कालेबुङ,24 जुलाई: कालेबुङको मेला ग्राउण्डमा हाल सम्पन्न
भइरहेको शहीद कप फुटबल खेलले यहाँका फूटबल प्रेमी दर्शकहरुलाई उचित मनोरञ्जन दिइरहेको छ। जम्मा 17 वटा
टोलीले उक्त प्रतियोगितामा भाग लिएको छ। यस शहीद कप
फुटबल प्रतियोगिताको फाइनल खेल आगमी 3 अगस्तको दिन हुनेछ। फूटबल प्रेमी दर्शकहरूको भीड़बीच आज कञ्चनजंघा क्लब सिलगड़ी
वनाम जीआरसी कालेबुङबीच खेल सम्पन्न भयो।
जसमा 1 को विरूद्ध 3 गोल गरेर कञ्चनजंघा सिलगड़ी विजयी बनेको छ। प्रतियोगिताको दोस्रो खेल सिक्किम पुलिस वनाम
शेयर क्लब कालेबुङबीच सम्पन्न भएको थियो।
दुवै टोलीले 1-1 गोल गर्दा 90 मिनटमा खेल बराबर हुँदा खेलको
चुढान्त निर्णय ट्राइब्रेकर मार्फत् गरियो। जसमा शेयर क्लब कालेबुङ विजयी बनेको छ। शहीदहरूलाई
श्रद्धाञ्जलि अर्पण गर्न कालेबुङ खेलकूद
संस्थाले प्रतिवर्ष शहीद कप फूटबल प्रतियोगिताको आयोजना गर्ने गर्दछ। यस शहीद कप
फूटबल प्रतियोगिताको समापनपछि आगमी 5 अगस्तदेखि स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता शुरू हुने केएसएका सचिव ढेण्डुप भोटियाले जनाएका
छन्। आयोजक पक्षको भनाइअनुसार यसवर्ष सिक्किम, नेपाल, बंगलादेश, दार्जीलिङ, खरसाङ, कलकत्ता आदिका टोलीले प्रतियोगितामा भाग लिइने समभवना रहेको छ।
24 Jul 2013
शहीद कप फुटबल खेल
Related Posts:
मानेको पातमा जनता र चलखेल Manoj Bogati कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मद… Read More
Arrest fury leads to hill boycott RAJEEV RAVIDAS Darjeeling, Jan. 23: Most of the GTA Sabha members who had been jailed in the wake of the latest round of statehood movement and released on bail stayed away from all three events attended by Mamata Ban… Read More
Cross-border literary interaction prog KALIMPONG 23 Jan 2014 Kalimpong-based literary group Sadak Kavita will host a literary function on January 25 at Saptashree Gyanpith School. Programme coordinator Pradip Lohagun said the event called ‘Kavya Samvad’ is… Read More
SDF leader injured in clash with SKM Gangtok 23 Jan 2014 A clash between the Sikkim Democratic Front and Sikkim Krantikari Morcha on Wednesday evening has left SDF Organisation Secretary Avinash Yakha injured. The clash reportedly took place when Yakha w… Read More
काव्य संवाद र तुम्खेवाको एकल कविता कालेबुङ, 23 जनवरी। कालेबुङ सडक कविता समूहद्वारा 25 जनवरीको दिन काव्य संवाद एंव नेपालका कवि विमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको छ। संयोजक प्रदीप लोहागुणले बताए अनुसार नेपाल -भारतका युवा कविहरूविच काव्य… Read More
0 comments:
Post a Comment