22 Jan 2015
नर्सहरूकै भरमा प्राथमिक स्वास्थ्य केन्द्र
कालेबुङ, 21 जनवरी।(छेवाङ योञ्जन)
जीर्णा अवस्थामा रहेको मनसोङ सिन्कोना बगानको प्राथमिक स्वास्थ्य केन्द्रलाई आज क्षेत्रका फुटबल क्लबले राहत सामग्री प्रदान गरेको छ। डाक्टरसमेत नरहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर क्षेत्रका सचेत युवाहरूले 10 वटा म्याट्रेस प्रदान गरेका छन्। मनसोङ प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था दिनप्रतिदिन सोचनीय बन्दै गइरहेको छ। जसको कारण केन्द्रमा बिमारीहरूलाई सुत्नका निम्ति खाटसमेतको उचित व्यवस्था छैन। केन्द्रको यसै समस्यालाई ध्यानमा राख्दै आज मनसोङ फूलबल क्लबले म्याट्रेस प्रदान गर्दै केन्द्रमा उपचारका निम्ति आउने बिमारीहरूलाई सह्योग पुऱ्याउने प्रयास गरेका छन्। केन्द्रलाई म्याट्रेस प्रदान गर्न फुटबल क्लबका सहल्लाकार गञ्जु लामा, सिन्कोना बगानका सह-व्यवस्थापक डीडी मोक्तान, हू-क्यर्सका संयोजक एरोन योञ्जनलगायत क्लबका प्रतिनिधिहरू अनि सदस्यहरू राहत सामाग्रीकोसाथमा उक्त केन्द्रमा पुगेका थिए। उपस्थित प्रतिनिधिहरूले केन्द्रका नर्स लक्खीडोमा शेर्पाको हातमा राहत सामग्री प्रदान गरेका छन्। केन्द्रलाई राहत सामग्री बितरण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै क्लबका सहल्लाकार गञ्जु लामाले उक्त केन्द्रमा क्षेत्रका पाँचवाट कमानहरूबाट उपचारका निम्ति मानिसहरू आउने बताउँदै बिगत छ महिना अघिदेखि केन्द्रमा डाकटर नहुनुमा चिन्ता प्रकट गरेका छन्। तिनले भने - "केन्द्रको चिन्ताजनक अवस्था देखेर नै आज मनसोङ फुटबल क्लबले यसरी तोसकहरू बितरण गरेको हो।" मनसोङको उक्त केन्द्र हाल केवल नर्सहरूको भरमा मात्र सञ्चालन भइरहेको थाहा लागेको छ। केन्द्रमा आवश्यक ओषधिहरूको पनि उत्तिकै खाचो रहेको बताउँदै लामाले सिन्कोना बगानका युनियनले यस विषयमा पहल चाल्न सक्ने विचार व्यक्त गरेका छन्। यता, केन्द्रका नर्स लक्खीडोमा शेर्पाले क्लबले केन्द्र प्रति पुऱ्याएको सह्योगको स्वागत जनाउँदै अबउसो बिमारीहरूले घरैबाट ओछ्यान ल्याउनु पर्ने समस्याको हल भएको बताइन्। मनसोङ स्वास्थ्य केन्द्रमा बिमारीहरूले ओढने गरेको पात्लो बल्याङकेट देखेर नै क्षेत्रका वेरोजगार युवाहरूले केन्द्रलाई सही सह्योग पुऱ्याएकोमा नर्स शेर्पाले युवाहरू प्रति आभार प्रकट गरिन्। स्वस्थ्य केन्द्रको प्रमुख समस्याबारे बोल्दै नर्स लक्खीडोमा शेर्पाले केन्द्रमा आएका बिमारीहरूलाई आफूहरूको रिक्समा नै औषधि प्रदान गरिरहेकी बताइन्। तिनले भनिन् - "अस्पतालमा प्रथम त डाक्टरको उपस्थिति हुनुपर्ने हो तर, यो केन्द्रमा केवल हामी नर्शहरू मात्र छौ। बिमारीको बिजोग देखि-देखि डाक्टरको प्रतिक्षा गर्न सक्दैनौ त्यसैले हामी आफ्नो रिक्समा नै बिमारीहरूलाई दवाई दिनुपर्छ।" बिगत ढेड वर्ष अघिदेखि उक्त अस्पतालमा डाक्टर नभएको खुलासा पनि नर्स शेर्पाबाट पत्तो लागेको छ। मिडियाले मनसोङ केन्द्रको नाङ्गो तस्वीर देखाउनु पर्ने बताउँदै तिनी भन्छन् - "डाक्टर मात्रै होइन केन्द्रमा दवाइहरूको पनि सर्टेज छ। कमानमा मजदूरी गर्नेहरूले दवाइ पनि किन्न सक्दैनन्। यस्तो अवस्थामा हामी कर्मचारीहरूबाट नै आर्थ सङ्ग्रह गरी औषधिको चाजो मिलाउने गरेका छौ।" मनसोङको उक्त केन्द्र व्यवस्थित साथै उचित ढंगमा सञ्चालित भए यसले क्षेत्रका कुल पाँचवटा कमानहरूका मानिसहरूलाई फाइदा पुग्ने हुन्छ। तर, स्वास्थ्य केन्द्रको अवस्था सोचनिय रहेको कारण मनसोङ संलग्न क्षेत्रका मानिसहरूलाई उपचारका निम्ति कालेबुङ महकुमा अस्पतालमा नै आउनु पर्ने वाध्यता छ। उक्त केन्द्रमा बिमारीहरू राख्ने क्षमता हुँदा-हुँदै पनि उचित सुविधा नहुँदा हाल नर्सहरू केन्दरमा बिमारी राख्न असमर्थ बनेका छन्। गम्भीर अवस्थामा बिमारीहरूलाई कालेबुङ ल्याउनका निम्ति केन्द्रमा एम्बुलेन्स समेतको सुविधा छैन। नर्सहरू अनि कर्मचारीको अभावमा पनि क्षेत्रमा स्वस्थ्य सेवा पुऱ्याइरहेको उक्त केन्द्रको जीर्णोद्वार हुनुपर्ने कुरा मनसोङवासीले पनि बोध गर्न थालेका छन्। सम्बन्धित विभागबाट धेरैचोटी केन्द्रको निरिक्षण गरिएता पनि मनसोङको उक्त केन्द्रले भने आजसम्म पनि काजुली फेरेको छैन। यसैले चाहे केन्द्रका नर्स होस, उपचाराधीन बिमारी होस, वा मनसोङवासी सबैले नै यतिखेर विभागको मुख हेरिरहेका छन्।
Related Posts:
Trinamul to speak for Sikkim in Parliament Gangtok, Nov. 1: Sikkim Trinamul Congress president P.T. Lucksum today said party MPs from Bengal would raise the issues affecting the Himalayan state in Parliament. The Sikkim unit of Trinamul was formed in September… Read More
GJM’s Chettri meets Mamata over release of arrested leaders, sabhsads PRADIP LOHAGUN KALIMPONG 7 Nov 2013 With relations between the state government and the Gorkha Janmukti Morcha sweetening up once more, the latter has begun asking for a number of pending demands to be fu… Read More
BGP rejects People’s Forum candidate proposal KALIMPONG 2 Nov 2013 The Bharatiya Gorkha Parisangh has rejected a proposal by the People’s Forum of nominating five candidates for the forthcoming general elections. Terming the proposal “meaningless”, BGP nat… Read More
Chamling off to Delhi with demands for Sikkim BAGDOGRA 2 Nov 2013 The statehood agitation in Darjeeling since 1986 has caused Sikkim a massive loss of around Rs5,000 crore and we wonder who will compensate the amount, asks chief minister Pawan Kumar Chamli… Read More
GTA adopts resolution to amend GTA Act Darjeeling 7 Nov 2013 Executive members of the Gorkhaland Territorial Administration today held a meeting and adopted a resolution for 29 amendments to the existing GTA Act. Existing flaws will be pointed out a… Read More
0 comments:
Post a Comment