Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Feb 2012

बालश्रम विरुद्ध श्रम विभागको निगरानी


24 फरवरी (कालेबुङ):- दार्जीलिङ शहरमा बालश्रमको अन्तरजालमाथि नियञ्त्रण बनाउन जिल्ला श्रम विभागले आफ्नो अभियान तेज गरेको छ। विभागले गैर सरकार संगठनहरुको सहयोगमा अभियान चलाएर शहरका चिया पसलहरुबाट चारजना बालश्रमिकहरुलाई उद्धार गरेको छ। जिल्ला श्रम विभागले दार्जीलिङ पुलिस अनि गैर सरकारी संगठन एडिथ विकिंस स्ट्रीट चिल्ड्रेन ट्रस्टको सहयोगमा शहरका गल्लीहरुमा अवस्थित 3 अनि 8 नम्बर चिया पसलमा छापा मारेर आठदेखि एघार बर्ष आयु वर्गका बालमजदुरहरुलाई उद्धार गरेको छ। विभागले यी नानीहरुको शोषण गरेको अपराधमा दोकानका मालिकहरु रामेश्वर प्रसाद गुप्ता अनि प्रेमशंकरप्रसाद बिरुद्ध सदर थानामा प्राथामिकी पनि दर्ता गरेको छ। एकातिर, मालिकको शोषणको शिकार बनेका नानीहरुको उद्धार गर्न विभागले यो अभियान चलाएको भने अर्कोतिर, बालश्रमबिरुद्ध जनमानसमा जागरुकता फैलाउन पनि बिभागले गैरसरकारी संगठनको सहयोगमा पहल गरेको हो। जिल्ला श्रम बिभागका अधिकारी अनिल छेत्रीले यस अभियानबारे जानकारी गराएका छन। Normal 0 false false false EN-US X-NONE HI

यता, गैर सरकारी संगठन एडिथ विकिंस स्ट्रीट चिल्ड्रेन ट्रस्टकी कार्यकर्ता नम्रता शर्माले उद्धार गरिएका यी नानीहरुको भरणपोषण र शिक्षाको व्यवस्था ट्रस्टले गर्ने बताइन॥

0 comments: