Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

23 Feb 2012

गोर्खाल्याण्डको निम्ति सबै द्लहरु एक हुनु पर्छ - गोरानिमो


कालेबुङ 22 फरवरी
गोर्खाल्याण्ड राज्य निमार्णमोर्चा अध्यक्ष दावा पाखरिनले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा पहाडका सबै  राजनीतिक दलहरु अब एउटै मञ्चमा आउनु पर्ने आह्वान गरेका छन। पाखरिनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आज मोर्चाको प्रस्तावित ज़ीटीए व्यवस्था पहाडमा लागु हुन नसकने बताउँदै मोर्चाले पनि छुट्टै राज्य प्राप्तिको निम्ति सामुहिक मञ्चको मार्ग अपनाउनु पर्ने सुझाउ दिएका छन्। आफ्नो दल केवल गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति मात्र गठन भएको दाबी गर्ने  पाखरिनले आज पनि आफ्नो दलको लक्ष्य गोर्खाल्याण्ड मात्र रहेको ठोकुवा  गरेका छन।भारतीय गोर्खा परिसंघको गोर्खाल्याण्ड टाक्स  फोर्ससँगको पूर्वाञ्चल कार्यक्रमहरु सफल भएको दावी गर्दै पार्टी प्रमुख पाखरिनले आगामी दिनहरुमा पनि टाक्स  फोर्ससँग नै  सम्मिलित  भएर गोर्खाल्याण्डको निम्ति कार्यक्रमहरु गर्ने बताएका छन। यसै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पहाडका महकुमाहरुलाई जिल्लाको दर्जा दिइए मात्र क्षेत्रको बिकास हुने  बताएका छन्।

0 comments: