15 Jan 2015
माघे संक्रान्ति, घट्दो तरूलको बजार
कालेबुङ, 14 जनवरी।(छेवाङ योञ्जन)
माघे संक्रान्तिको दिन गोर्खा समुदायमा तरुल खाने संस्कार रहेका कारण कालेबुङको बजारमा तरूलको माग बढ्दो छ। आज बुधबारको कालेबुङको हाटमा मागे संक्रान्तिलाई केन्द्र गर्दै कालेबुङ संल्ग्न बस्तीहरूबाट ल्याएका अनेकौँ प्रजातिका तरूलहरूको बजार बढ्दो थियो। कालेबुङको पारसहाटमा सँधै बस्तीका सब्जीहरू बेचबिखन गर्ने 15 माईल निवासी अमृतमाया राई अनुसार उनले यसपल्ट प्रायः सबै प्रकारका तरूलहरू बिक्रीमा राखेका छन्। बनतरूल 100 रुपियाँ प्रतिकिलो, घरतरूल 50 रुपियाँ, सिमलतरूल 30 रुपियाँ, पिडाँलु 60 रुपियाँ लगायतका मूल्यमा तरूलहरू बिक्री भइरहेको छ। यद्यपि तरूलको बजार बितेका केही वर्षहरू यता घट्दो रहेको उनको भनाइ छ। आफ्नो संस्कार र संस्कृति आजका युवा पीडिले विस्तारै भूल्दै गएका कारण पनि तरूलको बजार घट्दो रहको हुनसक्ने उनको अनुमान छ। यद्यपि आज ठूला-साना लगायतका फूटपातसम्मका सब्जी दोकानहरू तरूलको किनबेच गर्नेहरूको सङ्ख्या धेरै थियो। गोर्खा एवं हिन्दु समुदायमा यसको धार्मिक अनि सांस्कृतिक पक्ष रहेको छ। स्थानीय एक पण्डित गणेश खतिवडा अनुसार ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी गरी उत्तरायण हुने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। यसैले माघे संक्रान्तिलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यसै दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास रहेको खतिवडाले बताए। केही ठाउँहरूमा आज नै मकर संक्रान्ति पालन गरिएको भएपनि आज अपह्रान्न 12 बजीदेखि मात्र सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले बिहिबार नै मकर संक्रान्ति पालन गर्नुपर्ने उनको सझाउ रहेको छ। माघे संक्रान्ति पर्वमा यहाँको टिस्टा-त्रिवेणीमा स्नान गरी पूजाआजा गर्नेहरूको सङख्या पनि अहिले घट्दो छ भने केही वर्षदेखि मागे संक्रान्तिमा त्रिवेणीमा लाग्ने मेला पनि आयोजना हुन छोडेको छ। मकर संक्रान्तिका दिन नदीको किनारमा गएर स्नान गरेपछि दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ।
Related Posts:
GTA delay spurs campaign race in hills VIVEK CHHETRI Governor MK Narayanan (centre) at the Darjeeling railway station before boarding a toy train to Ghoom on Tuesday. Picture by Suman Tamang Darjeeling, Feb. 7: The rivals of the Gorkha Janmukti Morcha hav… Read More
Indian Idol star to sing in snow fest Gangtok, Feb. 7: Singer Amit Paul, one of the Indian Idol runners-up, will perform at the snow festival.The three-hour-long programme will be held at the Tashi Namgyal Academy grounds here.“We are organising a… Read More
20 lakh emails for tour revival mission - Sikkim invites honeymooners and corporate houses BIJOY GURUNG A mountain biker in Yumthang in North Sikkim. File picture Gangtok, Feb. 7: Travel agents in Sikkim have sent over 20 lakh email invitations to the snow festival to newly wed couples, corporate offices a… Read More
Rivals challenge Gurung on Maoist slur -‘Prove camp claim or withdraw remarks’ RAJEEV RAVIDAS Chhatrey Subba at his residence in Kalimpong on Tuesday. (CF Lepcha) Kalimpong, Feb. 7: The Opposition parties have challenged Bimal Gurung to provide concrete evidence on the existence of underground … Read More
आफूलाई जेलमुक्त गर्न मोर्चाको कुनै भुमिका नरहेको-छत्रे 7 फरवरी(कालेबुङ):- गोर्खाल्याण्ड र जीटीएको मुद्दालाई केन्द्र गरी पहाडका राजनैतिक दलहरुले एका आपसमा आरोप प्रत्यारोपको हिलोछेपाई शुरु गरेका छन। एकातिर मोर्चाले यहाँका विपक्षी दलहरुबारे कटु शब्दमा टिप्पणी गरेको छ भने अन्य दलहरु… Read More
0 comments:
Post a Comment