9 Jul 2013
प्रो. लामाको निर्णयबारे मोर्चा बाहेक अन्य दलहरुको प्रतिक्रिया
कालेबुङ, 7 जुलाई। देशकै एकजना प्रभावशाली व्यक्तिका रुपमा मानिएका डा महेन्द्र पी लामाले आउँदो लोकसभा चुनाउमा दार्जीलिङ समष्टिबाट खडा हुने मानसिक प्रतिबद्धता जाहेर गरेका छन। स्वतञ्त्र उम्मेद्वारका रुपमा चुनाउ लडेर आजसम्म सम्बोधन हुन नसकेको दार्जीलिङ पहाडका जनताको समस्या र आकाङ्क्षालाई संसदमा उठान गरी यो क्षेत्रको सामाजिक रुपान्तरको निम्ति गम्भीरतासँग काम गर्ने धारणा तिनले सञ्चारमाध्यमहरूमार्फत व्यक्त गरेका छन।पहाडमा सक्रिय रहेका सबै ठूला साना दलहरूलाई रिझाएर सर्वसम्मतिका उम्मेद्वारका रुपमा चुनाउ लड्ने वातावरण तयार गर्न पनि डा लामाले अभ्यास शुरु गरेका छन। समान बिचार भएका व्यक्ति र समूहहरूलाई भेटेर आफ्नो यो निष्कर्षबारे छलफल र विमर्श गर्ने प्रक्रियासमेत तिनले शुरु गरेका छन। यही क्रममा शनिबार कालेबुङ आएका डा लामाले यस सम्बन्धमा दिएको बयान छापामा आएपछि आज पहाडका विभिन्न दलका नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन। क्षेत्रीय दलका अधिकांश नेताहरूले तिनको यस निर्णयलाई स्वागत जनाएका छन तर अहिले नै आधिकारिक तवरमा पार्टीको अडान स्पष्ट गर्न नमिल्ने उनीहरूको भनाइ छ। अनौपचारिक रुपले सबै दलका नेताहरूले यसबारे डा लामासँग विचारविनिमय गर्ने सिलसिला जारी राखेको भए पनि दलको चुडान्त निर्णय भने बैठक गरेर मात्र लिन चहान्छन। भागोप, क्रामाकपा अनि गोर्खालीगसँग डा लामाको साझा उम्मेद्वारको अवधारणाबारे प्रश्न गर्दा यस आशयका प्रतिक्रिया दिएका छन। भागोपका राष्ट्रीय अध्यक्ष डा एनोशदास प्रधानले आफूसँग डा महेन्द्र पी लामाले यसबारे अनौपचारिक रुपमा कुरा साझा गरेको बताएका छन तर संगठनको अडान भने बैठकमा छलफल गरेर मात्र तय गरिने तिनको भनाइ छ। “भागोपले निश्चय नै यसबारे गम्भीरतासँग सोच्नेछ। आगामी 24 अगस्तमा देहरादूनमा हुने बैठकमा हामी यसबारे चुडान्त निर्णय लिनेछौं” डा एनोशदास प्रधानले भने। तिनले अलग राज्यको मुद्दामा सामुहिक नेतृत्वकै शर्तमा मात्र डा लामालाई सहयोग र समर्थन दिन सकिने विचार व्यक्त गरेका छन। “तिनी सांसद नै निर्वाचित भए भने पनि एक्लैले गोर्खाल्याण्ड ल्याउन सक्ने होइनन। एकल नेतृत्वको जमाना गयो। सामुहिक नेतृत्वको अवधारणामा काम गर्न हामी सदैव आग्रही छौं। तर यस दिशामा तिनलाई कि-फ्याक्टर भने अवश्यै मान्न सकिन्छ” तिनले भने। तिनले डा लामाको उम्मेद्वारिताबारे अझ विस्तृत रुपले परिचर्चा गर्न आगामी 13 जुलाईका दिन कालेबुङमा एउटा बैठकको आयोजनासमेत गरिएको जानकारी पनि दिएका छन। यता, क्रामाकपा उपाध्यक्ष जेबी राईले पनि दलको बैठकमा गहन बिमर्श गरेर मात्र डा लामाको प्रस्तावबारे पार्टीको लाइन तय गरिने बताएका छन। “तिनी योग्य र गुणी मान्छे हुन्। तर अलग राज्यको मुद्दा एउटा राजनैतिक लडाँई हो। यसमा जोड-घटाउको कुरा पनि आउँछ। त्यसकारण पार्टीभित्र छलफल गरेर मात्र ठोस प्रतिक्रिया दिन मिल्छ” जेबी राईले भने। गोर्खालीग नेता प्रताप खातीले यसबारे दलको बैठक भएपछि मात्र स्पष्ट अडान खुलाउन मिल्ने बताए पनि तिनी यस मामिलामा अरू दलका नेताहरूभन्दा निकै उत्साहित देखिएका छन। डा लामाजस्ता इमानदार, शिक्षित र चिन्हारी भएका मानिसलाई उम्मेद्वारका रुपमा स्वीकार नगर्ने व्यक्ति र दल त गोर्खाल्याण्डविरोधीकै रुपमा चिनिनेछन भन्ने प्रतिक्रियाले पनि खातीको उत्साह अनुमान गर्न सकिन्छ। यसबारे पार्टीबाट फलदायक परिणाम निस्कने विश्वास व्यक्त गर्दै खातीले भने, “स्वतञ्त्र अनि साझा उम्मेद्वारका रुपमा चुनाउ लड्ने तिनको विचारलाई हामी स्वागत गर्छौं। जातिहितको निम्ति इमानदार र विद्वान व्यक्ति अघि आउनु पर्छ भन्ने गोर्खालीगले सधैँ भन्दै आएको छ। गोर्खाल्याण्ड चहाने सबैले तिनको उम्मेद्वारितालाई स्वीकार गर्नुपर्छ भन्ने मेरो विचार छ” तिनले डा लामालाई आजको अवस्थामा एकताका प्रतिकका रुपमा परिभाषित गर्दै अझै भने, “यतिबेला सबैले मतान्तरलाई भुल्नुपर्छ। मन मिल्यो भने सबै मिल्छ। म विश्वस्त छु, हामीले उनको मार्गनिर्देशनमा अगल राज्य पनि चाढै हासिल गर्न सक्छौं। मतभिन्नता र द्वेष भुलेर सबैले उनलाई स्वीकार गरे जातिको भविष्य उज्यालो छ” अर्कोतिर, पिपल्स् फोरमले भने यी दलहरूले भन्दा ठीक विपरित विचार व्यक्त गरेको छ। फोरमका सचिव प्रबीण गुरूङले सक्रिय राजनीतिमा पदार्पन नगरी जातीय हितका मुद्दाहरूको उठान गर्ने डा लामाको वक्तव्यले आफूलाई निराश पारेको प्रतिक्रिया जाहेर गरेका छन। तिनले सक्रिय राजनीतिमा नआउने तर चुनाउ लड्ने डा लामाको निर्णयले जनतालाई भ्रममा पारेको टिप्पणीसमेत गरेका छन। “राजनैतिक धरातलबाट तिनले जातीय मुक्तिको आन्दोलनलाई नेतृत्व दिनेछन भन्ने हाम्रो ठूलो आस्था थियो। तर सक्रिय राजनीति नगर्ने तिनको निर्णयले ठूलो तप्कालाई निराश पारेको छ। अलग राज्यको माग आफैमा एउटा राजनैतिक मुद्दा हो। यसलाई राजनैतिक संगठन र कार्यक्रममर्फत नै सम्बोधन गर्न सकिन्छ। गैरराजनैतिक तरिकाले त भागोपले पनि कोसिस गरेकै हो। आखिरमा यो संगठनले पनि दलहरूसँग नै गठबन्धन गरेर अघि बढ्नु परेको छ। यस्तो अवस्थामा राजनीतिबाट टाडा बसेर काम गर्ने उनको भनाइलाई मान्यता दिन सकिँदैन। कुनै दलसँग प्रतिस्पर्धा गर्न अनि कसैलाई सत्ताच्युत गर्ने आफ्नो मनसाय नरहेको डा लामाको बयानप्रति पनि गुरूङले टिप्पणी गरेका छन। “अलग राज्यको कामना राख्ने प्रो लामालाई जीटीए बाधा हो भन्ने कुराको राम्रो ज्ञान छ। तब यसलाई धराशयी नपारी ठीक ठाउँमा गोर्खाल्याण्डको आवाज कसरी पुग्छ? जीटीएको चुनाउप्रणालीमार्फत निर्वाचित भएको जनप्रतिनिधिहरूको कुरा नसुनेर सरकारले एकजना व्यक्तिको कुरा सुन्छ?” गुरूङले प्रश्न तेर्साएका छन।
Related Posts:
Ghising makes surprise trip to hills KURSEONG 5 Oct 2013 After remaining in exile for more than two years, Gorkha National Liberation Front supremo Subash Ghising today made a surprise visit to the Darjeeling hills and toured several areas under K… Read More
First dengue death reported from hills Pradip Lohagun KALIMPONG 7 Oct 2013 Dengue has been terrorising Siliguri in the plains and other areas including Sikkim for a while, and now a death from the dreaded fever has been reported from Kalimpon… Read More
Sahitya Academy holds literary prog in Kalimpong PRADIP LOHAGUN KALIMPONG 5 Oct 2013 Sahitya Academy, New Delhi in association with Nepali Sahitya Addhayan Samity, Kalimpong today held a literary function called ‘Aankhijhaylbata’ where Academy coordinator … Read More
PS Golay to take charge of SKM on Sunday in public Gangtok 5 Oct 2013 Nearly 60,000 supporters of Prem Singh Golay are expected to gather on Sunday at the Paljor Stadium for a ‘Parivartan Diwas’ where he is expected to take official charge of the Sikkim Krantik… Read More
Interim bail granted to GJM asst secy Binay Tamang Darjeeling 5 Oct 2013 Gorkha Janmukti Morcha assistant secretary and Gorkhaland Territorial Administration sabhasad Binay Tamang was today granted interim bail in one of the four cases slapped on him. Tamang, … Read More
0 comments:
Post a Comment