Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

23 Feb 2012

झीलको सफाईमा ओर्लिए ठेला व्यवसायीहरु


23 फरवरी(कालेबुङ):- 
(दीपमिलन प्रधान) मिरिक झील परिसरमा स साना व्यवसाय गरेर गुजारा चलाउने व्यवसायीहरुले झीललाई फोहोरमुक्त बनाउने अभियान चलाएर प्रशासनलाई गतिलो सन्देश दिएका छन। स्थानीय प्रशासनको चासोको अभावमा फोहोर र अव्यवस्थित बन्दै गई रहेको मिरिक झीलको फोहोरमैला हटाउन क्षेत्रका ठेला व्यवसायीहरुले बुधबार दिनभरि नै सफाई अभियान चलाएका थिए। झीलको सफाई र व्यवस्थापनप्रति प्रशासनले पहल नगरेकै कारण यी ठेला व्यवसायीहरु यसरी जागरुक बनेर अघि आएका हुन। पर्यटनको दृष्टिकोणले प्रसिद्ध रहेको मिरिकमा यो झीललाई  पर्यटकहरुको निम्ति विशेष आकर्षणको केन्द्र मानिन्छ। तर मिरिक झीलको साफसफाई र संरक्षणको दिशामा प्रशासनिक तौरमा कुनै ठोस पहल हुन सकेको छैन। हिलोमैला र लेदोको कारण झीलको क्षेत्रफल पनि दिनप्रतिदिन खुम्चिँदै गईरहेको छ। झीलको फोहोर व्यवस्थापन र सुन्दरीकरणप्रति प्रशासनले प्रभावी पदक्षेप ग्रहण नगरेको कारण मिरिक घुम्न आउने पर्यटकहरुले पनि यस क्षेत्रको पर्य़टकीय महत्वबारे नकारात्मक धारणाहरु लिएर फर्किरहेका छन। झीलकै कारण कुनै समय बिख्यात रहेको मिरिकको पर्यटन व्यवसायसमेत अहिले प्रभावित बन्दै गईरहेको व्यवसायीहरुको धारणा छ। मिरिक झीलको दूरावस्थाको कारण यसले सोझै पर्यटन उद्योगमा असर पारे पनि परोक्ष रुपले क्षेत्रको प्राकृतिक सुन्दरता र पर्यावरण संतुलनको दिशामा पनि नकरात्मक असर पारिरहेको छ। दिनदिनै फोहोरमैला बढेको कारण झीलको जैविक विविधता र यहाँ पाइने दूर्लभ प्रजातिको माछाको अस्तित्वमा पनि संकट देखा परेको छ। मिरिक झील परिसरमा ठेलागाडीमा व्यवसाय चलाएर जिविका चलाउने व्यवसायीहरुले झीलको सरसफाई र रखरखाउको दिशामा गम्भीर बनेर अघि आएको घटनाले यसको संरक्षण र सम्वर्द्धनमा क्षेत्रको स्थानीय प्रशासनले प्रभावी कदम उठाउनु पर्ने सन्देश दिएको छ।

0 comments: