शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
27 Jul 2013
गोटाफोको दिल्लीमुखी सम्मेलनमा राष्ट्रीय जनआन्दोलन गर्ने प्रस्ताव
Thrash finger at Morcha
Telangana nears D-day - Cong conveys decision to Andhra
26 Jul 2013
Consultations over, Time to take decision on Telangana :Congress
Madan Tamang case
Pestered, aged voter dies in queue - Family blames Trinamul quartet for forcing ailing septuagenarian to step out
Last round relief from north Bengal Reasons for a peaceful poll
25 Jul 2013
Dooars decider for Gurung today Plains test of Morcha’s statehood campaign
24 Jul 2013
Morcha at Shinde door
CM violence blame on multi-phase poll
आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल
शहीद कप फुटबल खेल
23 Jul 2013
Teesta & enclaves on Mamata lips - Treaties to happen with Bangladesh only if people want it, says CM
21 Jul 2013
जीटीए, विमल र विफलता
राजनीतिमा नेतृत्व तब विफल हुन्छ जब उसको कदम जनआकांशाविरूद्ध जान्छ| पहाडको वर्तमान राजनीतिमा मोर्चा अध्यक्ष विमल गुरुङले जीटीएमा सम्झौता गर्नु जनआकांशा विरोधी कदम भएकोले नै आज उनी विफलतातिर गइरहेको एकथरिका राजनैतिक जानकारहरूको मत छ| गोर्खाल्याण्डको नाममा आन्दोलन गर्दागर्दै राज्य अनि केन्द्र सरकारसित आम सहमति भएको जीटीए व्यवस्था दुइ-चारवर्षसम्म पनि थाम्न नसक्ने स्थितिमा पुगेकोले मोर्चाले हराउँदो जनसमर्थनको अभावमा नै गोर्खाल्याण्ड आन्दोलन गर्छु भन्नपरेको विपक्षका दलहरूको वयानले यसको पुष्टि गर्छ| मोर्चाभित्रकै बौद्धिक प्रकोष्टका धुरन्धरहरूबाट प्रेरित विमल गुरुङले जीटीएमा सम्झौता गरेपछि नै मोर्चा साङ्गठनिक रुपमा दुर्वल हुनपुगेको हो| यद्यपि, जीटीएबाट पहाडको सर्वाङ्गिन विकास हुने दावीमा मोर्चाले जीटीएलाई राज्यभित्रकै राज्यको दर्जा दिँदै पहाडबासीलाई ठूलै सपना देखाएकै हो| तर समय बित्दै जॉंदा विपरित शक्तिको रुपमा रहेको राज्य सरकारसितको बढ्दो दुरी अनि सम्झौताअनुसारको क्षमता प्रदान नहुनुको परिणामस्वरुप जीटीए नचल्ने दुवानी हुनपुग्यो| फलस्वरुप, जनतालालाई देखाएको सपना मोर्चाले पूर्ण गर्न सकेन| जनतालाई देखाएको ठूला-ठूला सपना पूर्ण नसकेको एउटा स्थिति, तेलङ्गना राज्य गठन हुनसक्ने सम्भावना, मौजा अन्तर्भुक्तिको मूद्दा, डुवर्सको पञ्चायत चुनाउ, पहाडमा विपक्षी शक्तिहरूको चलखेल, मोर्चाप्रति हराउँदो लोकप्रियता लगायतका कारणहरूले नै आज मोर्चालाई जीटीए त्याग्नुपर्ने वाध्यतामा पुर्याएको हो| हुन त यसभन्दा अघिपनि जीटीए छोडेर आन्दोलनमा जाने धम्की मोर्चाबाट नआएको होइन| तर सरकारबाट जीटीएलाई अझ क्षतताबान बनाउने आश्वासन आएपछि सेलाउने गरको मोर्चाको रणनीतिलाई यसचोटि पनि धेरैले विश्वास गर्न सकिरहेको छैन| गोरामुमोले छुट्टै राज्यको आन्दोलन गर्दागर्दै ग्रहण गरेको दागोपापले जनआकांशा पूर्ण गर्न नसकेपछि सुवास घिसिङ जसरी विफल भए त्यसरी नै आफूपनि विफल हुने डरले समयमा नै नफल्ने बनतरुल उखाल्नुपर्ने विमलले मन बनाएको हुनसक्ने पनि एकथरिका जानकारहरूको मत छ| गोरामुमो सत्तामा छँदा देशमा तीनवटा नयॉं राज्य उत्तराखण्ड, झारखण्ड र छत्तिसगढको गठन भयो| अब गोजमुमो सत्तामा हुँदा तेलङ्गना राज्य गठन हुने स्थिति छ| सुवास घिसिङ त्यसबेला मौन बसे तर विमल गुरुङ मौन बस्न चाहँदैनन्| किनभने, तेलङ्गना राज्य गठन भएको खण्डमा उनी मौन बसे पहाडमा मोर्चविरोधी लहर अवश्यै उठ्नैसक्छ| यसैले समयमा नै जनताको मुख बुच्याइउन जीटीए त्यागेर आन्दोलनमा जाने भन्ने उनको छुट्टै रणकौशल हुनसक्ने सम्भावना पनि छ| देशमा छुट्टै राज्य बनिननसक्ने परस्थिति नभएको भन्दै सरकारको सुझाउअनुसार ग्रहण गरेको जीटीए विफलतातिर लम्किरहेको छ| यदि जीटीए विफल भएको खण्डमा मोर्चाले फेरि गोर्खाल्याण्डको आन्दोलन गर्नसक्ने कुरामा पनि सन्देह छ| जीटीएलाई त्याग्ने मोर्चाको घोषणालाई विपक्षी दलहरूले सरकारसितको क्षमता बढाउने वार्गेनिङ पोइन्टको रुपमा हेरिरहेको छ| मोर्चा अध्यक्षले भन्दा अघि नै मोर्चाकै भातृ सङ्गठनहरूले जीटीए त्याग्नुपर्ने चाप दिनु पनि अध्यक्षकै निर्देशनमा भएको सरकारसित वार्गेनिङ पोइन्ट मात्र हुनसक्ने कुरालाई सहयोग पुग्छ| जीटीएको विफलता मोर्चाकै निम्ति मात्र नभएर राज्य अनि केन्द्र सरकारकै विफलता हुनजान्छ| जे जस्तै भएपनि गोर्खाल्याण्डको नाममा मोर्चा अनि विमल गुरुङको पहिलो अध्याय आज विफलतातिर ढकेलिँदो स्थितिमा छ|
कालेबुङमा शहीद कप शुरु सिक्किम पुलिस अनि सिलगढी विजयी
कालेबुङको शान र खेलप्रेमी स्थानीयबासीको ढुकढुकी बनिसकेको रोचक अनि प्रतिष्ठित शीहद कप फूटबल टुर्नामेण्ट आजदेखि मेला ग्राउण्डमा शुरु भएको छ| गोर्खाल्याण्ड आन्दोलनकालका शहीदहरूको नाममा शुरु गरिएको निक्कै लामो इतिहास बोकेको यो प्रतियोगिताको आयोजना कालेबुङ स्पोर्टस् एसोसिएसनले गरेको छ|
टुर्नामेण्टमा सिक्किम स्पोर्टस एकाडेमी, सिक्किम आर्मड पुलिस, हिमालश्री क्लब कालेबुङ, मर्निङ फुटबल क्लब बंग्लादेश, मेची फुटबल क्लब नेपाल, एसएसबी रानीडंगा, सुपर स्टार दार्जीलिङ, शेयर फुटबल क्लब, टीकेकेएस दार्जीलिङ, सिनाल्चु नाम्ची, केएफसी सिलगडी, जीआरसी कालेबुङ, अफ्रिकन-११, बीएसएफ जालन्धर लगायतका जम्मा १७ वटा आमन्त्रित दलहरूले अंंशग्रहण गरेका छन्| टुर्नामेण्टको आजको उदघाटनीय खेल समारोहमा सिप्सुकाण्डका शीहद विमला राईकी दाजु विमल राई मुख्य अतिथिको रुपमा उपस्थित थिए| अन्य अतिथिहरूमा दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशनका अध्यक्ष दावा लामा, इष्ट बंगालका कप्तान सञ्जु प्रधान, थुपदेन भोटिया डिपुटी डाइरेक्टर स्पोर्टस सिक्किम सरकार, प्रसिद्ध फूटबल खेलाडी तमु भाई गोजमुमो कालेबुङ महकुमा समितिका संयोजक नोर्देन लामा, सचिव कुमार चामलिङ, केएसएका सचिव ढेण्डुप भोटिया, सभापति उर्गेन लामा (मिनी) आदि उपस्थित थिए| ३ जुलाईका दिनसम्म चल्ने यस प टुर्नामेण्टका विजयी दललाई ट्रफी सहित नगद १ लाख अनि उपविजेता दललाई ५० हजार रुपियॉं प्रदान गरिनेछ| शहीद कपको आजको प्रारम्भिक अनि उद्घाटनीय खेल सिक्किम आर्मड पुलिस र सुपर स्टार दार्जीलिङको परस्पर खेलिएको थियो|
यस नकअउट टुर्मामेन्टको पहिलो खेलमा सिक्किम आर्मड पुलिसले सुपस्टार दार्जीलिङलाई १ को विरूद्ध ६ गोल दिएर एकतर्फी जीत हासिल गरेको छ| अर्कोतिर, दोस्रो खेलमा केएफसी सिलगढीले सिक्किम स्पोर्टस एकाडेमीलाई १ को विरूद्ध २ गोल गरेर विजय हासिल गरी दोस्रो चरणमा प्रवेश गरेको छ|
दोस्रो दिनको पहिलो खेल मंगलबार टीकेकएस दार्जीलिङ बनाम सिनाल चु नाम्चीमाझ अनि दोस्रो खेल यूकेएफसी खरसाङ अनि केएफएयूको परस्परमा हुनेछ|
स्मरण गराइन्छ, पोहर वर्ष शहीद कप टुर्मामेन्ट सम्पन्न हुन सकेन| अन्तिमपल्ट २०११ मा भएको खेलमा अम्पायर अनि खेलाडीहरूमाझ मैदानभित्रै भएक हतापाईले शहीद कपको गरिमामा गहिरो दाग लागेको थियो| यसचोटि अनुशासनवद्ध ढङ्गमा खेल सञ्चालन गर्ने आह्वान गर्दै जम्मै अम्पायरहरू कालेबुङ बाहिरबार निम्ताइएको छ|
GTF lauds youth initiative for Gorkhaland,GTA completes two Years
Moktan also appealed to all parties to come together saying “we have a vision where all parties come together to fight for statehood. We have tried to contact the GJM on this but to no avail. But since important wings of the GJM are now expressing the same vision, there has been a rekindling of hope”.