Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Jan 2012

जनजातिको दर्जा दिनु पर्ने राई समुदयको माग


16 जनवरी (कालेबुङ):- राई समुदायका मानिसहरुले आफूहरुलाई जनजातिको दर्जा दिनु पर्ने माग गर्दै सरकारमाथि दवाउ बनाउन शुरु गरेका छन। लामो समयदेखि जनजातिको दर्जाको माग गर्दै आइरहेका राईहरुको प्रतिनिधि संगठन किराँती खम्बु राई सांस्कृतिक संस्थानले आज कालेबुङमा एउटा र्‍यालीको आयोजना गरी आफ्नो आवाज बुलन्द गरेको छ। संगठनको कालेबुङ महकुमा समितिले आयोजना गरेको र्‍यालीमा हजारौंको संख्यामा विभिन्न क्षेत्रका राई समुदायका मानिसहरु सहभागी बनेका थिए। किराँतीहरुको नयाँ बर्ष यलोम सम्वत 5072को अवसर पारेर निकालिएको सो र्‍यालीमा सामेल राईहरुले आफूहरुलाई अबिलम्व जनजातिको दर्जा दिनु पर्ने माग गर्दै व्यापक नाराबाजी गरेका थिए। कालेबुङ शहरको परिक्रमापछि  महकुमा अधिकारीको कार्यालय पुगेर पनि जुलुशले नाराबाजी गरेको थियो। आफ्नो मागबारे सरकारलाई स्मरण गराउन संगठनको प्रतिनिधि टोलीले महकुमा अधिकारी एल एन शेर्पालाई एउटा ज्ञापन पनि दिएको छ। क्षेत्रका राई समुदायले सन 1994देखि आफूहरुलाई जनजातिको दर्जा दिनु पर्ने माग गर्दै केन्द्र अनि राज्य सरकारसँग पत्रचार गर्ने कार्य जारी राखेको छ। हाल यस जातिलाई ओबीसीको दर्जा प्राप्त छ। समान सांस्कृतिक अनि धार्मिक चरित्र भएको तामाङ अनि सुब्बालाई  जनजातिको दर्जा प्राप्त भई सके पनि राई जातिलाई जनजातिको सहुलियतबाट बञ्चित राखिएको उनीहरुको भनाई छ। आफ्नो यस मागलाई लिएर लामो अंतरालसम्म मौन बसेका राई समुदायका मानिसहरु आफ्नो हक अधिकारको निम्ति पुन संगठित र सक्रिय बनेका छन। आफ्ना मागलाई लिएर सरकारी तौरमा कुनै सकारात्मक पहल नभए आगामी दिनमा सडक आन्दोलन गर्ने संगठनको योजना छ। संगठनको महकुमा समितिका उपाध्यक्ष मेघराज राईले यसबारे थप जानकारी दिएका छन। 

0 comments: