Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Apr 2014

गोर्खा भारती विचार मञ्चको चुनाउ आयोगमा आपत्ती

कालेबुङ, 16  अप्रेल।
एकातिर भारतवर्षलाई विश्वको सबैभन्दा महानतम् गणतान्त्रिक राष्ट्र भनेर देशवासीहरूले नाक घोक्र्याउँछन् अनि गणतन्त्रको सबैभन्दा ठुलो पर्वको रुपमा चुनाउलाई मान्छन्।
लोकतन्त्रको मूलाधार नै चुनाउ हुनाले सम-सामयिक रुपमा सम्पन्न हुने मतदानहरूलाई सफलतापूर्वक अनि सार्थकतासित सञ्चालित गराउन चुनाउ आयोगले अर्बौँ रुपियाँ खर्चेर देशवासीहरूलाई मताधिकारको प्रयोग गर्ने विषयमा जागरुक गराउँछ भने अर्कोतिर कतिपय यस्ता व्यक्तिहरू जसलाई युवाहरूले आफ्नो आदर्श ठान्ने गर्छन् उनीहरू देशबाहिर गएर मनोरञ्जनात्मक कार्यक्रमहरूमा भाग लिइरहेका हुन्छन्। यसै विषयलाई मध्यनजर गरेर गोर्खा भारती विचार मञ्चले आज १६ अप्रेलका दिन भारतको चुनाउ आयोगसमक्ष आपत्ती जाहेर गर्दै पत्राचार गरेको छ। गोभाविम-ले चुनाउ आयोगलाई पठाएको इ-गुनासोमा आजदेखि शारजाहमा सम्पन्न भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेटप्रति ध्यानाकर्षण गरेको छ। आईपीएल महत्त्वपूर्ण हो कि राष्ट्रिय चुनाउ भन्ने शिर्षकमा गोभाविम-का चिन्तक सी.के. श्रेष्ठले प्रश्न तेर्स्याउँदै भनेका छन्, प्रत्येक राष्ट्रिय चुनाउले हामीलाई विश्वको सबैभन्दा महान् अनि शक्तिशाली गणतान्त्रिक देशको नागरिक हुन पाएकोमा गर्व गराउँदछ। चुनाउको माध्यमद्वारा नागरिकहरूले राष्ट्रिय प्रशासनमा सहभागी हुन पाउँछन्। यसपालि पनि चुनाउ आयोगले विभिन्न सरकारी अनि गैर-सरकारी सङ्गठनहरूसित मिलेर संयुक्त रुपमा देशको प्रत्येक नागरिकले मतदानमा अधिकभन्दा अधिक भाग लिएको सुनिश्चित गर्न भरमग्दुर प्रयास गरिरहेको छ। यसपालिको चुनाउमा अधिकाधिक युवा मतदाताहरूले अंशग्रहण गर्ने सम्भावना पनि देखा परेको छ। तर अर्कातिर एउटा पीड़ादायक स्थिति के छ भने देशका विभिन्न आदर्श मानिएका युवाहरू विवादग्रस्त आईपीएल खेलको कारण अनुपस्थित रहनेछन्। गोभाविम-को सोचमा यो देशको त्यस विचारधाराको विरोधाभास हो जुन विचारधाराले युवाहरूको चुनाउमा अंशग्रहणलाई बढ़ाउने दिशामा कार्य गरिरहेको छ। यति मात्रै होइन यी युवा खेलाड़ीहरू समयसमयमा भारतका मतदाताहरूलाई अधिकाधिक मतदान गर्ने अपिल गर्दै आफै विज्ञापनमा अनुहार देखाइरहेका हुन्छन्। के आईपीएल भारतको चुनाउभन्दा अधिक महत्त्वपूर्ण अवसर हो? तर यस विषयमा भारतका मिडिया हाउसहरू पनि चुप बसेका छन्। गोभाविम-को विचारमा राष्ट्रिय चुनाउ बर्सेनी पालन गरिने चाड़बाड़ होइन। पाँच वर्षमा सम्पन्न हुने यस गणतान्त्रिक अभ्यास अनि आईपीएल जस्ता म्याचहरूका तालिकालाई सबैको सुबिधालाई मध्यनजरमा गरेर प्रबन्धन गर्न सकिन्थ्यो कि? किन चाहिँ ती भारतीय क्रिकेट खेलाड़ीहरू जो यस देशका राष्ट्रिय पुरस्कार प्रापकहरू पनि हुन् उनीहरूलाई अनि क्रिकेट टोलीसित विदेश पुग्नुपर्ने तकनिकी सहायकहरू, प्रबन्धकहरू, प्रशंसकहरू, दर्शकहरू, पत्रकारहरूलाई उनीहरूको मतदानको अधिकारबाट वञ्चित गराउनु? गोभाविम चुनाउ आयोगलाई हार्दिकतासित अनुरोध गर्दै यसबारे उचित ध्यान दिएर सम्बन्धित पक्षसित वार्तालाप गरेर निकट भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि पदक्षेप ग्रहण गर्ने आग्रह गर्दछ। यसो गरेर आयोगले देशको राष्ट्रिय हितलाई केवल एक मनोरञ्जनसित साट्ने छैन भनी गोर्खा भारती विचार मञ्च विश्वास राख्दछ। विचार मञ्चले प्रेषित गरेको उक्त गुनासोलाई चुनाउ आयोगले आफ्नो आपत्ती सङ्ख्या डब्ल्यूबी ३/२२/२८८०७५ दिनाङ्क १६ अप्रेलमा दर्ता गरेको छ अनि आगामी १५ दिनभित्र यसबारे उचित प्रत्युत्तर पठाउने प्रतिश्रुति दिएको छ।

Related Posts:

  • School for rock guitar RAJEEV RAVIDAS Lepcha (third from left) with some of his students in the music school in Kalimpong on Sunday. Picture by Chinlop Fudong Lepcha Kalimpong, May 13: If you have been toying with the idea of playing th… Read More
  • ‘Special’ exam for hill ad hoc teachers Harka Bahadur Chhetri Calcutta, May 11: The Bengal government has decided to hold a “special” school service commission examination” to regularise the appointment of 279 teachers who had been recruited on an ad ho… Read More
  • Hill model for J&K SANKARSHAN THAKUR New Delhi, May 11: The centrally appointed Jammu and Kashmir interlocutor group has recommended cascading devolution of powers to the Jammu and Ladakh regions on the lines of the Gorkhaland Territor… Read More
  • Linguistic data elude territory panel - Sen committee seeks mouza-wise census, Union home ministry sits on request VIVEK CHHETRI Darjeeling, May 11: The Shyamal Sen committee is unlikely to submit its report on the territorial jurisdiction of the Gorkhaland Territorial Administration by the first week of June as it is yet to rece… Read More
  • Models villages in controversy RANGPO-8TH MAY12 The concept of state government to make the first modal village of the state in kameray under rhenock constituency comes in a big question mark among the villagers .according to the news when the concept w… Read More

0 comments: