए पनि उनको लक्ष्य पनि गोर्खाल्याण्ड नै हो। महेन्द्र पी लामा उनको यो सपना पुरा गर्ने अभियानमा लागेका छन। यतिबेला उनले लामालाई समर्थन गर्नुपर्छ” उनले गोजमुमो र भाजपालाई जाली गोर्खाल्याण्डपन्थी दलको संज्ञा दिँदै यी दलहरूमाथि विश्वास गर्न सकिने अवस्था नरहेको मन्तव्य व्यक्त गरेका छन। ‘गोर्खाल्याण्डपन्थीहरू पनि साँचो र जाली दुइ थरी छन। अहलुवालिया टाइपका दलहरू जाली गोर्खाल्याण्डपन्थी हुन। आफ्नो चुनावी क्षेत्रमा एउटा कुरा गर्छ अनि दलको घोषणा पत्रमा अर्को कुरा। भाजपाले आफ्नो चुनावी घोषणापत्रमा कतै पनि गोर्खाल्याण्डको उल्लेख गरेको छैन” प्रधानले टिप्पणी गरेका छन। उनले गोरूबथानको चुनावी जनसभामा तृणमूल नेत्री ममता व्यानर्जीले दिएको भाषणको पनि आलोचना गरेका छन। राज्यकी मुख्यमञ्त्रीको भाषण यहाँको कुनै दलविशेषलाई धम्क्याउने मात्र नभएर सम्पूर्ण गोर्खा समुदायको आत्मसम्मानलाई नै चोट पुर्याषउँने प्रकारको भएको आरोप लगाउँदै भने, ‘पहाडका जनताले उनको धम्कीको जवाफ ईभीएममार्फत हुनेछन’
Related Posts:
मोर्चाबाट अनापत्ति पत्र ल्याए एचपीसी च्यानल पुनर्प्रसारण गर्न हामी तयार छौं - ओ साइनी कालेबुङ 18 अप्रेलः कालेबुङको लोकल समाचार च्यानल एचपीसीको प्रसारण बन्द गरिएको घटनाबारे राजनैतिक दल र सर्वसाधारणको चासो बढेपछि स्काइस्क्यान केबलको प्रबन्धनपक्षले आज प्रतिक्रिया दिएको छ। केबल मालिक ओमकार साइनीले आज सञ्चारमाध्यमह… Read More
च्यानल बन्द प्रती टीएमसीको प्रतिवाद कालेबुङ 17अप्रेल। कालेबुङको क्यबल समाचार च्यानल एचपीसीको प्रसारणमा मोर्चाद्वारा कथित रोक लगाइएको खबर प्रकाशमा आएपछि हिल तृणमूलका नेतृत्वले घटनाको तीव्र प्रतिवाद जनाएका छन। हिल तृणमूलका नेताहरु प्रवीण रहपाल अनि ननिता गौतमले आज… Read More
Ghisingh spent force: Gurung - Morcha chief’s barb comes on day GNLF announces revival of hill committees Darjeeling, April 18: Bimal Gurung today called Subash Ghisingh a “spent force” in the hills, hours after the ousted hill leader’s party GNLF said it would be revive its branch committees soon. It is not known whether Gurung… Read More
साहित्यलेखनप्रति विद्यार्थीहरुलाई प्रोत्साहन गर्न कविता प्रतियोगिताकालेबुङ 18 अप्रेल। साहित्यलेखनप्रति झुकाउ भएका विद्यार्थीहरुलाई प्रोत्साहन दिने उद्देश्यले नेपाली साहित्य अध्ययन समितिले आज कविता प्रतियोगिताको आयोजना गरेको थियो। समितिले महकुमा स्तरको यो अन्तरविद्यालय कविता प्रतियोगिताको आयो… Read More
कालेबुङको डम्बर चोकमा अवस्थित डम्बरसिंग गुरुङको सालिग स्थलको दूरावस्था कालेबुङ 19 अप्रेल। “सधैँ गौरव राख्नेछौं गोर्खाको” यही नारा लिएर अघि आएका गोर्खालीगका संस्थापक डम्बरसिंग गुरुङले गोर्खा जातिको कति गौरव राखे भन्ने कुरा छुट्टै वहसको विषय हो तर कालेबुङको डम्बर चोकमा अवस्थित तिनको सालिग स्थलको द… Read More
0 comments:
Post a Comment