कालेबुङ, 14 नोभेम्बर (प्रदीप)ः अहिलेसम्म मोर्चा नेता र कार्यकर्ताहरूविरुद्ध
मात्र प्रयोग भइरहेको राज्य सरकारको कार्वाहीको हतियार अब गोरामुमो नेताहरूमाथि
पनि उठ्न शुरु भएको छ। राज्यको तृणमूल सरकार र मोर्चाबीचको सम्बन्धमा सुधार आएपछि
अब मोर्चाविरोधी दलका नेताहरू सरकारको तारोमा पर्न थालेका छन। यही क्रममा आज गोरामुमोको
कालेबुङ शाखाका संयोजक मौरिस कालीकोटेलाई कालेबुङ पुलिसले आफ्नो नियञ्त्रणमा लिएको
छ। आज अपरान्ह इष्टमेन रोडस्थित आवासबाट तिनलाई पुलिसले पक्राउ गरेको थियो। कालेबुङका
अतिरिक्त पुलिस अधिक्षक डा के कन्ननले यी गोरमुमो नेताको पक्राउको पुष्टि गरेका
छन। कालेबुङका बिभिन्न क्षेत्रहरूमा गोरामुमो कार्यकर्ताहरूको संगठित चहलपहल र
झण्डा लगाउने क्रियाकलापहरूमा जोडेर कालीकोटेलाई पक्राउ गरिएको छ। विशेष गरी गत 11
नोभेम्बरक दिन अलगडा क्षेत्रमा गोरामुमो कार्यकर्ताहरूले प्रशासनिक अनुमति नलिई जुलुसको
आयोजना गर्नका साथै झण्डा लगाउने काम गरेर वातावरन तनाउपूर्ण बनाएको भन्दै पुलिसले
एउटा सुमोटो केस दर्ता गरेको थियो। यसै मामिलामा तिनलाई आज पक्राउ गरिएको
थानासूत्रले जनाएको छ। तिनलाई आज कालेबुङ थानामै राखिएको छ। आज अपरान्ह पक्राउ
गरिएको भए पनि तिनलाई आज कालेबुङ कोर्टमा चलान गरिएन। भोलि तिनलाई चलान गरिने
जानकारी पाइएको छ। तिनीविरुद्ध भारतीय दण्ड संहिताको धारा 143/186 अनि 506अन्तर्गत
मुद्दा दर्ता गरिएको छ। घटनाको सूचना पाएपछि दलका वरिष्ठ नेता सीके कुमाईसहित केही
कार्यकर्ताहरू साँझ तिनलाई भेट्न थाना पुगेका थिए। मोर्चाको उदय भएपछि लामो
समयसम्म सिलगढीमा आश्रय लिएर बसेका मौरिस कालीकोटे केही दिन अघि मात्र कालेबुङ
भित्रिएका हुन।
15 Nov 2013
गोरामुमो नेता मौरिस कालीकोटे पक्राउ
Related Posts:
GTA portfolios for executive 14Darjeeling, Aug. 10: Bimal Gurung today allocated departments to all 14 executive members of the GTA Sabha but even then all the subjects have not yet been covered.Binay Tamang, the assistant secretary of the Morcha and an ex… Read More
Hero of security GuardRANGPO-10 AUGUST 12 The two hero of the fifth July incident named Mr. ashok Sharma and Mr. ganapati Sharma security guard of golden cross pharma rodathang east Sikkim was felicitated yesterday by the ex service man cooperativ… Read More
Morcha RS seat plea to MamataVIVEK CHHETRI Darjeeling, March 13: The Gorkha Janmukti Morcha will write to Mamata Banerjee for Trinamul help to get its candidate elected to the Rajya Sabha, holding up hill sentiments to apply pressure on the chief minist… Read More
Bank official found deadGangtok, Aug. 10: A bank manager was found hanging at his rented house at Rhenock in East Sikkim this morning. Biplab Das, 47, a resident of Barrackpore near Calcutta, was the manager of Central Bank of India’s branch at Rhen… Read More
Poll rules ready, GTA Act todayCalcutta, March 13: The state government today finalised the rules for elections to the Gorkhaland Territorial Administration, a day before the GTA Bill is enacted through notification.The Bill, which received Presidential as… Read More
0 comments:
Post a Comment