Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Mar 2012

छापामारी अभियानमा एघारजना बालश्रमिकहरु उद्धार

17 मार्च (कालेबुङ):- कालेबुङको एउटा गैरसरकारी संगठन बाल सुरक्षा अभियानले आज शहरमा छापामारी अभियान चलाएर एघारजना बालश्रमिकहरु उद्धार गरेको छ। संगठनका कार्यकर्ताहरुले कालेबुङ पुलिसको सहयोगमा यहाँका दर्जन अधिक चियापसल र होटलहरुमा छापा मारेर बालश्रमका शिकार यी नानीहरुको उद्धार गरेको हो। संगठनले नेशनल चाइल्ड लेबर प्रोजेक्टअन्तर्गत बालश्रमिकहरुको निम्ति पठन पाठनको व्यवस्था गरेको भए पनि दोकानका मालिकहरुले यी नानीहरुलाई यस विशेष स्कूलमा पठाउन चासो नदेखाएपछि संगठनले आज कार्वाही गर्दै छापामारी अभियान चलाएको हो। यस अघि असहाय अनि बालमजदूरहरुको कल्यानको निम्ति गठित चाइल्ड लाइनका कार्यकर्ताहरुले शहरमा एउटा सर्वेक्षण गरेर दोकानका मालिकहरुलाई आफ्ना दोकानका बाल कामगारहरुलाई नियमित रुपले शिक्षा आर्जंनको निम्ति पठाइ दिने आह्वान पनि गरेको थियो। तर दोकान मालिकहरुले यी नानीहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्नको साटो श्रमशोषण गर्ने क्रम जारी राखेपछि आज संगठनले यो पहल गरेको हो। आज उद्धार गरिएका नानीहरुबारे कालेबुङ थानामा सुचित गरिएपछि बाल सुरक्षा अभियानले नानीहरुलाई सोमबारसम्मको निम्ति आफ्नो निगरानीमा राखेको छ। सरकारी प्रावधान अनुसार यी नानीहरुको अवस्थाबारे जिला प्रशासनद्वारा गठित बाल कल्याण समितिलाई जानकारी दिनेछ। सो समितिले उद्धार गरिएका नानीहरुको आयु सिमाबारे छानबीन गरी कार्वाही शुरु गर्नेछ। 14 बर्षभन्दा कम आयु वर्गका बालश्रमिकहरुको पुनर्वास र शिक्षा दीक्षाको व्यवस्था यसै समितिले गर्नेछ। कालेबुङका निजी अनि व्यापारिक प्रतिष्ठानहरुमा बालश्रमिकहरु लछेप्रै पाइन्छ। डूवर्स अनि समतलका गरिब परिवारका नानीहरुलाई घरेलु नोकरको रुपमा शोषण गर्ने गरेको प्रशस्त घटनाहरु कालेबुङमा देखा परिरहेको छ। कतिपय नानीहरु अभिभावकको सहमतिमा केही अर्थ उपार्जन गर्ने उद्देश्यले यहाँ पठाइएको छ भने केही बालतस्करीको शिकार भएर कालेबुङका होटलहरुमा नारकिय जीवन बिताउन बाध्य छन। बाल सुरक्षा अभियानले बालश्रमिहरुको उद्धार र कल्याणको दिशामा धेरै अघिदेखि काम गर्दै आइरहेको छ भने बाल तस्करीको सञ्जाललाई नियञ्त्रण अनि रोकथाम गर्ने दिशामा पनि प्रभावी काम गरिरहेको छ। यस संगठनका कार्यकर्ता तेजकुमार थापाले आजको अभियनबारे प्रकाश पारेका छन।

0 comments: