25 Jan 2015
दार्जीलिङमा, सेन्तेरेम फिभर
सेन्तेरेम सेन्तेरेम हाइदिउ न सेन्तेरेम,
हालमा सबैको मुखमा यो गीत झुण्डीएको छ। भनौ नेपालीहरूको अधिक बसोबास रहेको दार्जीलिङ पहाड़मा अहिले सेन्तेरेम फिभर छाएको छ। बिजय, बिकाशको म भए पर्देशी, थुपदेन भोटीयाको मेरो हजुर झुपडी बास छ, अनि मन्त्र ब्याण्डको रक नम्बरहरू पछि अहिले सेन्तेरेमले दार्जीलिङको सङ्गतीक क्षेत्रमा बलियो स्थान पाइरहेको छ। बितेको वर्षको मध्यतिरतिरदेखि अत्याधिक चर्चामा रहेको गीत सेन्तेरेमको अडियो क्यासेट आज औपचारिक रूपमा व बिमोचन गरियो। विमोचन अघिदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा प्रसिद्धि कमाइसकेको यस गीति एल्बम आज राई समुदायको येलेदोङ पर्वअवधि सिक्किमका गायिका नर्थ इस्ट सुपरस्टार रेमन्ती राईको बाहुलीबाट गरिएको थियो। सेन्तेरेम अनि अन्य चारवटा गीतहरू रहेको यस एल्मबका गीतकार उज्ज्वल बमजन हुन् भने अजय राई अनि निलम मोक्तानको सङ्गीत संयोजनमा तयार भएको यस एल्बमका गीतहरू स्थानीय भालुखोपनिवासी प्रणेश राईले गाएका छन्। गायक प्रणेश राई यस गीतको सफलापछि अध्याधिक खुशी छन्। यसै गीतले नै आफूलाई गायकको रूपमा स्थापित गरेपछि उनले अहिलेसम्म दार्जीलिङ, खरसाङ सिलगडी, कालेबुङ आदि ठाउँहरूमा प्रस्तुति दिने अवसर पाएका हुन्। “कुनै पनि गायकको एल्बम निकाल्ने सपना हन्छ”-प्रणेश भन्छन्-“यसैले आज पहिलेबाटै चर्चा पाइसकेको गीतहरू समावेश रहेको एल्बम सेन्तेरेम निक्लाल्न पाउँदा सन्तुष्ट लागेको छ।” आज सेन्तेरम-को अडियो क्यासेट सार्वजनिक भएपछि पछि,बाट यसको भिडियो एल्बम पनि बनाउने प्रणेशले सोच बनाएका छन्।
Related Posts:
Gorkha Janmukti Morcha(GJMM) supporters join Congress JALPAIGURI: Unhappy with the Gorkha Janmukti Morcha (GJM), at least 30 hardliners of the party from the Dooars in Jalpaiguri joined the Congress on Monday. Most of them from Chamurchi on the Indo-Bhutan border, The Nepali sp… Read More
murder at the bank of Rangpo riverSANJAY AGARWAL –RANGGPO-28TH FEBURY 13 A case of murder was occurred at the bank of Rangpo river under Rangpo police station today .according to the news the local residents has shown one body was laying at the bank of Rangpo… Read More
Miss Susmita Sharma star from Sikkim SANJAY AGARWAL –RANGPO-28TH FEBRURY 13 Miss Susmita Sharma (siwakoti ) winner of little miss India in the year 2007 at 12 years age held at deemed university Orissa has performed a better song at the cultural programme org… Read More
Sikkim krantikaari morcha west Pandam constituency level meetingSANJAY AGARWAL –RANGPO-26TH FEBRURI 13 Sikkim krantikaari morcha west Pandam constituency level meeting was held at Rangpo under the president ship of Mr. gopal Dahal central Pandam .the main aims and objective of the meeting… Read More
Morcha ire over delay in pardon - 382 cases await withdrawal Darjeeling, Feb. 27: The Gorkha Janmukti Morcha is peeved over the state government’s delay in withdrawing 382 cases filed against party activists during the four-year statehood agitation and the issue could become another fl… Read More
0 comments:
Post a Comment