7 Jul 2013
गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमा
डी के वाइबा, कालेबुङ 6 जुलाई। “मैले बाहिर बसेर धेरै कार्य गरे। देशका धेरै ठूला नेताहरु देखि लिएर मन्त्रीहरु साथै आन्तरिक सुरक्षा समितिका सदस्य समेत बनेर कार्य गरे। अब आफ्नो जाति र समाजको निम्ति काम गर्ने बिचार जागेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति काम गर्ने चाह बडेको छ। यदि जनताको निम्ति काम गर्न सांसदको निम्ति चुनाव लड्न भनेर आम जनता लगायत सबै राजनैतिक पार्टीहरुले भन्छन भने त्यसको निम्ति म तयार छु” – उक्त कुरा प्रो महेन्द्र पी लामाले भनेका हुन। राजनीति र राजनैतिक पार्टीहरुदेखि टाडा बसेर घरी घरी छुट्टै राज्य गोर्खाल्याण्डको वकालती गर्ने प्रो महेन्द्र पी लामाले आखिरमा छुट्टै राज्यको मुद्दालाई टुङ्गो लगाउँन मैदानमा ओर्लिने निश्चय गरेका छन। तिनले आगमी 2014 मा हुने लोकसभा चुनावलाई मध्यनजर राखेर यदि छुट्टै राज्य गोर्खाल्याण्ड चाहने आम जनताले आगमी लोकसभा चुनावमा सांसदका रुपमा आफुलाई खडा हुने आह्वान गरे आफु तयार रहेको स्पष्ट पारेका छन। यद्यपी तिनले सांसदको निम्ति आफुलाई सम्पूर्ण जनता, राजनैतिक पार्टी, सामाजिक संघ संस्थाहरुको सहयोग हुनपर्ने अनि यसमा आम सहमति हुनपर्ने बताएका छन। तिनले गोर्खाल्याण्डको मुद्दालाई निष्कर्षमा पुर्याउँन यसपल्ट गोर्खाल्याड चाहने सबै राजनैतिक दल, सामाजिक संस्था लगायत आम जनताले जात, धर्म र रंग हेर्न नहुने बताउँदै जनताले चाहेको खण्डमा आफु राजनैतिक पार्टीको टिकटमा नभएर निर्दल प्रार्थीको रुपमा खडा हुने घोषणा नै गरेका छन। दार्जीलिङ पहाडको राजनीतिमा एका एक आगमी लोकसभा चुनावमा जनताले चाहेको खण्डमा खडा हुने बिचार प्रकट गरेपछि अहिले प्रो महेन्द्र पी लामा चर्चाको बिषय बनेका छन। पहाडको राजनीतिमा अचानक खैलाबैला मच्चाउँने प्रो लामा आज कालेबुङ आईपुगेका थिए। यस अवधी तिनले पत्रकारहरुसंग कुराकानी गर्दै जनाताले चाहे निर्दल प्रार्थीको रुपमा खडा हुने आफ्नो अडान स्पष्ट पारेका छन। आज कालेबुङ आईपुगेका लामाले आफ्ना साथीहरुलाई भेटघाट गर्न आएको बताउँदै आगमी लोकसभा चुनावलाई लिएर प्राराम्भिक कसरत गर्न आएको होईन भने।
“हामीले के गर्न सक्छौँ भन्ने कुरामा ध्यान दिईरहेका छौ। बिगतका दिनहरुमा जे भयो भयो तसलाई भुलेर अघि बड्न आवश्यक छ। हाम्रो समय धेर छैन। भविष्यमा आफ्नो जाति, क्षेत्र र राष्ट्रको निम्ति के गर्न सक्छौ भनेर अब लागी परेका छौँ” प्रो लामाले भने। छुट्टै राज्य गोर्खाल्याण्डको सपना साँचेर आफु पनि यसै क्षेत्रमा हुर्किएको बताउँदै अहिले धेरै मानिसहरुले आगमी लोकसभा चुनावमा उठेर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा अघि बडाउँने आह्वान गरिरहेको तिनले अझ बताएका छन। यस सन्दर्भमा यदि जनताले नै आफुलाई चाहंछन भने “नाई” भन्न सक्दिन भने। छुट्टै राज्यको मुद्दालाई लिएर दार्जीलिङ पहाडबाट चुनावमा जितेर राष्ट्रिय स्तरका नेताहरु गए पनि उनीहरुले संसदमा अहिलेसम्म मौनता अप्नाएर बसेको तिनले एक प्रश्नको उत्तर दिदै भने। “छुट्टै राज्य गठनको निम्ति सरकारलाई बुझाउँने कार्य गर्न सक्छु। मैले सरकारसंग धेरि कार्य गरेको कारण यस मुद्दालाई ठिक ठाउँन पुर्याउँन सक्छु भन्ने म आफैलाई विश्वास छ। अहिलेसम्म हाम्रो मुद्द ठिक ठाउँमा ठिक तरिकाले ठिक समयमा पुर्याउँन हामी असमर्थ बनेका छौँ। यदि सांसद भए अझ मुद्दालाई अघि बडाउँन टेवा पुग्नेछ अनि हामेले छुट्टै राज्यको दिर्घकालीन समाधान निकाल्न सक्नेछौँ” प्रो लामाले भने।
पत्रकारहरुसंग कुराकानी गर्दै तिनले छुट्टै राज्यको निम्ति अब आफुले सामाजिक उत्तरदायित्व पूरा गर्ने समय आएको पनि बताएका छन। यस अवधी आगमी लोकसभा चुनावमा निर्दलीय प्रार्थीका रुपमा खडा हुने मनाशय बनाएको समयमा यदि कुनै पनि राष्ट्रिय स्तरका राजनैतिक पार्टीहरुले सांसदको टिकट दिए के गर्नुहुन्छ भनि तिनलाई प्रश्न गर्दा तिनले भने – “म शुरु देखिनै कुनै राजनैतिक पार्टीमा सम्बद्ध छुईन। यसभन्दा अघि पनि मलाई सांसदको निम्ति राष्ट्रिय स्तरका पार्टी लगायत क्षेत्रिय स्तरका पार्टीहरुले सोधेकै हो। यद्यपी आफु राजनैतिक पार्टीबाट टाडा भएको कारण अनि निर्दलीय भएर पनि काम गर्न सकिन्छ भन्ने विश्वास भएकै कारण कुनै पनि राजनैतिक पार्टीको टिकटमा नउठेर निर्दलीय लड्ने नै निर्णय गरेको हो”। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन निर्दलीय प्रार्थीको रुपमा जनताले चाहे चुनाव लड्ने घोषणा गरे पनि एउटा राजनैतिक पार्टी गठन गर्ने सोंच भने नरहेको स्पष्ट पारेका छन। एउटा निर्दिष्ट लक्ष्य लिएर अघि बड्दा कसले कसैलाई गाली गर्ने र नराम्रो व्यवहार गर्न नहुने बताउँदै सबै राजनैतिक पार्टी लगायत संघ संस्था एक हुन अति आवश्यक रहेको तिनले दोहोर्याएका छन। यस अवसरमा तिनले आगमी दिनहरुमा पहाडको सत्तसिन पार्टी गोजमुमो लगायत अन्य राजनैतिक दल, गैरराजनैतिक संगठन, धार्मिक संगठन सबैसंग पत्रचार गरेर भेटघाट गर्ने जानकारी दिएका छन।
Related Posts:
Hill accidentSiliguri, Aug. 20: A Tata Sumo carrying seven people from Gangtok and bound for Siliguri rolled off NH31A in Kalimpong tonight.The driver of the car is missing and the six passengers are injured. They have been admitted to Ra… Read More
After Bangalore, Northeast people flee Mysore, MangaloreBANGALORE: Appeals and assurances of safety by the Karnataka government notwithstanding, people from northeast continued to flee the state in hordes for the third consecutive day on Friday, driven by rumours of impending atta… Read More
Nepali deadlineDarjeeling, Aug. 20: The Gorkha Janmukti Vidyarthi Morcha today set a 20-day deadline for all advertisers in the hills to write hoardings in Nepali, failing which it would pull down the billboards.The student wing of the Gork… Read More
Gurung gives team a year to deliverDarjeeling, Aug. 19: Bimal Gurung has warned 14 executive members of the GTA Sabha that he would not hesitate to replace them if they failed to perform in a year.Gurung, the GTA chief executive, gave the warning while address… Read More
Sikkim player in India team - 23-year-old midfielder features in the 20-member squad for Nehru CupGangtok, Aug. 20: Sikkim boy Sanju Pradhan, the captain of the East Bengal football team, has made it to the 20-member Indian squad for the Nehru Cup, which begins in Delhi on Wednesday.Nirmal Chettri and Sunil Chettri are al… Read More
0 comments:
Post a Comment