7 Jul 2013
लोकसभा चुनाउको निम्ती तयार प्रो. लामा
कालेबुङ 6 जुलाई। नयाँ राजनैतिक दलको गठन गरेर सक्रिय राजनीतिमा आउने हल्ला र अडकलबाजीलाई विराम लगाउँदै डा महेन्द्र पी लामाले निर्दल उम्मेद्वारका रुपमा लोकसभा चुनाउ लडेर आजसम्म सम्बोधन हुन नसकेका जनाकांक्षाहरूलाई संसदमा उठान गर्ने सोँच बनाएका छन। आज कालेबुङका पत्रकारहरूसँग भएको एउटा अनौपचारिक भेटमा डा लामाले स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ लड्ने आफ्नो सोच र जमर्कोबारे खुलेर चर्चा गरेका छन। कालेबुङका समानविचार भएका व्यक्ति र समूहहरूसँग वैचारिक विनिमय गर्न आइपुगेको मौका छोपेर यहाँका पत्रकारहरूले तिनीसँग निकै लामो कुराकानी गरेका थिए। डा लामाले एकातिर आफ्नो क्षेत्रको सामाजिक रुपान्तरको निम्ति केही गर्ने आफ्नो अठोट अनि नागरिक समाजबाट पनि आग्रह भएपछि आउँदो लोकसभा चुनाउमा खडा हुने निष्कर्षमा पुगेको बताएका छन। ‘जनता, समाज र दलहरूले चाहेको खण्डमा सबै त्यागेर नै आउने अठोट गरेको छु’ डा लामाले भने। तिनले स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ जितेर पनि धेरै काम गर्न सकिने दाबी गर्दै कुनै पनि राष्ट्रीय अनि क्षेत्रिय दलको टिकट पाउन आफू आग्रही नरहेको स्पष्ट पारेका छन। कुनै दलको व्यानरमा चुनाउ लड्नको साटो पहाडका सबै राजनैतिक दल र संगठनहरूलाई विश्वासमा लिएर साझा उम्मेद्वारका रुपमा लोकसभा चुनाउ लड्ने दिशामा आफू ईच्छुक रहेको तिनको भनाइ छ। तिनले यस अघिका चुनाउमा पनि धेरैवटा राष्ट्रीय अनि क्षेत्रिय दलहरूले लोकसभा चुनाउमा टिकटको प्रस्ताव दिएको खुलाउँदै आफूलाई राजनैतिक दलमा संलग्न भएर काम गर्ने रूचि नभएको कारण त्यस्ता प्रस्तावहरू खारेज गर्दै आएको बताएका छन। “राजनीतिबाट टाडा बसेर पनि धेरै काम गर्न सकिन्छ भन्ने सोच लिएर हिँडेकोले कुनै विशेष दलको टिकट लिएर चुनाउ लड्ने मन बनाएको छैन। बरु सबै दल र सर्वसाधारणको समर्थनमा सर्वसम्मतिको उम्मेद्वारका रुपमा चुनाउ जाने किसिमले काम गर्दैछौं” डा लामाले भने। तिनले निस्वार्थ भावकासाथ दार्जीलिङ पहाडका जनताको निम्ति केही गर्ने सोच लिएर आफू अघि आएको बताउँदै सर्वसम्मति हासिल गर्न सबै राजनैतिक अनि संघसंस्थाहरूसित यसबारे बिमर्श गर्ने बताए। साझा उम्मेद्वारका रुपमा दलहरूबीच सर्वसम्मति हुनेनहुने कुरा समयले बताउने भन्दै डा लामाले भने, ‘हामी कुनै नेता र दलको विरोधमा खडा भएका छैनौं। हामी जनचाहनालाई सम्मान गर्दै अघि आएका छौं। हामीलाई कसैलाई सत्ताच्युत पार्नू, कसैको निन्दा गर्नू छैन। हामी सफा मनले यस क्षेत्रको निम्ति के गर्न सकिन्छ भन्ने हिसाबले मात्र अघि आएका हौं” तिनले एकजना शिक्षकका रुपमा आफूले धेरै पेशागत दायित्व निर्वाह गरेको अनि अहिले सामाजिक दायित्वबोधका कारण यो क्षेत्रका जनाकांक्षालाई सही ठाउँसम्म पुर्या्उने अभिप्रायले चुनाउ लड्ने नोधो गरेको बताए। तिनले आजसम्म दार्जीलिङ पहाडका मूलभूत समस्याहरूलगायत अलग राज्यको आवाजसमेत सही प्रकारले संसदसम्म पुर्या्उन नसकिएको दाबी गर्दै निर्दल प्रार्थीका रुपमा चुनाउ जितेर पनि यस दिशामा प्रभावी ढंगमा काम गर्न सकिने बताएका छन। “हाम्रो मागको पृष्ठभूमि र औचित्यबारे अझै पनि सही प्रकारले बुझाउन सकिएको छैन। संसदमा कसले ठीकसँग बहस गर्छ, ज्ञानबुद्धिको कुरा गरेर संसदलाई प्रभावित पार्न सक्छ भन्ने कुराले फरक पार्छ। राजनैतिक दलकै टिकटमा जितेर पनि संसदमा मौन बसिदियो भने के फरक पर्छ? अहिलेसम्म त्यही भयो” तिनले भने। केही महीना अघि डा महेन्द्र पी लामाले नयाँ राजनैतिक दल गठन गरेर सक्रिय राजनीतिमा आउने हल्ला र अडकलबाजी निकै जोरले चलेको थियो। आज यसबारे पत्रकारहरूले प्रश्न गर्दा तिनले स्पष्टसँगले यसलाई खारेज नगरे पनि राजनैतिक दल नै गठन गर्ने स्थितिमा आफू नपुगेको स्पष्टिकरण दिएका छन। तिनले सत्तासुख भोग्ने उद्देश्यले नयाँ दल गठन गर्नु सहज भए पनि निर्दिष्ट लक्ष्य हासिल गर्ने दिशामा सोच निर्माण गरेर नयाँ दलको गठन गर्ने कार्य भने निकै गाह्रो हुने विचार प्रकट गरेका छन। “गोर्खाल्याण्डकै लागि नयाँ दल गठन गर्नु हो भने त्यसको रुपरेखा र ढाँचा नै बेग्लै हुनुपर्यो । राजनैतिक दल बनाउने स्थितिमा हामी अहिले पुगेकै छैनौं” डा लामाले भने।
Related Posts:
Programme of Brahma Kumaris on Raj YogaSANJAY AGARWAL-RANGPO-2ND MARCThe Brahma Kumaris, Gangtok had organised programme on "How to Lead a Happy Life through Raj yoga Meditation" which was conducted by Raj yogi Suraj Bhaiji, a renowned soul who had come from the I… Read More
Sikkim pins hope on Didi Swiss dream Chamling at Bagdogra on Thursday. (Kundan Yolmo) … Read More
Red panda census in 2 hill forestsSiliguri, March 1: The forest department will conduct a census to find out the number of red pandas in two national parks in the hills. The first phase of the study will begin on Saturday. … Read More
Not a pretty picture, DidiCLICKS THERE... Mamata clicks prospective tourist spots on her way to Kalimpong. Picture by Amit Datta… Read More
Elderly back Mall park - Seniors against amphitheatreVIVEK CHHETRI The DGHC has started levelling Brabourne Park in the … Read More
0 comments:
Post a Comment