कालेबुङ 19 अगष्ट
चोरी गरेको आरोपमा
आज कालेबुङ पुलिसले यहाँको इष्टमेन रोडबाट चारजना युवाहरुलाई पक्राउ गरेको छ। इष्टमेन
रोडमा अवस्थित इडेन गार्डन स्कूलको हस्टेलबाट सिलिन्डर अनि अन्य आवश्यक
सामाग्रीहरु चोरी गरेको आरोपमा पुलिसले रोशन खवास, शिव सुब्बा, माइकल राई अनि
छिरिङ तामाङलाई आज बिहान पक्राउ गरेको हो। कालेबुङ थाना शुत्रबाट प्राप्त भएको
जानकारी अनुसार प्रमुख आरोपी रोशन खवास रहेको छ भने चोरी गरिएको सामाग्रीहरु पुलिसले
शिव सुब्बाको घरबाट उद्धार गरेको हो। चोरी काण्डमा माइकल राई अनि छिरिङ तामाङले
सहयोग पुर्याएको पुलिस शुत्रको भनाइ छ। यता आरोपी छिरिङ तामाङ विरुध न्यायलयले
अघिबाटै ड्रग्स मामिलामा वारंट जारी गरेको थियो। उक्त चारैजना आरोपीहरुलाई पुलिसले
आज कालेबुङ कोर्टमा पेस गरेको थियो। कोर्टले प्रमुख आरोपी रोशन खवासलाई दुइदिनको
पुलिस हिरासतमा पठाएको छ भने अन्यलाई न्यायिक हिरासतमा लिएको छ।
0 comments:
Post a Comment