Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

12 Feb 2015

सिक्किसँग मिल्ने - गुरूङ

कालेबुङ,11फरवरी (प्रदीप लोहागुण)ः-
  सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दामा गोजमुमो अध्यक्ष अनि जीटीए प्रमुख बिमल गुरूङ सिक्किम सरकारसँग मिलेर काम गर्न आग्रही देखिएका छन। एउटा धार्मिक अनुष्ठानमा सहभागी हुन कालेबुङ आएका मोर्चा प्रमुख गुरूङले पत्रकारहरूलाई यस आशयको बयान दिएका छन। सिक्किमका मुख्यमञ्त्री पवन चामलिङको एसडीएफ सरकारको लक्ष्य सम्पूर्ण गोर्खा जातिलाई जनजातिको दर्जा दिलाउने हो भन्ने बयानलाई केन्द्र गरी पत्रकारहरूले उनको प्रतिक्रिया जान्न चहाँदा गुरूङले यस्तो विचार व्यक्त गरेका हुन।  यो मुद्दामा सिक्किम सरकार र जीटीएले संयुक्त रूपमा काम गर्न सके यसको द्रूत परिणाम देखा पर्ने गुरूङको धारणा छ।
यसको निम्ति एउटा संयुक्त समिति गठन गरेर पहल गर्न सकिने उनले प्रस्ताव पनि राखेका छन। यो साझा मुद्दामा दुवै क्षेत्रबाट संयुक्त रूपमा काम हुनु पर्ने आवश्यकता रहेको बताउँदै बिमल गुरूङले भने, “हामीले जीटीए क्षेत्रका जातिहरूलाई जनजाति बनाउने होइन, सम्पूर्ण भारतका गोर्खाहरूलाई जनजाति बनाउने कुरा हो। सिक्किम, पूर्वोत्तरलगायत अन्य क्षेत्रहरूमा बस्ने सबै गोर्खाहरूलाई यसको खाँचो छ। यसको निम्ति हामी चाढैँ नै सिक्किमका मुख्यमञ्त्रसँग बसेर वार्ता गर्ने छौं। पार्टीगत रूपमा हामीले यो मुद्दालाई केन्द्र सरकारसमक्ष पुर्‍याइ सकेका छौं तर संयुक्त रूपले काम गर्न सिक्किमको पनि मदत चाहिन्छ। हामी आपसमा बसेर राम्ररी काम गर्‍यौं भने छिट्टै नै यसको परिणाम निस्किहाल्छ। हामीले शुरुमा नै उठान गरेको मुद्दा हो जुन जीटीएको सम्झौतामा पनि उल्लेख छ। भोलिको दिनमा सिक्किम सरकार र जीटीएको एउटा संयुक्त समिति गठन गरेर काम गर्न सक्य़ौं भने अझ उत्तम हुनेछ। यसमा अझै पूर्वोत्तरका प्रतिनिधिहरूलाई पनि सामेल गर्न सकियो भने व्यापक तहमा काम गर्न सक्छौं। यो जातिको मुद्दा हो, यसमा अगुवाइ कसले गर्छ भन्ने कुरा आउदैन। भोलिको दिनमा सिक्किमका मुख्यमञ्त्री र जीटीएका प्रमुखले सोचे भने भैहाल्ने कुरा हो। मन मिल्नु पर्छ। हामी भिन्न भिन्न प्रकारले हिड्यौं भने त हाम्रो माग पनि भङ्गलिन्छ। हामी एक भएर काम गर्‍यौं भने सबैको हित हुन्छ। म सानो मान्छे हूँ, यसको निम्ति म मेरो पक्षबाट पहल गर्छु”
 अर्कोतिर, दिल्ली विधानसभा चुनाउमा आम आदमी पार्टी (आप)को अप्रत्यासित विजयबारे सञ्चारकर्मीहरूले उनको प्रतिक्रिया लिन चहाँदा गुरूङले भाजपाको पक्षमा रक्षात्मक टिप्पणी जाहेर गरेका छन। दिल्लीको चुनाउमा आपको बिजय भए पनि केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकारलाई आँखीओझेल गर्न नमिल्ने उनको भनाइ छ। “केन्द्रमा सरकार कसको छ? भाजपा पूर्णमत लिएर केन्द्रमा बसेको छ। दिल्लीको चुनाउमा हारेको छ तर यस अघिको तिनवाट राज्यको चुनाउमा जितेको छ, त्यसको कुरा चै किन नगरेको मान्छेले? राज्यलाई कोष दिने नै केन्द्र हो। केन्द्र सरकारले माया गरेन भने त्यो राज्य चल्नु सक्छ? बङ्गालको हालत कस्तो छ, सबैले देखेकै छ। बिजेपीलाई दुश्मनीको दृष्टिले हेर्नेहरूको संख्या बढेको छ। बिजेपीको केही कमजोरीहरू भयो होला जसले गर्दा पराजय भोग्नु पर्‍यो तर आपको लागि पनि शासन चलाएर बस्नु कम चुनौतिपूर्ण छैन”
 यता, आफ्नै दलका विधायक अनि केन्द्रीय प्रवक्ता डा हर्कबहादुर छेत्रीले बेलाबेला जाहेर गरिरहने विरोधाभाषपूर्ण बयानका बारेमा पनि पत्रकारहरूले गुरूङको मन्तव्य मागेका थिए। विशेष गरी आउँदो विधानसभा चुनाउमा पार्टीको उम्मेद्वारिता स्वीकार गर्ने डा हर्कबहादुर छेत्रीको बयानलाई केन्द्र गरी सोधिएको प्रश्नमा गुरूङले भने, “उनले आफ्नो मन्तव्य जाहेर गर्छन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ।पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेको छन्, भइहाल्यो। उनले कोइ बेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि”

Related Posts:

  • Sitaram Yechury to attend CPM prog in Darjeeling next month Darjeeling 18 Nov 2013 CPM politburo member Sitaram Yechury will participate in the 100th birth anniversary programme of former West Bengal chief minister Jyoti Basu to be organised in the Darjeeling hills on D… Read More
  • भारतमा पनि नेपाली कविता संग्रहको दोस्रो संस्करण, ‘घाउका रङहरू’ पुन शहरमा Pradip Lohagun  कालेबुङ, 18 नोभेम्बर (प्रदीप)ः लगभग छःबर्षपछि लामो कविताकृति ‘घाउका रङहरू’-को दोस्रो संस्करण निकाल्न सकेको सुखद घटनाले यतिबेला यसका सर्जक मनोज बोगटी अनि प्रकाशक उपेश उपमा दुवै दंग छन। असीमित सपनाहरू… Read More
  • गोरामुमो नेता मौरिस कालीकोटे पक्राउ कालेबुङ, 14 नोभेम्बर (प्रदीप)ः अहिलेसम्म मोर्चा नेता र कार्यकर्ताहरूविरुद्ध मात्र प्रयोग भइरहेको राज्य सरकारको कार्वाहीको हतियार अब गोरामुमो नेताहरूमाथि पनि उठ्न शुरु भएको छ। राज्यको तृणमूल सरकार र मोर्चाबीचको सम्बन्धमा सुधा… Read More
  • GNLF cadres condemn Kalikotey’s arrest PRADIP LOHAGUN KALIMPONG 15 Nov 2013 The Kalimpong unit of the Gorkha National Liberation Front today condemned the arrest of convener Maurice Kalikotey, terming it illegal and undemocratic. Party cadres … Read More
  • मोर्चा तृणमूलमाझ वर्चस्वको लड़ाई जारी कालेबुङ, 14 नोभेम्बर (प्रदीप)ः मोर्चाको शीर्ष नेतृत्वले राज्यको तृणमूल सरकारसँग सुसम्बन्ध बनाएर काम गर्ने प्रयास गरिरहेको भए पनि संगठनको तल्लो स्तरमा भने वर्चस्वको लडाइँ जारी रहेको छ। सांगठनिक सुदृढिकरणमा लागेको मोर्चा र सां… Read More

0 comments: