Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Jan 2012

साडीमा फिल्मको प्रभाव

शाहरूख खानको 'रा.वन' हेर्नुभएको छ भने पक्कै पनि 'छम्मक छल्लो...' गीतको याद होला । गीत याद भएपछि नायिका करिना कपुरले साडी कम्मरमा बाँधेर नाचेको दृश्य दिमागमा आई नै हाल्छ । सहरका कुनै बुटिकतिर पसेर 'छम्मक छल्लो' उच्चारण गर्नुभो भने चाहिँ तपाईंको अघिल्तिर साडी हाजिर हुनेछ ।

पछिल्लो समय साडीमा पनि यसरी फिल्मको प्रभाव भित्रिएको हो । दुई वर्षदेखि सारी र कुर्ताको व्यापार गर्दै आएकी २७ वषर्ीया पारुल कँडेलको अनुभवमा साडी अब बिस्तारै ग्ल्यामरस बन्दै गएको छ । त्रिपुरेश्वरस्थित ब्लु बर्ड डिपार्टमेन्ट स्टोरमा मञ्जरी वुमेन्स प्राइड नामक बुटिक चलाउँदै आएकी पारुलका अनुसार बजारमा यतिबेला पल्लुमा मुजा परेको सारीलाई 'छम्मक छल्लो' को रूपमा चिनिन्छ । प्रायः सारी लगाएपछि पल्लु बसाल्न निकै मिहिनेत गर्नुपर्छ तर 'छमक छल्लो' सारीको पल्लु -सप्को) मा रेडिमेड मुजाको डिजाइन हुने भएकाले यो सजिलै लाउन सकिन्छ । 'र, गीतमा करिनाले नाचेको जस्तै यसलाई सजिलै कम्मरमा आकार दिन पनि सकिन्छ,' पारुलले भनिन् ।

उनले अचेलका युवतीहरूमा साडीमा ग्ल्यामर खोज्न क्रम बढ्दै गएको बताइन् । यतिबेला बजारमा 'लेहंगा साडी,' 'जर्जेट', 'नेट', 'प्लेटेड', 'सिफन' लगायतका साडीको माग बढ्दै गएको छ, जुन लाउँदा आकर्षक र ग्ल्यामर देखिन्छ । प्लेटेड नामले चिनिने रेडिमेड सारीको मोह पनि उत्तिकै आकासिएको पारुलको ठम्माइ छ । खिपले वा डोरीले बाँधिएको प्लेटेड सारीमा सबै प्रकारको मुजा रेडिमेड हुन्छ, खिप वा डोरी मात्रै बाँधे पुग्छ । यसको मूल्यचाहिँ कम्मीमा १५ देखि ५० हजार रुपैयाँ पर्ने पारुलले बताइन् । गोल्डन, सिल्भर, स्टोन, डायमन्ड लगायत सामग्री जडान भएका सारी ओझनदारसँगै महँगो पनि उत्तिकै हुने उनले सुनाइन् । 'महँगो अनि हेभी पनि,' उनले भनिन्, 'छोटो समयमा राम्रो सारी लगाउनुपरे प्लेटेड नै वेस्ट ।'

लेहंगा सारीले चाहिँ धेरैजसो अविवाहित युवती र नव दुलहीको मनमा बास गरेको छ । राजधानीमा जारी छैटौं विवाह महोत्सवमा लेहंगा सारी रोज्ने क्रममै थिइन्, चाबहिलकी रञ्जना बुढाथोकी । बागबजारस्थित पद्म कन्या क्याम्पसमा स्नातक पहिलो वर्ष अध्ययनरत २० वषर्ीया रञ्जना अरू बेला पाइन्ट लगाए पनि विवाह र पार्टी विशेष समारोहमा भने सारीमै सजिन चाहन्छिन् । 'जाडो होस् या गर्मी,' उनले भनिन्, 'विशेष समारोहमा सारी नै लगाउँछु ।'

अर्की पारखी मिलन रेग्मीलाई चाहिँ साडी त मन पर्छ तर लाउन झन्झट ।' विकल्प खोज्दै विवाह मेलामा पुगेकी उनले लेहंगा साडी छान्दै गर्दा भनिन् 'लेहंगा र साडी दुवै एउटैमा रहेछ ।' अगाडि पल्लु बेरेर लगाए साडी, पछाडिबाट पल्लु घुमाएर लगाए लेंगहा । 'अचेलको पुस्ता एकदमै फास्ट छन्,' परिणाम फेसन सेन्टरकी बिक्रेता बन्दना रानाले भनिन्, 'उनीहरू कहाँ मुजामा अल्झेर बस्छन् र ? त्यही भएर रेडिमेड मुजा । अनि साडी र लेंहगा जे बनाए पनि भयो ।' उनले समय जति फेसनेवल हुँदै गए पनि 'सिफन' र 'नेट' साडीको लोकपि्रयता भने सदावहार नै रहेको दाबी गरिन् । हल्का र पातलो गुण भएकाले 'नेट' र 'सिफन' साडी धेरैले मन पराउने उनको तर्क छ । 'शरीरमा टिपिक्क बस्छ,' उनले भनिन्, 'लगाएर हिँडेको पत्तै नहुने ।'

0 comments: