Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Sept 2013

पहाड़मा शान्ति कायम राख्न सरकारले कड़ा पदक्षेप लिनेछ - मन्त्री देव

कालेबुङ 21 सेप्टेम्बर
दुइदिनको निम्ति कालेबुङ भ्रमणमा निस्केका उत्तर बंगाल विकास मन्त्रीले गौतम देवले 41 नम्बर गिटडाब्लीङ निम्बोङ स्मष्टीमा आफ्नो दलको समगठन विस्तार गर्नको साथ-साथै पहाड़मा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको कड़ारुपमा आलोचना गरेका छन्।
41 नम्बर स्मष्टिको निम्बोङमा सम्पन्न भएको तृणमूल कंग्रेसको आजको जनसभालाई सम्बोधन गर्दै मन्त्री देवले पहाड़मा राजनीति होइन तर विकास अनि शान्तिको आवश्यक्ता रहेको बताए।
म समतल अनि पहाड़ दुवै क्षेत्रमा बन्द चाहन्न तिनले भने वामपन्थी दलहरुले सिलगढ़ीमा बन्द गर्ने प्रयास गर्दा मैले बन्दको विरोध गरेको छु। मन्त्री देवले आज मोर्चा प्रमुख विमल गुरुङले आन्दोलन सम्बन्धी दिइरहेको बयानहरुको आलोचना गर्दै पहाड़मा भारत अनि पाकिस्तान बिचको लगाई झै अवस्था निमत्याउन नहुने बताए। तिनले भने दयी मोर्चा अध्ययक्ष गुरुङले पहाड़मा अशान्ति फैलाउँछ भने सरकारले पनि यहाँ शान्ति बहालीको निम्ति कड़ा पदक्षेप लिनेछ। उत्तर बंगाल विकास मन्त्री देवले आज सभामा उपस्थित आफ्नो समर्थकहरुलाई सम्बोधन गर्दै 2014 को लोकसभा चुनाउमा तृणमूलले करिब 35 प्रतिसत चौकी हत्याएर केन्द्रको सरकारमा अंशग्रहण गर्न सक्ने अनुमान लगाउँदै पहाड़बाट पनि आफ्नै दलको सांसद चुनाउमा जित हासिल हुने दावी गरेका छने। तिनी कालेबुङको यात्रामा  रहँदा विभिन्न क्षेत्रका मानिसहरुले भेट गरि आन्दोलनको कारण भोगीरहेको समस्याहरु बारे अवगत गराएको अनि पहाड़ बन्द रहँदा जनसाङरणले व्यापक समस्याहरु भोग्नु परेको कुराहरु पनि आफू कहाँ आएको बताएका छन्। मन्त्रीले आज पहाड़मा चलिरहेको छुट्टै राज्यको आन्दोलन बारे टिप्पणी गर्दै यहाँ कासमिरको झै खतरनाक अवस्था उत्पन्न भइरहेको बताए। राजनीति गर्ने अधिकार संविधानमा छ तर पहाड़मा विमल गुरुङले संगठन विस्तार गर्न दिँदैन, तृणमूल कंग्रेसमा सामेलहुनेहरुलाई मोर्चाले कुटपिट गर्ने काम गर्छ, भन्दै तिनले मोर्चा विरुध आरोप लगाएका छन्। यहाँ म राजनीति गर्न आएको होइन तिनले भने पहाड़वासीलाई मानसिक पतड़ार्नबाट छुटकार दिन म पहाड़ आएको छु, आजसम्म 70 चोटी भन्दा धेर मेरो पहाड़ भ्रमण भइसकेको छ। आन्दोलनको कारण पहाड़वासी समस्यामा परिरहेको दावी गर्दै तिनले अब पहाड़मा विमल गुरुङको तालिवानी फर्मान नचल्ने बताए। जीटीएको गठन पछि सरकारले पहाड़ विकासको निम्ति धेरैवटा योजनाहरु पारित गरिसकेको बताउँदै मोर्चाको आन्दोलनको कारण नै विकास कार्यमा बाधा भइरहेको आरोप लगाएका छन्। तिनले भने यस भन्द अघि उत्तर बंगाल विकास विभागबाट पहाड़मा कुनै प्रकारको विकास कोशहरु प्रदान गरिन्दैन थियो तर तृणमूल सरकारले पहाड़ विकासको निम्ति कड़ौरको योजनाहरु उत्त्र बंगाल विकास विभागबाट पारित गरिरहेको छ। पहाड़मा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको कारण पारित भइसकेको योजनाहरु पनि कार्यरुपमा आउन नस्केको तिनको भनाइ छ। तिनले आन्दोलन अवधि पहाड़मा सरकारी भवनहरु जलाएको काण्डलाई केन्द्र गर्दै यसले पहाड़को अर्थीक अनि सामाजिक विकासमा बाधा हुने बताए। मुख्यमन्त्री आउँछन् अनि जान्छन तर आन्दोलनको कारण सरकारी सम्पतीहरु नष्ट गरिनाले यहाकै सामाजिक अनि आर्थीक अवस्थमा नकारात्मक प्रभाव पर्छ तिनले भने बन विभागको कार्यलय अनि भवनहरु जलाउनले हाल यहाँको पर्यटन उद्योगमा प्रभाव परिरहेको छ। तिनले आजको जनसभाबाट सम्बोधन गर्दै पहाड़ अनि समतल माझ तालमेल राखेर विकास कार्यहरु अघि बढ़ाउनु पर्ने अपिल गरेका छन्। पहाड़को विकासको निम्ति नै आगमी वर्षदेखि सिलगढ़ीमा राज्य सचिवलय सञ्चालन हुने आसवशन दिएका छन्। 1 जनवरी 2014को दिन सिलगढ़ीमा राज्य यचिवलाय उदघाटन हुने छ तिनले भने। आन्दोलनको कारण पहाड़को शिक्षा व्यवस्थामा नकारात्मक प्रभाव परेको बताउँदै तिनले भने व्यक्ति स्वर्थको निम्ति विद्यार्थीहरुलाई राजनीतिमा समावेश गर्न हुँदैन। अन्तमा तिनले पहाड़को आर्थीक, सामाजिक अनि बेरोजगार समस्यामा सुधार ल्याउन सरकारले सकारात्मक पहल गर्ने दावी गरेका छन्। 41 नम्बर स्मष्टिमा तृणमूलको सांगठनिक विस्तार गर्न शक्रबार नै मन्त्री गोतम देव कालेबुङ आइपुगेका थिए। कफेरको एउटा लजमा रात विताए पछि मन्त्री देवले निम्बोङसम्मको कच्चा सड़कको यात्र पुरा गर्दै आजको जनसभामा भाग लिएका थिए। सभालाई सम्बोधन गर्दै तिनले गिटडाव्लीङ निम्बोङ स्मष्टि अन्तगर्त रहेको कच्चा सड़कहरु अनि पिउने पानीको निम्ति उत्तर बंगाल विकास विभागबाट योजनाहरु पारित गर्ने बचन दिएका छन्। बाग्राकोटको मार्ग पक्रेर तिनी आज नै समतल झरेका छन्।

Related Posts:

  • Darjeeling lawyers call off strikeDarjeeling, April 5: The Darjeeling Bar Association will withdraw their indefinite cease-work from Monday following an assurance from Gorkha Janmukti Morcha chief Bimal Gurung to take up the lawyers’ demands with the state go… Read More
  • Cong trade union seeks freeze on GTA launchSiliguri, April 4: The Intuc today asked the Bengal government to put on hold the formation of the Gorkhaland Territorial Administration till a decision was reached on the territorial jurisdiction of the hill body.The trade u… Read More
  • Summons for ‘health’ TC to student - Boy dismissed with ‘unfit’ tagGangtok, April 4: The Sikkim State Commission for the Protection of Child Rights today asked the principal of a school to appear before it after a transfer certificate was issued to an 11-year-old boy on health grounds within… Read More
  • GNLF fest spoilt, finger at Morcha - Ghisingh’s supporters pelted with stonesSiliguri/Darjeeling, April 5: The GNLF could not hold its foundation day celebration in the hills today as rival Gorkha Janmukti Morcha supporters descended on venues and allegedly pelted Subash Ghisingh’s followers on their … Read More
  • श्रमिकहरुको आमरण अनशन फिर्ता5 अप्रेल(कालेबुङ):- पश्चिम बंगालका उद्योग मंत्री पार्थ च्याटर्जीको लिखित आश्वासन पाएपछि रिङटाङ चिया कमानका श्रमिकहरुले नौ दिनदेखि जारी राखेको आमरण अनशन बुधबार फिर्ता लिएका छन। मंत्रीले कलकताबाट फ्याक्स पत्र पठाएर केही दिनपछि … Read More

0 comments: