Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Mar 2012

पहाडको शिक्षा व्यवस्थालाई सुढृढ बनाउन रज्य सरकार गम्भीर – ब्रात्य बशु


13मार्च (कालेबुङ):-पश्चिम बंगाल सरकारका शिक्षा मन्त्री ब्रात्य बसुले आज कालेबुङ महाविद्यालयको नयाँ पुस्तकालय भवनको शिलान्यास गरे। यसै अवसरमा कालेबुङका विधायक डा हर्कबहादुर छेत्रीको बाहुलीबाट कालेबुङ महाविद्यालयको नयाँ कार्यालय भवनको पनि उदघाटन गरियो। यस बर्ष कालेबुङ महाविद्यालयले आफ्नो स्थापनाको स्वर्ण जयंती पालन गरिरहेको छ। राज्यका शिक्षा मंत्री ब्रात्य बसुले मुख्य अतिथिको रुपमा स्वर्ण जयंतीको कार्यक्रममा पनि सहभागिता जनाए। यस अवसरमा क्षेत्रिय विधायक डा हर्कबहादुर छेत्री, महकुमा अधिकारी एल एन शेर्पालगायत विभिन्न शैक्षिक अनि सामाजिक संगठनका प्रतिनिधिहरु सामेल थिए। कालेबुङ महाविद्यालयका प्राचार्य डा आर पी ढकालले उच्च शिक्षाको क्षेत्रमा गुणस्तर कायम गर्न कालेबुङ महाविद्यालयले लगातार प्रयास गरिरहेको भए पनि भौतिक अनि मानव संशाधनहरुको अभावमा कलेजले बिभिन्न प्रकारको कठिनाईहरु झेल्नु परिरहेको कुरा मंत्रीलाई अवगत गराए।
यता, आफ्नो सम्बोधनमा शिक्षा मंत्री ब्रात्य बसुले पहाडको शिक्षा प्रणालीलाई सुढृढ बनाउन अनि संशाधनहरुको विकास गर्न राज्य सरकार गम्भीर रहेको बताए। उनले पहाडमा रोजगारमुखी शिक्षण संस्थानहरुको पनि स्थापना गर्ने राज्य सरकारको योजना रहेको बताए। यसअघि यहाँका शिक्षासँग सम्बन्धित विभिन्न संगठनहरुले उनलाई सर्किट हाउसमा भेटेर आ आफ्ना समस्याहरुबारे अवगत गराएका छन। क्लुनी महिला महाविद्यालय, जनमुक्ति सेकेण्डरी टिचर्स अर्गनाइजेशन अनि विद्यार्थी मोर्चाको प्रतिनिधि टोलीले शिक्षा मंत्री बसुसँग भेट गरी आफ्ना समस्या र मागहरु राखेका छन

0 comments: