23 Aug 2013
Home »
News
» सरकारको नीतिको विरोधमा क्रामाकपाको जुलूश, मोर्चा नेताहरुलाई विनाशर्त रिहा गरिनु पर्ने दलको मांग
सरकारको नीतिको विरोधमा क्रामाकपाको जुलूश, मोर्चा नेताहरुलाई विनाशर्त रिहा गरिनु पर्ने दलको मांग
कालेबुङ 22 अगष्ट :
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी कालिझोडा शाखाले आज क्षेत्रमा एउटा जुलूश निकालेर राज्य सरकारको दमन नीतिको विरोध जनाएको छ। क्रामाकपा कालिझोडा शाखाका सचिव दिलु लोहारले जारी गरेको एउटा प्रेस विज्ञाप्ती अनुसार गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिले घोषणा गरेको घर-बाहिर जनता कार्यक्रम पालन गर्दै आज राज्य सरकारको नीतिको विरोधमा क्षेत्रमा जुलूश निकालेको हो। तर, उक्त जुलूशमा क्षेत्रका मोर्चा प्रतिनिधि अनि कार्यकर्ताहरुले भने साथ नदिएको विज्ञ्याप्तीमा उल्लेख गरेको छ। शहर परिक्रमा पछि क्रामाकपा समर्थकहरुको जुलूश बस स्ट्याण्डमा पुगेर एउटा पदसभामा परिणत भएको थियो। पदसभालाई सम्बोधन गर्दै गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा सचिव अरुण घतानीले पुलिस प्रशासनले पक्राउ गरेको मोर्चा नेताहरुलाई विनाशर्त रिहा गर्नु पर्ने माग गरेका छन्। तिनले हाल गोर्खाल्याण्डको माग कुनै एक दलको मुद्दा नरहेर जनताको मुद्दा भएकोले गोर्खाल्याण्ड राज्य चहाने सम्पूर्ण गोर्खा जाति कुनै प्रकारको झण्डा बिना नै सड़कमा उत्रीनु पर्ने अपिल गरेका छन्। अबको आन्दोलनमा कुनै प्रकारको सम्झौता नहुने तिनको भनाइ रहेको प्रोस विज्ञ्याप्तीमा उल्लेख छ। अन्य विभागका कर्माच्रीहरुले आन्दोलनलाई समर्थन गरिरहेको समय एनचपीसी स्टेज 3 अनि 4 का कार्यालयहरु भने खुल्ला रहेकोले तिनीहरुलाई गोर्खाल्याण्ड विरोधीको संज्ञ्या दिँदै राज्य सरकारले पहाडमा भय र संत्रास फैलाउने काम गरिरहेको तिनले आरोप लगाएका छन्। कालिझोड़ामा आज सम्पन्न भएको उक्त पदसभा अनि जुलूशमा गक्रायुमो अनि गक्रानामोका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो पदसभालाई गोक्रायुमो नेताहरु आनन्द घतानी, भरत छेत्री, राजेश प्रधान, शङ्कर शर्मा, पुरण बसोर आदिले सम्बोधन गरेका थिए।
Related Posts:
मेक्स वाहन राष्ट्रीय राजमार्गमा दूर्घटनाग्रस्त14 जून (कालेबुङ):- नाम्चीबाट गान्तोकतिर गइरहेको एउटा मेक्स वाहन राष्ट्रीय राजमार्गमा दूर्घटनाग्रस्त भएर टिस्टामा पस्दा वाहनमा सवार कूल आठजना मध्ये सातजना लापता बनेका छन भने एकजनाले वाहनबाट हाम फालेर आफ्नो ज्यान जोगाएका छन। एस… Read More
Ghisingh’s ‘delayed’ suit in court Subash Ghisingh at Calcutta High Court on Thursday. Picture by Bhubaneswarananda Halder… Read More
Sikkim nursing aspirants stuck in Bengal red tape - Physics and chemistry still in rule book for admission to hospital courseNIRMAL MANGARGangtok, June 14: Around 200 students who opted for healthcare science in Class XII can’t apply for general nursing course because of the West Bengal Nursing Council’s insistence that admissions would be given on… Read More
Justice Sen: My judgement was based on Constitution, law and conscienceTAPAS GHOSHCalcutta, June 12: Justice Shyamal Sen, who led the committee that recommended changes to the territorial reach of a new Darjeeling set-up, has told The Telegraph his judgement was based on the “Constitution, the l… Read More
Gurung warns hills of ‘shrewd’ lady Morcha chief rules out result at meetVIVEK CHHETRI Morcha chief Bimal Gurung addresses party workers at G… Read More
0 comments:
Post a Comment