Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Jan 2012

भारतसँग सम्बन्ध अझ मजबुत बनाउनुस् : चीन

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले भारतसँगको सम्बन्ध अझै सुदृढ गर्न नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा शनिबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वेनले विशेषगरी नेपाल-चीन र नेपाल-भारत सम्बन्धबारे चासो राख्दै दुवै देशसँग राम्रो सम्बन्ध हुनुपर्ने बताएका हुन् ।

केही घन्टे नेपाल भ्रमणका क्रममा वेनले भारतसँग पनि सम्बन्ध अझै सुदृढ गराउन आग्रह गरेका थिए । आफ्नो भ्रमणले भारतलाई कुनै शंका नहोस् भन्नेतर्फ उनी सचेत देखिन्थे । 'हाम्रो र भारतबीच राम्रो सम्बन्ध छ,' वेनको भनाइ थियो, 'तपाईं -नेपाल) र भारतबीच पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौं ।'

वेनले विशेषगरी तीन राजनीतिक सन्देश दिन खोजेको भट्टराईको बुझाइ छ । पहिलो- शान्ति र संविधान निर्माण प्रक्रियालाई राजनीतिक महत्त्व, समर्थन र सहयोगको वचन दिनु । दोस्रो- राजनीतिक स्थायित्व । र, तेस्रो, नेपाल-भारत सम्बन्ध सुदृढीकरण । प्रमुख दलका नेताहरू र प्रधानमन्त्री भट्टराईसित भएका छुट्टाछुट्टै भेटवार्तामा उनले ती सन्देश दिन खोजेका हुन् ।

राजनीतिक स्थायित्व भएपछि मात्र आर्थिक विकास गर्न सकिनेमा वेनको जोड थियो । त्यसका लागि शान्ति र संविधान निर्माण प्रक्रिया टुंग्याउन सुझाव दिँदै उनले

आवश्यक सहयोग गर्ने वचन पनि दिए । 'शान्ति र संविधान निर्माण प्रक्रिया टुंग्याउनुस्, हाम्रो सहयोग र समर्थन रहनेछ,' उनले भने, 'हामी नेपालमा छिट्टै राजनीतिक स्थायित्व होस् भन्ने

चाहन्छौं । त्यसो भयो भने मात्र आर्थिक वृद्धि हुन सक्छ ।'

प्रधानमन्त्री वेनले सरकारसँगको भेटवार्तापछि प्रमुख दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उक्त अवसरमा पनि उनले दुई देशको सम्बन्ध विस्तार र

नेपालमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका थिए ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालका अनुसार नेताहरूसँगको भेटमा वेनले छिटो शान्ति प्रक्रिया र संविधान निर्माण टुंगियोस् भन्ने चाहना राखेका थिए । 'त्यसपछि आर्थिक विकास गर्न सकिने र त्यसमा सहयोग गर्न चीन तयार रहेको वेनले बताउनुभयो,' खनालले कान्तिपुरसँग भने । भेटका क्रममा नेपाल र चीनबीच सम्बन्ध अझै सुदृढ गर्नुपर्नेमा जोड दिँदै थप सहयोगको अपेक्षा गरेको नेताहरूले बताएको उल्लेख गरे । 'नेपाल-चीन मैत्री सम्बन्ध अझै प्रगाढ बनाउन आग्रह

गर्नुका साथै सरसहयोग बढाउनुपर्नेमा नेताहरूको जोड रह्यो,' खनालले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष खनाल र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वेनसँग दिवाभोज गरेका थिए ।

खनालले चिनियाँ प्रधानमन्त्रीको भ्रमण महत्त्वपूर्ण भएको उल्लेख गर्दै चीनले

नेपाललाई माया र सहयोग गर्न चाहेको प्रस्ट देखिएको जनाए । 'यो भ्रमण महत्त्वपूर्ण हो,' उनले भने, 'यसबाट चीन नेपाललाई माया र सहयोग गर्न चाहन्छ भन्ने प्रस्ट देखिन्थ्यो ।'

भट्टराईसँगको भेटमा भने वेनले आफू एक/दुई दिन बस्न चाहेको भए पनि समयको चापले नभ्याएको बताएका थिए ।

कोइरालालाई सोधे, ँगिरिजासँग के नाता ?’

नेताहरूसँगको छलफलकै क्रममा प्रधानमन्त्री वेनले कांग्रेस सभापति सुशील कोइरालालाई सोधे, 'गिरिजाप्रसादसँग तपाईंको के साइनो पर्छ ?' कोइरालानिकट स्रोतका अनुसार सुशीलले 'दाजु साइनो पर्ने' बताएका थिए । दिवाभोजअघि प्रमुख राजनीतिक दलका नेताहरू र वेनबीच परिचय भएको थियो । शीर्ष नेताहरूले नेपालको भ्रमण गरेकामा स्वागत र धन्यवाद व्यक्त गरेका थिए ।

0 comments: