Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

10 Oct 2014

शारदा काण्डका मुख्य आरोपी कालेबुङ न्यायालयमा

कालेबुङ, 11 अक्टोबर। शारदा काण्डका मुख्य आरोपी देवजनी मुखर्जीलाई आज कालेबुङ न्यायालयमा पेश गरियो। स्थानीय छिबो बस्ती निवासी उत्तम शंकर विश्वकर्मले एक निवेशकको रूपमा मुखर्जीविरूद्ध मामिला दर्ता गरेकाले उनलाई कालेबुङ ल्याइएको हो। शारदा घोटाला काण्डको आरोपमा उनीविरूद्ध भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत मामिला दर्ता भएको थियो। यसै मामिलामा अलिपूर महिला संशोधनगृहबाट कालेबुङ ल्याइएका देवजनी मुखर्जीलाई कालेबुङ एडिसनल चिफ ज्यूडिसियल मेजिट्रेट कोर्टले जमानत दिएको छ। यद्यपि कालेबुङ न्यालयबाट उनले जमानत पाएको भएपनि अन्य न्यालयहरूमा रहेका विभिन्न मामिलाहरूका कारण...

पर्यटन उत्सव 2014 शुरू

कालेबुङ, 11 अक्टोबर। गोर्खाल्याण्ड टेरिटोरियल एडमिस्नट्रेसन(जीटीए) को सूचना एवं सांस्कृतिक विभाग अनि पर्यटन विभागको संयुक्त आयोजनामा आजदेखि सांस्कृतिक पर्यटन महोत्सव कालेबुङ च्याप्टर आरम्भ भएको छ। बितेको वर्षसम्म यसै उत्सवलाई चिया अनि पर्यटन उत्सवको नाम दिएको थियो। यद्यपि यसपल्ट यस उत्सवको माध्मयबाट संस्कृतिको पनि संरक्षण गर्ने उद्देश्य लिएर सांस्कृतिक पर्यटन महोत्सव नामकरण गरिएको हो। पहाडको मुख्य आयश्रोतको रूपमा रहेको पर्यटन विकासलाई थप टेवा पुऱ्याउन दार्जीलिङमा हिजोदेखि यस उत्सव आरम्भ भइसकेको छ भने आजदेखि कालेबुङमा पनि औपचारिक उद्घाटन गरिएको...