कालेबुङ 26 जुलाई :‘नयाँ राज्य नयाँ भारतको’ नारा लिएर आज गोर्खाल्याण्ड टाक्स
फोर्सले दिल्लीको कन्स्टीट्सूसन क्लबमा एउटा
राष्ट्रीय सङ्गोष्टीको आयोजना गरेको थियो। पूर्व लोकसभा स्पीकर पीए संगमाको
सभापतित्वमा सम्पन्न भएको उक्त सङ्गोष्टीमा देशमा अलग राज्यको माग गरिरहेका
क्षेत्रहरु बोडोल्याण्ड, त्रिपूरा, बुन्देलखण्ड
लगायत तेलङ्गना आन्दोलनका जनप्रतिनिधिहरु उपस्थित थिए। अलग राज्यको माग प्रति देशमा
राष्ट्रीयस्तरको मत सङ्ग्रह गरि सरकारमाथि छुट्टै राज्य निर्माणको निम्ति चाप
सृष्टी गर्नु नै उक्त सङ्गोष्टीको उदेश्य थियो। सङ्गोष्टीमा गोटाफो सचिव मुनीश
तामाङले हालको परिस्थितिमा देशमा नयाँ राज्य गठन गर्नाले देशको भलाई हुने कुरामाथि
जोड दिएका थिए। सङ्गोष्टीमा एनसीपीका सचिव डी पी त्रिपाठी, बीजेपी सांसद
चन्दन मित्रा,बीजेपी सचिव तापिर गऊ ,बरिस्ट पत्रकार
बी जी वेर्घेस,सी पी आई एम् एलका कविता कृष्णन आदिले उपस्थित
प्रतिनिधिहरुलाई सम्बोधन गर्दै देशको उन्नतीको निम्ति नयाँ राज्यहरु बनिनु पर्ने
मत राखेका थिए। दिल्लीमा
सम्पन्न सङ्गोष्टिमा गोर्खाल्याण्ड गठन लगायत देशमा अन्य स-साना राज्य गठनको पक्षमा चर्चा गरिएको गोटाफोका राष्ट्रिय सचिव मुनि, तामाङ्गले
बताएका छन्| दिल्लीबाट टेलिफोनिक कुराकानीमा गोटाफोका तामाङ्गले बताएअनुसार, भारतमा नयॉं राज्य गठनको पक्षमा
सङ्गोष्टिमा धेरै चर्चा परिचर्चा भएपछि महत्वपूर्ण
प्रस्तावहरू ग्रहण गरिएको छ| भारत सरकारले
नयॉं राज्य गठनको मागलाई धेरै गम्भिरतासाथ लिएको छैन| अलग राज्यको मागलाई भारत सरकारले गम्भिरतापूर्वक लिएर नयॉं नीति निर्माण गर्नुपर्ने प्रस्ताव लिएको छ| यसबाहेक,
अलग
राज्यको निम्ति भइरहेका आञ्चलिक
आन्दोलनहरूलाई राष्ट्रिय रुप दिनु आवश्यक छ| यसैलै यी आन्दोलनहरूलाई लिएर राष्ट्रिय जनआन्दोल गर्ने पनि सङ्गोष्टिमा आम
सहमति भएको छ| ‘अबको अलग राज्यको आन्दोलन
दिल्लीमुखी हुन आवश्यक छ| यसैले चॉंडै राष्ट्रिय
जनआन्दोलन शुरु गर्ने प्रस्ताव पनि आज लिइएको हो’-तामाङ्गले भने|
27 Jul 2013
गोटाफोको दिल्लीमुखी सम्मेलनमा राष्ट्रीय जनआन्दोलन गर्ने प्रस्ताव
Related Posts:
Fire kills 6 kids in a familyVIVEK CHHETRIDarjeeling, April 27: Six children, siblings aged between 2 and 12, were burnt to death when a fire broke out in their home in a remote Mirik village last night.The children were probably asleep at the time when … Read More
Hong Kong home for Chronicles croonersNIRMAL MANGARThe band members in Hong Kong on Thursday. Telegraph pictureGangtok, April 27: Rock band Girish N the Chronicles has relocated to Hong Kong after bagging a contract to play in the pub circuit there.The four-membe… Read More
Student held for impersonation - Examinee falls ill, tells junior to write paper at Siliguri CollegeSiliguri, April 27: A second-year Nepali (honours) student of Siliguri College was caught writing a university examination for his senior today.While Jeet Kumar Rai was arrested for cheating and impersonation, police are look… Read More
Dooars ‘success’ fuels relay fast plan Hunger strike to keep tempo aliveVIVEK CHHETRIDarjeeling, April 27: The Gorkha Janmukti Morcha, which believes that its Dooars movement has been “successful in generating enough enthusiasm”, is likely to start a relay hunger strike and low-scale rallies acro… Read More
Welfare nod for tea labourCalcutta, April 27: A cabinet sub-committee today cleared a proposal to extend panchayat benefits to tea garden workers in the Dooars.Chief minister Mamata Banerjee has appointed a panel headed by home secretary Basudeb Baner… Read More
0 comments:
Post a Comment