28 Mar 2014
छत्र सुब्बाले खोले भाजपा पार्टी कार्यालय
कालेबुङ, 27 मार्च।
चुनाव अभियानलाई तिब्र पार्न कालेबुङका भारतीय जनता पार्टीका कार्यकर्ताहरूले पार्टी कार्यालय उद्घाटन गरेका छन्। भाजपा कार्यकर्ताहरूले यहाँको आरसी मिन्त्री रोडमा अवस्थित होटल एञ्जलिको तल्लो तलामा दलको चुनावी पार्टी कार्यालय स्थापित गरेका छन्। हालैमा उक्त दलमा सामेल भएका छत्र सुब्बाले आज भाजपाको टाउन कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा नारी मोर्चा नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। नारी मोर्चा नेतृत्वहरू तारा लोहार लेप्चा, मृदुला सुब्बा, लह्मु शेर्पा अनि स्थानीय भाजपा कार्यकर्ताहरूको उपस्थितिमा पूर्र्व जीएलओ प्रमुख एवं हालैमा भाजपामा सामेल भएका छत्र सुब्बाले कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुब्बाले आज पनि आफू छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा रहेको पुष्टी गरेका छन्। आफ्नो सम्बोधनमा तिनले भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको दावी गर्दै छुट्टै राज्यको कारण नै आफू उक्त दलमा सामेल भएको बताए। भाजपाको जीतपछि छट्टै राज्य सम्भव हुने बताउँदै सुब्बाले आज उद्घाटन गरेको सो पार्टी कार्यालय स्थायीरूपमा रहने बताए।
Related Posts:
Tea gardens hint at bonus slash Nothing less than 2011, says unionVIVEK CHHETRIDarjeeling, Aug. 26: The Darjeeling tea industry today said it wouldn’t be able to pay workers the Puja bonus at last year’s rate of 20 per cent of the annual pay as production had come down and absenteeism was s… Read More
Student duesNIRMAL MANGARGangtok, Aug. 26: The state human resource development department has promised to immediately clear outstanding scholarships of Rs 3.8 crore accumulated over two academic years for school and colleges students.St… Read More
GTA Member Ruchal felicitated by GJKS of RangpoRANGPO-27TH AUGUST 12Gorkha janmukti karmachari sangathan of Rangpo division the cell of gorkha janmukti morcha has organised a special felicitation programme for the elected member of GTA from 31 number Rangpo monsong … Read More
Kalimpong teacher finds home for destitutes - Om Bahadur starts school for poor kids and offers shelter to 54 of themKalimpong, Aug. 27: A Kalimpong primary teacher with his government pay, and a bit of charity from the church and his family runs a school for 121 poor children and shelter for destitute kids.Om Bahadur Rai cannot buy cooking… Read More
सभासदलाई नागरीक अभिनन्दन विजय महोत्सव पालन गर्दै आज 34 नम्बर स्मष्टिका मोर्चा समर्थहरुले सभासद निमा तामङ अनि क्षेत्रका युवामोर्चा नेता विदुर राईलाई नागरीक अभिनन्दन जनाइयो। सभासद निमा तामाङ अनि युवामोर्चा नेता विदुर राई दुवैलाई नागरीक अभिनन्दन जनाउन आ… Read More
0 comments:
Post a Comment