29 Jan 2015
पेदोङ अग्निकाण्ड, अग्निशमन विभागको माग
कालेबुङ, 28 जनवरी (छेवाङ योञ्जन)
कालेबुङ खण्ड दुइको प्रमुख वाणिज्य केन्द्र मानिने पेदोङलाई 27 जनवरी बेलुकीको विषण अग्निकाण्डले करोडौको नोक्सान पुऱ्याएको छ। अग्निकाण्डले कालेबुङ शहरदेखि कुल 22 किलोमिटर टाड़ामा अवस्थिति उक्त बजारको लगभग 40 वटा घरलाई क्षति पुऱ्याएको छ। अग्निकाण्डका चपेटमा परेका 40 परिवारका कुल 100 जना भन्दा अधिक मानिसहरू हाल घरविहिन बनेका छन्। पटक-पटक आगलागीको शिकार बनिरहेको पेदोङमा यो आजसम्मकै भयानक अग्निकाण्ड हो। यसैले अग्निकाण्डको घटना पछि चिन्तित बनेका पीडित अनि पेदोङवासीले हाल पेदोङमा नै अग्निशमन विभाग हुनुपर्ने माग गरिरहेका छन्। घटना 27 जनवरीको मध्यरात 12 बजी तिर भएको हो। जुनबेला पेदोङवासी मस्त निन्द्रामा थिए। तर, बजार माझको चिया दोकानबाट सल्केको आगोले केही क्षणमा नै भीषण रूप लिँदा सम्पूर्ण बजारवासीको होस, हवस उढेको थियो। लगभग 30 मिनट भित्रमानै आगलागीको भिषणरूप आम मानिसको नियन्त्रणदेखि बाहिर पुगीसकेको थियो। मध्यरातमा शुरू भएको उक्त अग्निकाण्डले केही बेरमा नै छेउछाउको दोकान-पाठ अनि निजी आवसहरूलाई आफ्नो चपेटमा लिइसकेको थियो। पीडितहरूले आफ्नो ज्यान बाहेक यस काण्डबाट केही पनि जोगाउन सकेनन्। अग्निकाण्डमा आफ्नो ज्यानको क्षती नभएता पनि 40 वरिवारले युगौ देखि थुपारेका धन-सम्पती भने पूर्णरूपले नष्ट भएको छ। पेदोङ हाट-बजार परिसरमा लागेको उक्त आगोले क्षेत्रका धेर जस्तो काठको घरहरूलाई पूर्णरूपले ध्वस्त पारेको छ। पक्का घरहरू समेतलाई आंशिक रूपले क्षती पुऱ्याएको छ। उक्त आग्निकाण्डले लगभग 10 करोड़सम्मको क्षती पुऱ्याएको पीडितहरूको अनुमान छ। आगलागी घटनाको 30 मिनट पछि भने पेदोङ सेनाका जवानहरूले आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। सेनाका जवाहरूले केहीहदसम्म आगोलाई नियन्त्रणमा ल्याउन सफल बनेका थिए। तर, आगोलाई पुर्णरूपमा नियन्त्रणमा ल्याउन नसकेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। पछिबाट रम्फू अनि सिङ्तामको दमकलहरू पेदोङको आगो निभाउन आइपुगेको थियो। तर, पेदोङदेखि 22 किलोमिटरको टाड़ामा मात्र रहेको कालेबुङ आग्निशमण विभागको दमकल भने घटना भएको 2 घण्टा पछि मात्र पेदोङ पुगेकोमा पीडित पक्षको धेर गुनासो छ। यसैले आज घर विहिन बनेका पेदोङ अग्निकाण्डाका पीडितहरूले पेदोङमा नै अग्निशमन विभाग हुनुपर्ने माग गरिरहेका छन्। अग्निकाण्डका पीडित सुशीलले अग्निकाण्डबारे जानकारी दिँदै आज 40 परिवार घर बिहिन बन्न पुगेको बताए। तिनले आफ्नो लगायत आफ्नै काकाको 6 परिवार रहेको घर पूर्णरूपले नष्ट भएको बताए। पेदोङमा नै फायर ब्रिगेट नभएको कारण आज पेदोङ हाटबजार परिसरका व्यवयासहरूले अग्निकाण्डको धेर नेस्कान खप्नु परिरहेको पीडितहरूको भनाइ छ। यता, पीडित विनोद अग्रवालले पनि अग्निकाण्डले आफ्नो स्मपूर्ण घर-सम्पती नष्ट पारेको बताए। तिनले भने आगलागीबाट हामीले केही पनि जोगाउन सकेनौ। तर, सम्पूर्ण पेदोङवासीको निम्ति यहाँ नै फायर ब्रिगेट हुनु आवश्यक छ। तिनी अनुसार पेदोङदेखि पाँच किलोमिटर परिसरमा नै अग्निशमन विभाग हुन आवश्यक छ। पेदोङको हाट बजार कालेबुङ खण्ड दुइ अन्तर्गत पर्ने कागे, रेसी, अलगड़ा, तन्द्रेबुङ आदि ग्रामीण क्षेत्रहरूका निम्ति प्रमुख वाणिज्य केन्द्र हो। यसैले पनि पेदोङ हाटले हालमा ठूलोरूप लिइरहेको छ। पेदोङवासी छिरिङ भोटीयाले पनि घटना प्रति खेद प्रकट गर्दै पेदोङमा अग्निशमन विभाग नहुनुमा सरकारको विफल बताएका छन्। विगतमा पेदोङमा घटेको अग्निकाण्डहरूबारे बिवरण दिँदै तिनले भने - पेदोङले विस्तारै शहरको रूप लिइरहेको छ। यसैले पेदोङ अनि अलगड़को माझमा फायर बिग्रेट हुनु जरुरी छ। तिनी अनुसार अलगड़मा फायर ब्रिगेट भए त्यसले पेदोङ, लाभा, बुद्धबारे जस्ता कालेबुङ शहरदेखि टाड़ामा रहेको क्षेत्रहरूसमेतमा समयमा नै सेवा पुऱ्याउन सक्नेछन्। क्षेत्रीय विधायकलाई अघिबाटै पेदोङमा फायर ब्रिगेट हुनुपर्ने मागबारे अवगत गराएको बताउँदै तिनले विधायकले नै यस दिशा तर्फ पहल चाल्नु पर्ने बताएका छन्। यस घटनाबारे जानकारी पाउन साथ क्षेत्रका सभासद दावा लेप्चा घटना स्थलमा पुगेका थिए। घटना स्थलको निरिक्षण गर्दै तिनले पनि पेदोङमा अग्निशमन विभाग हुनुपर्ने दिशामा पहल गरिरहेको बताएका छन्। तिनले भने फायर ब्रिगेटको सेवा हामीले समयमा पाउन सकिरहेका छैनौ। विगतमा पनि पेदोङमा धेरैवटा अग्निकाण्डको घटना घटीसकेको हो। त्यसै कारण हामीले धेरै चोटी पेदोङमा फायर ब्रिगेट हुनुपर्ने माग गरिरहेका छौ। तर, सरकारले यस दिश तर्फ ध्यान दिइरहेको छैन। जुन चै चिन्ताजनक कुरा हो। पेदोङमा घटेको अग्निकाण्डबारे जानकारी लिन महकुमा अदिकारी के राधिका अय्यर, जीटीए सभासदहरू निमा तामाङ, सीपी पौड्याय आदि पेदोङ हाट बजार पुगेका थिए। क्षेत्रवासी अनि उपस्थिति प्रतिनिधिहरूले पीडितहरूलाई राहत पुऱ्याउन एउटा समिति पनि गठन गरेको छ। हालका निम्ति अग्निकाण्डका पीडितहरूलाई पेदोङ स्वर्जनिक भावनमा राहतको व्यवस्था मिलाएको छ। अर्कोतिर घटनाबारे जानकारी पाएपछि जीटीए प्रमुख एव मोर्चा अध्यक्ष विमल गुरूङले पनि खेद प्रकट गरेका छन्। तिनले एउटा प्रेस विज्ञाप्ती जारी गरी पीडितहरूलाई चाडो-भन्दा चाडो राहत सामाग्री प्रदान गर्ने आश्वसन दिएका छन्। यो समय पहाड़का सम्पूर्ण संघ-संस्थाहरूले पेदोङ अग्निकाण्डका पीडितहरूलाई सह्योग पुऱ्याइ दिने अपिल गर्दै तिनले आफूस्वयम पनि पेदोङ आउने बचन दिएका छन्।
पीडितहरूको सूची
सीआर राई, छगमल गर्ग, सुरेश अग्रवाल, सुनिल अग्रवाल, किशाल अग्रवाल, अजय अग्रवाल, विनोद अग्रवाल, मनोज अग्रवाल, डन अग्रवाल, मुकोश अग्रवाल, रूपेन अग्रवाल, फेमश टेलर, नविन विश्वकर्म, सुखसागर, विद्यासागर साहा, अलतु कानु, सुवास कानु, भूपाल कानु, दर्मेन्द्र कानु, निर्मल कानु, विसाल कानु, सन्दिप जैन, रामनाथ मह्तो, सुपेनद्र मह्तो, सन्तोष मह्तो.
Related Posts:
Mamata Banerjee slams centre over grant of Union territory status to Darjeeling KOLKATA 31 July : Chief minister Mamata Banerjee alleged on Wednesday that the UPA government had promised some Gorkha leaders that they (Centre) will convert Darjeeling into an Union territory and some Uni… Read More
जीटीए चलाउने होसियार - क्रान्तिकारी युवा जमात कालेबुङ 31 जुलाई छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा आज कालेबुङ शहरमा एउटा नौलो सङ्गठनको पोष्टरहरु देखा परेको छ। आज बिहानै क्रान्तिकारी युवा जमात कालेबुङको व्यानरमा शहरको विभिन्न स्थानहरुमा गोर्खाल्याण्ड जिन्दावादको नाराह… Read More
बन्दको कारण समस्यामा विध्यार्थीहरु कालेबुङ 1 अगष्ट “छुट्टै राज्य प्राप्तीको निम्ति आन्दोलन हुनुपर्छ तर विध्यार्थीहरुको पढ़ाइमा भने वाधा दिनु हुन्न” – यहाँको कालेबुङ कन्य उच्च माध्यमिक विधालयमा अध्ययनरत विध्यार्थी श्रृजना लिमबुले पहाड बन्दको कारण आफू पढ़ाई … Read More
Plains strike to cut supply Siliguri, July 31: On Thursday and Friday, when the Gorkha Janmukti Morcha plans to lift the general strike for 48 hours, two outfits in Siliguri have called a strike in the plains. The strike will not have a direct … Read More
Hill tourism stares at Puja losses Siliguri, July 31: Tourists who planned to spend the Durga Puja in the hills and in Sikkim have started dialling tour operators to enquire if it was safe to make the trips, given the Morcha’s plan to step up its statehood … Read More
0 comments:
Post a Comment