Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Mar 2012

जीटीएलाई विशेष आर्थिक प्याकेज दिनु पर्ने - अशोक भट्टाचार्य

25 मार्च (कालेबुङ):- पश्चिम बंगालका पूर्व मंत्री अनि माकपा नेता अशोक भट्टाचार्यले जीटीएमा देखा परेको समस्यालाई हल गरी यसलाई अधिक क्षमतावान र विशेष आर्थिक प्याकेज दिएर चाढै अस्तित्वमा ल्याउनु पर्ने मन्तव्य जाहेर गरेका छन। दार्जीलिङस्थित सीपीआईएम पार्टी कार्यालयमा उपस्थिति दिन दार्जीलिङ पुगेका माकपा नेता अशोक भट्टाचार्यले यस आशयको बयान दिएका छन। ताजा राजनैतिक परिस्थितिमा पार्टीको लाइनबारे चर्चा र छलफल गर्न डाकिएको कर्मीसभामा भट्टाचार्यलगायत राज्यसभा सांसद समन पाठक, जिवेश सरकार, पूर्व सांसद आनन्द पाठक आदि रुपले उपस्थित थिए। कर्मीसभामा सीपीआईएम नेताहरुले जीटीएको सम्वैधानिक सुरक्षा, अधिक क्षमता र विशेष आर्थिक प्याकेजको कुरामा जोड दिएका छन तर जीटीएको सिमाङ्कनबारे भने कुनै अडान लिएको देखिएन। यता, राज्यका सञ्चार माध्यमहरुसँग कुराकानी गर्दै अशोक भट्टाचार्यले जीटीएको विवादहरुको चाडो हल गरी दार्जीलिङ पहाडमा शान्ति पुनर्बहाल गर्नु पर्ने बताएका छन।

0 comments: