Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Mar 2012

मिरिक पर्यटनमा पूर्वाधारहरुको समस्या

16 मार्च (कालेबुङ):- मिरिकमा पर्यटनका पूर्वाधारहरुको उचित रखरखाउ नभएकोले पर्यटन व्यवसाय फष्टाउन नसक्दा यस व्यावसायमाथि निर्भर मानिसहरु निराश बन्न थालेका छन। मिरिकलाई पर्य़टन दृष्टिकोणले विकसित बनाउन दागोपापले धेरैवटा योजनाहरु शुरु गरेको भए पनि यसले क्षेत्रको पर्य़टनविकासमा भएन कुनै फाइदा पुर्यानएको देखिँदैन।दागोपापले शुरु गरेको केही योजनाहरु आजसम्म पूरा भएको छैन भने यहाँ भएका पर्यटनका पूर्वाधारहरुको पनि उचित रख रखाउ र सञ्चालन हुन सकेको छैन।फलस्वरुप मिरिकको पर्यटन व्यवसाय बृद्धि हुनको साटो दिनप्रति दिन निराशाजनक बन्दै गैरहेको छ।मिरिकमा यस बर्षको पर्यटन सिजन बिस्तारै शुरु हुँदै गए पनि बिगतका बर्षहरुको तुलनामा अहिले पर्य़टकहरुको आगमन निराशाजनक रहेको यस व्यावसायसँग संलग्न मानिसहरुको भनाई छ।मिरिकमा भएका धेरैवटा पर्यटन पूर्वाधारहरुको अवस्था जीर्ण बनेको छ। मिरिकमा अहिले पर्यटकहरुको निम्ति मिरिक झील मात्र अवलोकनको एउटा साधन छ।झीलमा सञ्चालन गरिने बोटिङ र घुडसवारीको आनन्द लिएर सन्तोष मान्न पर्य़टकहरु बाध्य छन। यस अतिरिक्त एक्वारियम, ग्लास हाउस अनि टुरिष्ट लजको अवस्था बेहाल छ।दागोपापको पर्यटन विभागले साठी लाखको लागतमा शुरु गरेको एक्वारियमको निर्माण कार्य थाँतीमा रहेको छ।स्थानीय अनि अन्तर्राष्ट्रीय स्तरका दूर्लभ प्रजातिको माछाहरुको प्रदर्शनी गर्ने उद्देश्यले निर्माण शुरु गरुएको बृहत एक्वारियमको निर्माण कार्य पूरा नभई बन्द भएको छ। पहाडमा देखा परेको राजनैतिक अस्थिरताको कारण यसको निर्माण कार्य बन्द भएको बताइएको छ।यसबाहेक यस क्षेत्रमा पाइने दूर्लभ प्रजातिका फूलहरुको प्रदर्शनी गर्न निर्माण गरिएको ग्लास हाउस पनि अहिले अचल अवस्थामा छ।विभागीय पक्षको उदासिनताको कारण यसको सञ्चालन बन्द रहेको छ। यसै गरी पर्यटन विभागको रेखदेखमा चल्ने मिरिक टुरिष्ट लज पनि बन्द अवस्थामा छ। लजको अवस्था अत्यंतै जीर्ण र शोचनीय बनेको कारण यसलाई बन्द गरिएको हो।यस्ता धेरै पूर्वाधारहरुको अवस्था शोचनीय रहेको छ।फलस्वरुप मिरिकमा पर्य़टन व्यवसायले गति पक्रन सकेको छैन। पर्यटकहरुको मनोरञ्जन र सुबिधाको निम्ति समुचित व्यवस्था र साधनहरुको अभावमा मिरिक घुम्न आउने पर्यटकहरुको संख्यामा लगातार कमी आइरहेको छ। जसले गर्दा क्षेत्रको अर्थव्यवस्थामा पनि प्रभाव पारेको देखिन्छ। यस सन्दर्भमा मिरिकका होटल व्यवसायी प्रवीण राईले यस आशयको विचार व्यक्त गरेका छन।

0 comments: