13 Jul 2013
भानु जयन्ति : मुख्यमन्त्रीको घोषणा र राजनीति
डी के वाइबा, कालेबुङ 13 जुलाई। “आदिकवि भानुभक्त प्रति मेरो हृदयबाट प्रणाम छ। आगमी वर्षदेखि तिनको 200 औँ जन्मदिवस कवि रविन्द्र नाथ ठाकुरको झै एकवर्ष राज्य व्यापी रुपमा पालन गरिनेछ। तिनको 199 औँ जन्मदिवस देखि यो कार्यक्रम सुरु भएर 200 औ जन्मदिनमा समापन हुनेछ। प्रत्येक खण्डहरुमा आदिकवि भानुभक्तको जन्मदिवस हामी पालन गर्नेछौँ” गत वर्ष यहाँको रामकृष्ण रङ्गमञ्चमा आयोजित आदि कवि भानु भक्तको 198 औँ जन्म जयन्तिलाई सम्बोधन गर्दै बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीले उक्त कुरा भनेको आज ठिक एकवर्ष पुरा भयो। मुख्यमन्त्रीको घोषणा घोषणामा नै सिमित बनेको छ। जीटीए चुनावको छेकमा आएर गोजमुमो पार्टीसंग बिग्रिरहेको सम्बन्ध पुन: सुमधुर बनाउँने मुख्यमन्त्री ममता ब्यानर्जीले आदिकवि भानुभक्तको जन्मदिवसलाई मध्यनजर राखेर पहाडका आम मानिसहरुसंग आदिकविलाई श्रद्धा जनाउँने मुख्यमन्त्रीको घोषणा गोहीको आँसु नै बनेको छ। आदिकवि भानुभक्तको दुईसय औँ जन्म शतवार्षिकी राज्याव्यापी पालन गरिने घोषणा हुँदा कार्यक्रममा उपस्थित आम मानिसहरु संगै गोजमुमो महासचिव रोशन गिरी, कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री लगायत अन्य नेताहरुले थप्पडी मारेर ममता व्यानर्जीको गुन गान गाए। तर समयको गतिशिलतामा मुख्य मन्त्रीको भाषण भाषणमा मात्र सिमित बन्दा भने कार्यक्रममा ममता ब्यानर्जीको गुनगान गाउँने नेताहरु अहिले मौनता अप्नाएर बसेका छन। मानौ भानु जयन्तिको शतवार्षिकी मनाउँने मुख्यमन्त्रीको घोषणा ती नेताहरुलाई थाह नै छैन। घरी घरी राजनीतिको शिकार बन्दै आईरहेको आदिकवि भानुभक्त र भानुजयन्ति माथी एकजना राज्यका मुख्यमन्त्रीले गरेको घोषणा केवल राजनैतिक भाषण मात्र नहोस भन्ने आम मानिसहरुको चाहना राखिरहेको समयमा तिनको घोषणा पनि केवल राजनैतिक स्वार्थ पूर्ति भाषणमा सिमित बनेको वर्षदिनव्यापीको सट्टा एक दिने भानु जयन्तिले नै स्पष्ट पारेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै भानु जयन्तिको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले नेपाली भाषामा बोल्दै “तपाईहरु कस्तो हुनुहुन्छ ?” भन्दै तिनले आफु पहाडमा राजनीति गर्न नआएको घोषणा नै गरेकी थिईन तर तिनको घोषणा एकवर्ष पछि पनि पुरा नहुँदा राजनीतिकै निम्ति पहाड चडेकी थिईन भन्ने पनि स्पष्ट बनेको छ। राज्यमा परिवर्त आएपछि आफ्नो सरकारले भाषा साहित्य, संस्कृति, कला आदि क्षेत्रहरुमा बहुमूल्य योगदान दिने सम्मानीय व्याक्तिहरुको सम्मान गर्ने कार्य गरिरहेको दाबी गर्दै महान व्यक्तिहरुको सम्मान गर्दा कुनै पनि जातिको पहिचान अनि संस्कार र संस्कृतिको संक्षण हुने ममता ब्यानर्जेले कार्यक्रममा बताएर पहाडवासीबाट वाह ! वाह ! लुटेर गए पनि आखिरमा तिनले सम्मानको साटो आदिकविको नाउँमा राजनीति गरेर अपमान गरेको पहाडवासीले एकवर्षपछि महसुस गरिरहेका छन। यति मात्र होईन तिनले कार्यक्रममा मङ्पूमा नेपाली एकाडमी खोल्ने घोषणा समेत गरेकी थिईन तर आज तिनको घोषणाहरु केवल घोषणामा सिमित बनिरहेको कारण मुख्यमन्त्रीले पहाडवासीलाई आश्वासनको पोका थमाएर राजनीति गरिरहेकी छिन भन्ने स्पष्ट बनिरहेको छ।
Related Posts:
Baha’i School Tadong has brought laurels to the state by excelling inSANJAY AGARWAL –RANGPO-14TH AUGUST 12 Baha’i School Tadong has brought laurels to the state by excelling inthe REGIONAL LEVEL CBSE SCIENCE EXHIBITION 2012 held at GEMS NPSInternational School, Guwahati from August 9 – 10. Fou… Read More
Lone opposer Subba refuses to stand backKalimpong, July 23: Sanchabir Subba, the Independent candidate from Gidabling-Nimbong in Kalimpong, is the only person standing between the Gorkha Janmukti Morcha and its dream of a clean sweep in the GTA elections right now.… Read More
भारतीय नेपाली वरिष्ट कवि मनप्रसाद सुब्बाले राहतको सास लिँदै अब नेपाली कविता बॉंच्न सक्ने घोषणा गरेका छन्। युवा कविहरूले दार्जीलिङमा आयोजना गरेको कविता र विचार नामक अन्तरक्रियात्मक कवि गोष्ठीमा मनप्रसाद सुब्बाले यस्तो घोषणा गरेका हुन्। तिनी टिप्पणीकारकोरुपमा उपस्थित थिए। अब युवाहरूले कवितालाई बँचाएर लैजाने विश्वास तिनमा रहेको जनाए… Read More
Trinamul campaign in hillsVIVEK CHHETRI Darjeeling, July 26: Trinamul Congress leaders in the hills are conducting low-key campaigns in their constituencies despite party chief Mamata Banerjee’s announcement that they will “withdraw” from the GTA elec… Read More
GTA portfolios for executive 14Darjeeling, Aug. 10: Bimal Gurung today allocated departments to all 14 executive members of the GTA Sabha but even then all the subjects have not yet been covered.Binay Tamang, the assistant secretary of the Morcha and an ex… Read More
0 comments:
Post a Comment