कालेबुङ 28 मार्च। (प्रदीप)ः गत लोकसभा चुनाउको तितो अनुभवहरू पचाएर मोर्चाले यसपालि फेरि भाजपालाई समर्थन गर्ने जोखिम त उठाएको छ तर कथङ्काल केन्द्रमा भाजपा सरकार आउन सकेन भने राज्यको तृणमूल सरकारले धूलो काट्छ भन्ने चिन्ताले यतिबेला मोर्चा नेतृत्वलाई गाँजेको छ। केही दिनदेखि मीडियासँग टाँडिएर बसेका मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले आज यहाँका पत्रकारहरूलाई यस आशयको बयान दिएर दलभित्र मच्चिरहेको हुण्डरीको छनक दिएका छन। यसपालि केन्द्रमा भाजपाको सरकार आउँछ भन्ने कुरामा मोर्चा नेताहरू आश्वस्त देखिएका छन। यति आत्मविश्वासकै कारण मोर्चा नेतृत्वले एकपल्ट राम्रो खप्की खाइसकेको राज्यकी मुख्यमञ्त्री ममता व्यानर्जीको ईच्छाविरुद्ध गएर भाजपालाई समर्थन गर्ने निर्णय लिएको छ। तर केन्द्रमा भाजपा आउन सकेन अनि दार्जीलिङ लोकसभा समष्टिमा पनि तृणमूल उम्मेद्वारले जीते भने आफ्नो गति के होला भन्ने मनोवैज्ञानिक दबाउ पनि मोर्चा नेताहरूले झेलिरहेका छन। ‘यदि केन्द्रमा भाजपाको सरकार गठन भएन अनि यता पहाडमा पनि भाजपा प्रार्थी पराजित भए पहाडवासीले राज्य सरकारको कठोर प्रताडनाको सामना गर्न पर्नेछ। त्योबेला राज्यले कुनै राजनैतिक दललाई छोड्दैन’ बिधायक डा हर्क बहादुर छेत्रीले भने। उनले यहाँको गोजमुमो पार्टी कार्यलयमा पत्रकारहरुसँग कुराकानी गर्दै भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको कारण मोर्चाले समर्थन गरेको स्पष्टिकरण दिदै यदि भाजपा प्रार्थी पराजय भए गोर्खाहरुलाई राज्य सरकारले प्रताडना दिन सक्ने संकेत दिएका छन। भारतीय जनता पार्टी स सानो राज्य गठनको पक्षमा हुनको साथै भाजपाले राष्ट्रिय चुनाव घोषणा पत्रमा दार्जीलिङको समस्यालाई सहानुभूतिपूर्वक हेरिने भनि उल्लेख गर्ने पनि डा छेत्रीले बताएका छन। “पहाडवासीले सकारात्मक राजनीति गर्नुपर्छ। बिगतका दिनहरुमा जसले सरकार गठन गर्योड त्यस दलका प्रार्थी हामीले चुनेर पठाउँन सकेनौ। यो हाम्रो निम्ति दुर्भाग्य हो। तर यसपल्ट गोर्खाल्याण्ड दिने सरकार केन्द्रमा बनिने छाँट हुँदा हामी पछि पर्न हुँदैन” तिनले अझ भने। आजसम्म पहाडवासीले गलत प्रार्थी चुनेर संसदमा पठाएकै कारण यहाँको समस्या समाधान हुन नसकेको पनि तिनले बताए। यस सिलसिलामा तिनले भाजपा सांसद जसवन्त सिहको पनि आलोचना गरे। जहिले पनि जसवन्त सिहको जयजयकार गर्ने डा छेत्रीले आज तिनको आलोचना गर्दै सांसद सिहले गोर्खाल्याण्डको मुद्दालाई अखिल्यै गम्भिरतापूर्वक नलिएको आरोप थोपे। “हामी दिल्ली जाँदा तिनलाई झक्झकाउँदा मात्र अहिक तातिने गर्थे। वास्तवमा तिनले कहिल्यै गोर्खाहरुको समस्यालाई गम्भिरता पूर्वक लिएनन। यदि लिने हो भने भाजपामा राम्रो स्थान भएका संसदले तेलेंगना गठन हुँदा यसबारे चर्चा गर्न सक्ने थिए” डा छेत्रीले भने। अर्कोतर्फ भारतीय जनता पार्टीको राज्य शाखाले गोर्खाल्याण्डको बिरोध गरिरहेको सन्दर्भमा प्रश्न गर्दा राज्य भाजपालाई गोर्खाल्याण्डको बिरोध गर्नु आफ्नो राजनैतिक विवशता हो भनि प्रष्ट पारेका छन। तिनले आगमी लोकसभालाई लिएर मोर्चाले भाजपाको केन्द्रीय नेतृत्वसंग बैठक गरी गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन सम्झौता गरेको बताउँदै यदि भाजपाको सरकार गठन हुन नसके अझ पनि गोर्खाहरुको निम्ति दुर्भाग्य नै हुने पनि तिनले बताएका छन। यसको साथै डा छेत्रीले कुराकानीकै क्रममा लोकसभा चुनावबारे मौनता साँचेर बसेको गोरामुमो बारे प्रश्न गर्दा गोरामुमोले तृणमूललाई नै समर्थन गर्ना सक्ने सम्भावना व्यक्त गरे। “गोरामुमोकाहरु पहाड कसरी आए ? तिनीहरुलाई कसले ल्याए ? ¬चुनाव पछि उनीहरुको सुरक्षाको राज्य सरकारले गर्न सक्छ। यसकारण पनि गोरामुमोले तृणमूललाई समर्थन गर्न सक्छ” डा छेत्रीले भने।
29 Mar 2014
धमिलो सम्बन्धमा मोर्चा
Related Posts:
Student held for impersonation - Examinee falls ill, tells junior to write paper at Siliguri CollegeSiliguri, April 27: A second-year Nepali (honours) student of Siliguri College was caught writing a university examination for his senior today.While Jeet Kumar Rai was arrested for cheating and impersonation, police are look… Read More
Welfare nod for tea labourCalcutta, April 27: A cabinet sub-committee today cleared a proposal to extend panchayat benefits to tea garden workers in the Dooars.Chief minister Mamata Banerjee has appointed a panel headed by home secretary Basudeb Baner… Read More
Hong Kong home for Chronicles croonersNIRMAL MANGARThe band members in Hong Kong on Thursday. Telegraph pictureGangtok, April 27: Rock band Girish N the Chronicles has relocated to Hong Kong after bagging a contract to play in the pub circuit there.The four-membe… Read More
In the open, an ‘indoor’ meet - Morcha chief calls for unity in Dooars, govt silent on ralliesAlipurduar, April 26: Gorkha Janmukti Morcha leaders held two meetings attended by nearly 2,000 people in the Dooars today without any permission from the Jalpaiguri administration. The administration, however, dismissed the … Read More
Fire kills 6 kids in a familyVIVEK CHHETRIDarjeeling, April 27: Six children, siblings aged between 2 and 12, were burnt to death when a fire broke out in their home in a remote Mirik village last night.The children were probably asleep at the time when … Read More
0 comments:
Post a Comment